• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

शैक्षिक माफियासँग प्रधानमन्त्रीको अनैतिक सम्बन्ध उजागर भएको अखिल (छैठौँ) को निष्कर्ष


  •   बुधबार, भदौ ०४, २०८२ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (छैठौँ)ले चिकित्सा शिक्षा आयोगले मेडिकल माफियाहरूसँगको मिलेमतोमा सङ्ख्या बढाइएको बताएको छ । २०८२ भदौ ३ गते बसेको बैठक पछि अध्यक्ष सुभास जिसीले छैठौँको तर्फबाट वक्तव्य जारी गरी सरकार र प्रधानमन्त्रीको शैक्षिक माफियासँगको अनैतिक सम्बन्धलाई उजागर गरेको बताएका छन् ।

    Advertisement

    ‘यो निर्णय कुनै वैज्ञानिक आधार, तथ्य तथ्यांक र ती कलेजको भौतिक पुर्वाधारको मुल्याङ्कनबाट गरेको नभैइ निजी मेडिकल कलेजका सञ्चालक र मेडिकल माफियाहरूसँगको मिलेमतोमा सङ्ख्या बढाइएको छ’ छैठौँले बताएको छ– ‘शिक्षा आयोगले निजी मेडिकल कलेजमा मात्र एमविविएस र विडिएसमा १३५९ वटा सिट गरेको छ ।’

    ‘देशमा भैरहेको भ्रष्टचार र कुशासनले जनतामा चरम निराशा बढेको छ । सत्ताधारी र ठुला पार्टीहरूका गलत राजनीतिक नीति र नेतृत्वका कारण जनतामा ठूलो असन्तोष छ ।’ वक्तव्यमा उल्लेख छ– ‘राज्यको यसप्रकारको नालायकिको फाइदा उठाउँँदै लोकप्रियतावादीहरू हौसिएका छन् ।’

    इजरायलले प्यालेस्टाइनमाथी गर्दै आइरहेको आक्रमणलाई तुरुन्त बन्द गर्न छैठौँले वक्तव्यमार्फत अनुरोध गरेको छ । साथै युद्धलाई तत्काल समाप्त गरि प्यालेस्टाइनी जनताको स्वतन्त्रता र सार्वभौमिकताको रक्षा गर्न अपिल पनि गरिएको छ ।

    प्रेस वक्तव्य 

    “हाम्रो युनियनको केन्द्रीय सचिवालय र उपलब्ध केन्द्रीय सदस्यको बैठक गत २०८२ साउन ३१ गते काठमाडौँ र केन्द्रीय समितिको भर्चुअल चौथो पुर्ण बैठक यहि भाद्र ३ गते सम्पन्न भएको छ । बैठकले गरेका निर्णय सार्वजनिक गर्न यो प्रेस वक्तव्य जारी गरिएको छ ।

    १. बैठकले संसदको शिक्षा समितिबाट संसदमा पेश हुन थालेको विद्यालय शिक्षा विधेयकको बारेमा गम्भीर छलफल गरेको छ । २०२८ साल यता देशको राजनैतिक स्थितिमा व्यापक परिवर्तन भैसकेको छ । निरङ्कुश पञ्चायती व्यवस्था समाप्त भएर बहुदलीय व्यवस्था हुँदै मुलुक गणतान्त्रिक व्यवस्थामा प्रवेश गरिसक्दा पनि देशको शिक्षा भने ५४ वर्ष पुरानो कानुनमा संशोधन गर्दै “काम चलाउ” बनाइएको थियो । यो स्थितिमा देशको समग्र शैक्षिक सुधार, विकास र व्यापक परिवर्तनको जरुरी थियो । शिक्षा क्षेत्रभित्रका तमाम विकृति, विसङ्गति, नीतिगत असङ्गतिका साथै अवैज्ञानिक, अव्यवहारिक र वुर्जुवा शिक्षामा आमूल परिवर्तन गरि देश, भुगोल र माटो अनुकुलको व्यवहारिक र सिपमुलक शिक्षा नीति निर्माण गर्नु जरुरी थियो ।

    २. शिक्षालाई वैज्ञानिक, व्यावहारिक र जीवनोपयोगी बनाउनु तथा शैक्षिक क्षेत्रमा विद्धमान चरम निजीकरण र व्यापारीकरणबाट मुक्त गरी संविधानमा व्यवस्था भएवमोजिम आधारभूत तहसम्म निःशुल्क र अनिवार्य तथा माध्यमिक तहसम्म निःशुल्क गर्ने व्यवस्थालाई अनिवार्य रुपमा कार्यान्वयनमा लैजानु अहिलेको मुख्य आवस्यकता हो । तर विडम्बनापूर्ण भन्नुपर्छ वर्तमान प्रस्तावित विद्यालय शिक्षा विधेयकले यी तमाम शैक्षिक समस्याको समाधान गर्नुको साटो झन् निजीकरण र व्यापारीकरणलाई प्रोत्साहित गर्ने, शैक्षिक दलाल र माफियाहरूलाई पोस्ने र खुसी बनाउने गरी विधेयकको निर्माण गरेको छ । हाम्रो सङ्गठनले यसप्रकारको शिक्षा विधेयकको कडा शब्दमा विरोध गर्दछ र तत्काल सुधार गर्न जोडदार माग गर्दछ । यदि यहि प्रकारको विधेयकलाई संसदले स्वीकार गरेर ऐनको निर्माण भएमा त्यसका विरुद्ध सशक्त आन्दोलनमा उत्रनको लागि तयारी अवस्थामा रहन सम्पुर्ण विद्यार्थी साथीहरूलाई अपिल गर्दछौँ ।

    ३. गत साउन २९ गते प्रधानमन्त्री केपि ओलि अध्यक्ष रहेको चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजमा मात्र एमविविएस र विडिएसमा १३५९ वटा सिट सङ्ख्या थप गर्ने निर्णय गरेको छ । यो निर्णय कुनै वैज्ञानिक आधार, तथ्य तथ्यांक र ती कलेजको भौतिक पुर्वाधारको मुल्याङ्कनबाट गरेको नभैइ निजी मेडिकल कलेजका सञ्चालक र मेडिकल माफियाहरूसँगको मिलेमतोमा सङ्ख्या बढाइएको छ । त्यति ठूलो सङ्ख्यामा सिट बढाउँदा कुनैपनि सरकारी मेडिकल कलेजलाई एउटा कोटा पनि थप गरिएको छैन । यसले सरकार र प्रधानमन्त्रीको शैक्षिक निजीकरण र माफियासँगको अनैतिक सम्बन्धलाई उजागर गर्दछ । यसरी निजी कलेजलाई मात्र मनलाग्दी सिट क्षमताको वृद्धि गरिनुले मेडिकल शिक्षालाई विकृत बनाउने, मेडिकल शिक्षाको गुणस्तर समाप्त पार्ने र विद्यार्थीको विदेश पलायनलाई बढवा दिनेछ । हामीले आयोगको उक्त निर्णय तत्काल फिर्ता लिन जोडदार माग गर्दछौँ ।

    ४. देशमा भैरहेको भ्रष्टचार र कुशासनले जनतामा चरम निराशा बढेको छ । सत्ताधारी र ठुला पार्टीहरूका गलत राजनीतिक नीति र नेतृत्वका कारण जनतामा ठूलो असन्तोष छ । राज्यको यसप्रकारको नालायकिको फाइदा उठाउँँदै लोकप्रियतावादीहरू हौसिएका छन् । उनीहरूले जनतामा निराशाको खेती गर्ने र त्यसको मद्दतले आफ्‌ना कर्तुतहरूलाई छोप्ने निकै भ्रष्ट र प्रतिगामी खेलहरूको देशलाई रङ्गमञ्च बनाएका छन् । यो स्थितिमा देशभक्त, प्रगतिशील र जनतान्त्रिक शक्तिहरू बिचको ऐक्यवद्धता र जनताको सचेत प्रतिरोधको आवश्यकता रहेको कुरालाई हामीले गम्भीर रुपमा लिएका छौँ ।

    ५. इजरायलले प्यालेस्टाइनमाथी लगातार आक्रमण गर्दै गैरहेको छ । हालैका दिनहरूमा गाजालाई सम्पुर्णरुपले कब्जा गर्न इजरायलले व्यापक हमला गरिरहेको छ । दैनिकजसो सयौँको सङ्ख्यामा वालवालिका, महिला र वृद्धहरूको हत्या भैरहेको छ भने युद्धको क्रममा ६५ हजार बढी सर्वसाधारणको मृत्यु भएको छ । प्यालेस्टाइनमा हाल चरम भोकमरीको स्थिति सृजना भएको छ । हामीले इजरायली फासिवादी शासक नेतान्याहुलाई प्यालेस्टाइन माथीको आक्रमण तुरुन्त बन्द गर्न अनुरोध गर्दछौँ । साथै संयुक्त राष्ट्रसङ्घ अन्तर्गतका कैयौँ राष्ट्रहरूद्वारा प्रस्तावित “दुई राज्य समस्या समाधान” विधी मार्फत युद्धलाई तत्काल समाप्त गरि प्यालेस्टाइनी जनताको स्वतन्त्रता र सार्वभौमिकताको रक्षा गर्न अपिल गर्दछौँ । साथै हमासद्वारा गत २०२३ अक्टोबर ७ मा गिरफ्‌तार भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईको लागि पहल गरिदिनुहुन अन्तर्राष्ट्रिय समुदायसँग पुनः हार्दिक अपिल गर्दछौँ र सरकारलाई जोशीको रिहाईको लागि सार्थक र प्रभावशाली कुटनैतिक पहल गर्न समेत अनुरोध गर्दछौँ ।

    ६. हाम्रो युनियनको राष्ट्रिय परिषद बैठक एवम् स्वतन्त्र विद्यार्थी युनियनको काउन्सिल गठन आगामी असोज ७ र ८ गते लुम्बिनी प्रदेशमा गर्ने निर्णय भएको छ । परिषद बैठकलाई सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक सहयोग गरिदिनुहुन हामीले सम्पुर्ण विद्यार्थी साथीहरू एवम् जनतासँग हार्दिक अनुरोध गर्दछौँ ।

    ७. अन्य कतिपय सङ्गठनसँग सम्बन्धित निर्णयहरू गर्दै बैठक सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको छ ।”

    बुधबार, भदौ ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.