• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

कम्युनिस्ट कार्यकर्ताको आर्थिक दृष्टिकोण


  •   शनिबार, साउन ३१, २०८२ मा प्रकाशित
    • गणेश आचार्य 

    आजका कम्युनिस्ट कार्यकर्ता भनेका भोलिको समाजवादी र साम्यवादी ब्यबस्थाका नागरिक हुन । त्यसैले उनिहरूको आर्थिक दृष्टिकोण पनि त्यहि अनुरुपको हुन जरुरी छ । कम्युनिस्ट आन्दोलनको हृदय आर्थिक दृष्टिकोण हो । अर्थतन्त्र आधार हो भने राजनीति उपरि संरचना हो । पुँजीवादी र नाफामुखि समाजमा आर्थिक दृष्टिकोण भनेको कम्युनिस्ट कार्यकर्ताको मुल्यांकनको आधार हो । कम्युनिस्ट पार्टी यस्तो शक्ति हो, जसले गरिब, श्रमिक, किसान र उत्पीडित वर्गलाई आफ्‌नो भाग्य आफैं लेख्ने सामर्थ्य दिन्छ । यो केवल संख्याको खेल होइन, जनताको मुक्तिको घोषणापत्र हो । आजको पूँजीवादी संसारमा आर्थिक शक्ति मसठ्ठीभर दलाल, सामन्त र बहुराष्ट्रिय पुँजीपतिहरूको कब्जामा छ । उनीहरूको नाफाको हवशका कारण करोडौँ मानिस भोक, बेरोजगारी र शोषणको चक्रमा बाँधिएका छन् । यही शोषणविरुद्धको विद्रोही चेतना नै कम्युनिस्ट कार्यकर्ताको आर्थिक दृष्टिकोणको बीउ हो । यहा केबल सदस्यको ब्यक्तिगत दृष्टिकोण मात्र नभएर त्यो सहित कम्युनिस्टहरूको अर्थतन्त्र सम्बन्धि दृष्टिकोणलाई समेत संक्षिप्त रुप प्रस्तुत गर्ने प्रयत्न गरिएको छ ।

    Advertisement

    इतिहासले देखाएको छ कि जबसम्म उत्पादनका साधनहरूमा पूँजीपति वर्गको एकाधिकार हुन्छ, तबसम्म समाजमा सच्चा समानता सम्भव हुँदैन । विश्वभरिका क्रान्तिहरूले यो कुरा प्रमाणित गरिसकेका छन् । रसिया, चीन, क्युबा, भियतनाम जस्ता देशहरूमा जब पुँजीवादको विरुद्धमा वर्गसंघर्षले निर्णायक मोड लियो, तब मात्र श्रमिक र किसान वर्गले आफ्‌नो अधिकार पाउन सके ।

    कम्युनिस्ट कार्यकर्ता बुझ्छन कि उत्पादनका साधनमा जनताको नियन्त्रण बिना समानता केवल सपना हो । जमिन, कारखाना, जलस्रोत, खानी, बिजुली, यातायात, सञ्चार जस्ता निर्णायक क्षेत्रहरूमा निजी स्वामित्व भनेको शोषणको कानुनी लाइसेन्स हो । नेपालमा पनि ठूलो जमिनका एकाधिकार, खानी तथा वन सम्पदामा पुँजीपति र सामन्त वर्गको नियन्त्रणले किसान, दलित र जनजातिलाई असमानताको मारमा राखेको छ । त्यसैले यी सम्पत्तिहरू जनताको सामूहिक स्वामित्वमा ल्याउनु अनिवार्य हुन्छ । यो व्यक्तिगत सानो व्यापार वा मेहनतको प्रतिफल खोस्ने कुरा होइन, बरु ठूला उत्पादन र वितरण प्रणालीमा नाफाभन्दा आवश्यकता प्राथमिक बनाउने कुरा हो ।

    कम्युनिस्टको आर्थिक दृष्टिकोण श्रमको सम्मान र श्रमिकको सत्तामा आधारित हुन्छ । पूँजीवादमा श्रमिकलाई केवल नाफा उत्पादन गर्ने साधनको रूपमा उपयोग गरिन्छ, तर कम्युनिस्ट दृष्टिमा श्रमिक नै समाजको मेरुदण्ड हो । श्रमको मूल्य उचित पारिश्रमिकमा मात्र होइन, स्वास्थ्य, शिक्षा, आवास, सामाजिक सुरक्षा र निर्णय प्रक्रियामा बराबरीको स्थान दिनुपर्नेमा विश्वास रहन्छ । नेपालमा दैनिक ज्याला मजदुरी, असुरक्षित काम र श्रमिकको अपमान आम कुरा बनेका छन् । कम्युनिस्ट कार्यकर्ताले यस्ता शोषण विरुद्ध जोडदार संघर्ष गरेर मात्र श्रमको सम्मान सुनिश्चित गर्न सकिन्छ भन्छन ।

    यो दृष्टिकोण केवल आर्थिक नीति मात्र होइन, वर्गीय युद्धको मोर्चा हो । धनी र गरिबको खाडल केवल घटाउनु मात्र हैन वर्गविहीन समाज निर्माण गर्नु यसको अन्तिम लक्ष्य हो । वर्गविहीन समाज भन्नाले जहाँ उत्पादनका साधन सबैको साझा हुन्छन्, जहाँ कसैले अरूको पसिनाबाट मुनाफा कमाउँदैन, जहाँ मालिक र मजदुरको विभाजन समाप्त हुन्छ । यस्तो समाजमा कसैलाई भोकले सताउँदैन, शिक्षा र स्वास्थ्य सबैलाई निःशुल्क र गुणस्तरीय मिल्छ । नेपालको वर्तमान असमानताले देखाउँछ कि यो सपना अझै टाढा छ, तर कम्युनिस्ट कार्यकर्ताले निरन्तर यो लक्ष्यतर्फ अघि बढ्नुपर्नेमा जोड दिन्छन ।

    कम्युनिस्ट कार्यकर्ता जान्दछ कि विदेशी पुँजीको नियन्त्रणमा परेपछि राष्ट्रिय स्वाधीनता हराउँछ । त्यसैले आत्मनिर्भर अर्थतन्त्र यसको मेरुदण्ड हो । नेपालमा विदेशबाट उधारो र सहयोगमा आधारित विकास मोडेलले देशलाई ऋण र विदेशी प्रभावमा बाँध्न पुगेको छ । कृषि, उद्योग र प्रविधिमा स्वदेशीकरण र सहकारीकरण प्राथमिक हुनुपर्छ । अन्न, ऊर्जा, औद्योगिक उत्पादनमा आत्मनिर्भर नभएसम्म स्वतन्त्रता अधुरो रहन्छ ।

    सामाजिक सुरक्षा पनि यसको अभिन्न हिस्सा हो । बेरोजगारी भत्ता, वृद्धभत्ता, अपांगता सुविधा, मातृत्व संरक्षण—यी सबै अधिकार हुनुपर्छ, दया होइन । राज्यको दायित्व हो जनतालाई भोक, रोग र अपमानबाट जोगाउनु । नेपालमा यी क्षेत्रहरूमा व्यापक कमजोरी छ, जसले गरिब र श्रमिक वर्गलाई थप कमजोर बनाएको छ । कम्युनिस्ट आर्थिक दृष्टिकोणले यस्ता कमजोरीलाई चिर्दै न्याय र समता सुनिश्चित गर्नुपर्छ भन्छ ।

    कम्युनिस्ट कार्यकर्ता सहकारी र सामूहिक उद्योगलाई निजी स्वार्थभन्दा माथि राख्छन । जब उत्पादनको नाफा श्रमिककै हातमा फर्किन्छ, त्यो नाफा पुनः समाजको विकासमा लगानी हुन्छ । यसरी मात्रै आर्थिक वृद्धि र सामाजिक न्याय हातमा हात मिलाउन सक्छन् । नेपालमा सहकारी आन्दोलन पनि अघि बढेको छ तर त्यसलाई अझ सुदृढ पार्न, भ्रष्टाचार हटाउन र श्रमिकको नियन्त्रणमा ल्याउन आवश्यक छ । तर नेपालमा अहिले सहकारी सस्था दलालपुँजीवादको असलि नमुना बनेको ।

    पूँजीवादी संरचना शोषणको कारखाना हो, जसको पहिचान कम ज्याला, लामो समयको श्रम र असुरक्षित वातावरण हो । कम्युनिस्ट आर्थिक दृष्टिकोण यसलाई चुँडाल्ने प्रतिज्ञा हो । यसका लागि श्रमिक अधिकारको कानुनी ग्यारेन्टी, शक्तिशाली ट्रेड युनियन र श्रमिक–हितैषी नीति अपरिहार्य हुन्छ । यो दृष्टिकोण केवल आजको पिढीका लागि होइन, भोलिका पुस्ताका लागि पनि हो । त्यसैले वातावरणीय न्याय यसकै हिस्सा हो, जहाँ प्राकृतिक स्रोतको दीर्घकालीन संरक्षण, नवीकरणीय ऊर्जाको प्रयोग र प्रदूषणमुक्त उत्पादनलाई प्राथमिकता दिइन्छ ।

    कम्युनिस्ट कार्यकर्ताको आर्थिक दृष्टिकोणलाई व्यवहारमा उतार्न जनचेतना निर्माण, वैकल्पिक संरचना निर्माण र नीतिगत तथा सडक संघर्षको त्रिवेणी आवश्यक हुन्छ । जनतालाई वर्गसंघर्षको वैज्ञानिक सिद्धान्त बुझाउने, सहकारी खेती, सामूहिक उद्योग, श्रमिक–स्वामित्व कम्पनी जस्ता अभ्यास गरेर विकल्प देखाउने, र संसदभित्र नीति बदल्ने तथा सडकमा संगठित जनदबाब सिर्जना गर्ने निरन्तर अभियान चलाउनुपर्छ ।

    कम्युनिस्ट कार्यकर्ताले आफूलाई मात्र होइन, सम्पूर्ण जनताको हितमा काम गर्नुपर्छ भन्ने सिद्घान्तमा अडिग हुनुपर्छ । भ्रष्टाचार, आर्थिक अनियमितता र व्यक्तिगत आर्थिक लाभको लागि महत्वाकांक्षा कम्युनिस्ट सिद्धान्त र मूल्यहरूको प्रतिकूल हुन्छ । जसरी उत्पादनका साधन जनताको सामूहिक सम्पत्ति मानिन्छ, त्यसैगरी कार्यकर्ता र पार्टी पदाधिकारीहरूलाई पनि आफ्‌नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने जिम्मेवारी हुन्छ ।

    कुनै पनि कम्युनिस्ट सदस्यले भ्रष्टाचारमा लिप्त भएर जनताको विश्वास गुमाउनु भनेको वर्गसंघर्षमा शक्तिशाली हात आफैंले कमजोर बनाउनु हो । यस्तो कमजोरीले पूँजीवाद विरोधी संघर्षलाई कमजोर पार्छ र वर्गशोषणको पुनरुत्थानको बाटो खोल्छ । त्यसैले कम्युनिस्ट कार्यकर्ता आर्थिक दृष्टिले सादा, अनुशासित र पार्टीको सिद्धान्त अनुसार मात्र जीवन यापन गर्नुपर्छ । व्यक्तिगत महत्वाकांक्षा, स्वार्थ वा धनसञ्चयले आन्दोलनको शुद्धता नष्ट हुन्छ ।

    यसैकारण कम्युनिस्ट पार्टीहरूमा पारदर्शिता, जवाफदेहिता र आन्तरिक अनुशासनको कडा पालना अनिवार्य छ । भ्रष्टाचारविरुद्ध निरन्तर सचेतनाको साथै, गल्ती गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ । यसो नहुँदा पार्टीको वैधता र जनविश्वास दुबै संकटमा पर्छ ।

    यसरी मात्रै कम्युनिस्ट आर्थिक दृष्टिकोण सच्चा क्रान्तिकारी नेतृत्व र सशक्त जनआन्दोलनका साथ सफल हुन सक्छ । यो दृष्टिकोण केवल एक आर्थिक मोडेल मात्र होइन, यो सबैको समान अधिकार र न्यायको प्रतिज्ञा हो । जहाँ कुनै व्यक्तिले आफ्‌नो मेहनतले प्राप्त सम्पत्तिमा अस्वाभाविक रूपमा कब्जा जमाउन नपाओस्, जहाँ सामाजिक सुरक्षा सबैको अधिकार हो र जहाँ वातावरण र मानव जीवनको सम्मान सर्वोपरि हुन्छ ।

    कम्युनिस्ट आर्थिक दृष्टिकोणको सबैभन्दा ठूलो शत्रु आजको स्वार्थी, भ्रष्ट र वर्गीय दलालहरू हुन्, जसले जनतालाई भड्काएर आफ्‌नै स्वार्थ पूरा गर्न खोज्छन् । यस्तो शक्तिविरुद्ध कटिबद्धता, एकता र निरन्तर क्रान्तिकारी संघर्षले मात्रै यो दृष्टिकोणलाई सफल बनाउन सक्छ ।

    यसैकारण कम्युनिस्ट कार्यकर्ताले भन्छन्‌– हाम्रो आर्थिक दृष्टिकोण मानवता र समानताको पक्षमा अडिग छ । जबसम्म सम्पूर्ण उत्पादनका साधनमा जनताको अधिकार आउँदैन, तबसम्म शोषणको ज्वाला निभ्दैन । त्यसैले हामी सधैं तयार छौँ, संघर्षमा, संगठनमा र जनताको पक्षमा अडिग रहन । त्यस दिन, जब श्रमिक वर्गले आफ्‌नो शक्ति आत्मसात् गर्छ, तब मात्र यो दृष्टिकोण सपनाबाट यथार्थमा परिणत हुनेछ । यहि नै कम्युनिस्टहरूको सहि आर्थिक दृष्टिकोण हो ।

    शनिबार, साउन ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.