प्यूठान । प्यूठानका ग्रामीण भेगका अधिकांश स्थानीय रोजगारीका लागि भारत जाने गर्छन् । परिवारका सदस्यहरू भारतमा हुने गर्दा उनका अभिभावक भेटघाट तथा उपचारका सिलसिलामा त्यहाँ अस्थायी बसोबास गर्ने गरेका छन् ।
यसै बिच गौमुखी गाउँपालिका– ४ का वडाध्यक्ष धनिराम सुनार यतिबेला सेवाग्राही खोज्दै भारत पुगेका छन् । ल्यापटप बोकेर उनी भारत पुगेका हुन् ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग (सामाजिक सुरक्षा शाखा)ले भदौ मसान्तभित्र लाभग्राही स्वयम् उपस्थित भई सामाजिक सुरक्षा भत्ताको विवरण अध्यावधिक गर्ने भनेपछि सेवाग्राही खोज्दै जनप्रतिनिधि भारत पुगेको धनिराम बताए ।
वडावासीका साथै सुनारले गौमुखी गाउँपालिका र छिमेकी गुल्मी जिल्लाका लाभग्राहीको तथ्याङ्कसमेत अध्यावधिक गरिरहेको सुनारले बताए । भारतको अम्बेश्वर र चण्डीगढ क्षेत्रका ४० जनाको बिवरण अध्यावधिक गरेका छन् ।
यस क्षेत्रका अधिकांश स्थानीय भारतको चण्डीगढ, लुधियाना, हरियाणा, गंगानगर, भोपाल, दिल्ली, लखनउ, चेन्नई, सिम्लालगायत क्षेत्रमा पुग्ने उनले बताएका छन् ।
अन्नपूर्ण