• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

हरियो घाँस देखाएर भैँसी मारे झैँ एमसीसी : केसी


  •   आइतबार, जेठ ३२, २०७७ मा प्रकाशित
  • प्रकाश थापा मगर/काठमाडौँ

    Advertisement

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हरियो घाँस देखाएर भैँसी मारे झैँ नेपालमा एमसिसी ल्याइएको दावी गर्नुभएको छ । उहाँले प्रसारण लाइन र सडक निर्माणको हरियो घाँस देखाएर एमसिसी मार्फत् नेपाललाई अमेरिकी क्याम्पमा लैजान खोजिएको उहाँको ठम्याउनुभयो ।

    ‘हाम्रो गाउँतिर गर्दथे पहिला पहिला, भैँसीलाई काट्दा’ राजमो अध्यक्ष केसीले भन्नुभयो– ‘भैँसीलाई अगाडिबाट हरियो मिठो घाँस देखाउने, पछाडिपट्टिबाट लुकाएर घन समात्ने, जब भैँसीले हरियो घाँस खान थाल्छ, उसको टाउकोमा हानेर मार्ने ।’ उहाँले यही तरिकाले एमसिसी मार्फत् नेपाललाई अमेरिकी क्याम्पमा लैजान खोजिएको बताउनुभयो । उहाँले एमसिसी मार्फत् राष्ट्रिय सार्वभौमिकता र असंलग्न परराष्ट्र नीति गुम्ने पनि बताउनुभयो ।

    वर्तमान ओली सरकारले गत सरकारले एमसिसी स्वीकार गरिसकेकाले आफूहरूले उत्तराधिकारमा पास गर्नैपर्ने भनी दिएको अभिव्यक्तिको बारेमा नेता केसीले भन्नुभयो– ‘नेपालले मात्रै हो, उत्तराधिकारमा पाएको भनेर पास गर्ने ? अमेरिकाले गर्नु पर्दैन ?’ उहाँले प्रश्न गर्नुभयो– ‘अमेरिकाको पहिलेको सरकारले विश्व स्वास्थ्य सङ्गठनलाई फन्ड दिँदै आएको थियो, अहिले ट्रम्प सरकारले किन त्यो रकम रोकिदियो त ? उसले गतकालको सरकारको उत्तराधिकारसम्बन्धी परम्पराको पालन गर्नुपर्दैन ?’

    उहाँले एमसिसीको नाममा सत्तारूढ र प्रतिपक्षी दलहरूले निजी स्वार्थ हासिल गरिसकेकाले त्यसलाई पारित गर्न असाध्यै हतारिएर लागिपरेको बताउनुभयो । ‘हामीले केही खाएका छैनौँ, त्यही भएर हामी डटेर उभिएका छौँ’ अध्यक्ष केसीले अगाडि भन्नुभयो– ‘सत्तापक्ष र प्रतिपक्ष अमेरिकाका सामु चुकेकै कारणले, त्यसबाट फाइदा लुटिसकेकाले एमसिसी पास गर्न मरिहत्ते गर्दै छन् ।’ उहाँले एमसिसी पारित हुन नदिन सम्पूर्ण देशभक्त शक्तिहरू एकजुट हुनुपर्ने र कथम्कदाचित पारित भइहालेमा त्यसलाई लागु हुन नदिन र खारेज गर्न देशभभक्त शक्तिहरूले आन्दोलन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    राजमो काठमाडौँको आयोजनामा २०७७ जेष्ठ ३२ गते भर्चुअल विधिबाट आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै जलश्रोतविद् दीपक ज्ञवालीले एमसिसीका लागि निर्धारित ५५ करोड अमेरिकी डलर ठुलो रकम नभएको बताउनुभयो । ‘वर्षौंदेखि सरकारले बुढीगण्डकी जलविद्युत परियोजनाका लागि भनेर प्रतिलिटर पाँच रुपियाँले रकम उठाइरहेको छ । त्यसबाट प्रस्तावित एमसिसीको भन्दा धेरै रकम उठिसकेको छ’ ज्ञवालीले भन्नुभयो ।

    युएसएडजस्ता संस्था हुँदाहुँदै अमेरिकाले नेपालसित एमसिसी सम्झौता गर्नुका पछाडि सैनिक स्वार्थ भएको बताउँदै उहाँले भन्नुभयो– ‘आज अमेरिकी फौज जापान, जर्मन, उत्तर कोरिया, अस्टे«लियालगायतका देशमा छन्, त्यहाँका सैनिकलाई ती देशको कानुन लागु हुँदैन । नेपालमा पनि गर्न खोजेको त्यही हो ।’ उहाँले नेपाल सामरिक स्थानमा रहेकाले अमेरिकाको त्यही प्रकारको स्वार्थ रहेको बताउनुभयो ।

    एमसिसीको जटिल अङ्ग्रेजी भाषाप्रति इङ्गित गर्दै उहाँले संसदमा त्यसको नेपाली अनुवाद प्रस्तुत गर्न आग्रह गर्नुभयो । त्यसका साथै उहाँले त्यसका सबै सहायक सम्झौता पनि नेपालीमा अनुवाद गरेर संसदमा तथा नेपाली जनतासामु सार्वजनिक गर्न माग गर्नुभयो ।
    जलश्रोतविद् रत्नसंसार श्रेष्ठले नेपाल विद्युत प्राधिकरणले प्रतिकिलोमिटर चार÷पाँच करोडमा प्रसारण लाइन बनाइरहेकोमा एमसिसी परियोजनामा त्यसको दररेट प्रतिकिलोमिटर २० करोड रहेको बताउनुभयो । उहाँले त्यसका पछाडि विश्वव्यापी रूपमा भ्रष्टाचार संस्थागत रहेको आशङ्का पनि व्यक्त गर्नुभयो ।

    मुख्यतः भारतमा बिजुली निर्यात गर्न एमसिसीले विद्युत प्रसारण लाइन बनाउन खोजेको बताउँदै उहाँले भन्नुभयो– ‘हामीले १० रुपियाँभन्दा कममा भारत बिजुली निर्यात गर्ने, उतै त्यसबाट औद्योगिकीकरण हुने, उतै रोजगारी खुल्ने, अनि हामी नेपाली यता गरिब हुनुपर्ने ?’ उहाँले प्रसारण लाइनको क्षेत्रमा विद्युतीकरण र औद्योगिकीकरणको कुनै योजना नभएको बताउँदै एमसिसीले नेपालमा गरिबी न्यूनीकरण नहुने दावी गर्नुभयो ।

    उहाँले अमरेकीहरू बढी बाठो हुन खोज्दा एमसिसी पारित हुन नसकेको बताउनुभयो । ‘एमसिसीलाई संंसदीय अनुमोदन गराउन नखोजेको भए गत साल नै यो पास भइसक्थ्यो’ उहाँले अगाडि भन्नुभयो– ‘संसदबाट अनुमोदन गराउन खोज्दा झन् त्यसको विरोधमा देशव्यापी विरोध भइरहेको छ ।’

    अखिल नेपाल कानुन व्यवसायी सङ्घका अध्यक्ष पदम रोकाले विदेशी सहयोग लिँदा देशको राष्ट्रियता, सार्वभौमिकता, स्वाभिमानजस्ता विषयमा ध्यान दिनुपर्ने बताउनुभयो । ‘राज्यले विदेशी सहयोग लिँदा हस्तक्षेप नहोस् भन्नेतर्फ ध्यान दिनुपर्दछ’ अधिवक्ता रोकाले भन्नुभयो– ‘एमसिसीका कानुनका सामु नेपालको कानुन निष्कृय हुने प्रावधानले नै हाम्रो सार्वभौमिकतामाथि आँच पुग्छ ।’ उहाँले देशको राष्ट्रियता, सार्वभौमिकता र स्वाभिमानको सामु विदेशी सहयोग ठुलो विषय नहुने बताउनुभयो ।

    अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले समेत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सञ्चालन नेकपा (मसाल) बागमती प्रदेशका प्रवक्ता समीर सिंहले गर्नुभएको थियो । कार्यक्रममा अध्यक्षता राजमो काठमाडौँका अध्यक्ष झविन्द्र बेलबासेले र स्वागत राजमो काठमाडौँकी ऋतु केसीले गर्नुभएको थियो ।

    आइतबार, जेठ ३२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.