काठमाडौं । आइतबार नेपालमा थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
Advertisement
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर गरिएको परीक्षणमा थप ४२५ जनामा कोरोना पुष्टि भएको बताउनु भयो।
यो संगै नेपालमा कुल संक्रमितको संख्या ५७६० पुगेको छ । हालसम्म ९ सय ७४ जना डिस्चार्ज भएका छन् ।