खुम रायमाझी, कुवेत ।
कुवेत प्रहरीले विषाक्त मदिरा उत्पादन गरी बिक्री गरेको आरोपमा दुई नेपालीसहित ६७ जना पक्राउ गरेको छ ।
Advertisement
उनीहरूलाई शनिबार पक्राउ गरिएको कुवेतको गृह मन्त्रालयले जनाएको छ ।
पक्राउ पर्ने नेपाली नागरिकमा भुवनलाल तामाङ र नारायणप्रसाद बस्याल रहेका छन् भने अन्य भारतीय र बंगलादेशी नागरिक रहेका छन् ।
कुवेतमा गतसाता विषाक्त मदिरा सेवन गरेका २३ जनाको मृत्यु भएको छ । जसमध्ये १६ जना नेपाली रहेका छन् । विषाक्त मदिरा सेवन गरी अशक्त बनेका १६० जना बढी स्थानीय अस्पतालहरूमा उपचारत रहेका छन् ।
जसमध्ये ३६ जना नेपाली रहेका छन् । कुवेतमा मदिरा उत्पादन र सेवन प्रतिबन्ध रहेको छ ।
