• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सेङलेङ चिया बगानमा मनाइयो अन्तर्राष्ट्रिय युवा दिवस


  •   बुधबार, साउन २८, २०८२ मा प्रकाशित
  • अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले सेङलेङमा रहेको चियाबगानमा गोडमेल गरि अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ । हरेक बर्ष अगस्त १२ मा मनाइने युवा दिवसको अवसरमा भूमिकास्थान नगरपालिका नगरस्तरीय युवा सञ्जालको आयोजनामा मंगलबार सेङलेङमा रहेको अर्घाखाँचीकै एकमात्र चियाबगैंचामा गोडमेल गरिएको हो ।

    Advertisement

    देउराली–लालिगुराँस सामुदायिक वनको करिब २० रोपनी क्षेत्रफलमा लगाइएका २१ हजार थान चियाको बोट रहेको बगैचामा रहेको झारपात गोडमेल र बिरुवामा उकेरा लगाउने कार्य गरिएको भूमिकास्थान युवा सञ्जालका संयोजक टेकराज भुसालले जानकारी दिनुभएको छ ।

    संयोजक भुसालले युवाको शक्ति, सृजनशीलता, उद्यमशीलता, सकारात्मक उर्जा र साझा प्रयासको भावना विकास गर्न युवा दिवस मार्फत युवालाई श्रममा जोडेको बताउनुभयो ।

    चिया बगानमा गोडमेल पश्चात आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै भूमिकास्थान नगरप्रमुख झविलाल थापाले भूमिकास्थानलाई कृषि पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिने बताउनुभएको छ । प्राकृतिक र धार्मिक पर्यटकसँगै कृषि पर्यटनको प्रचुर सम्भावना रहेको उहाँको तर्क छ । व्यवसायिक कृषि, पर्यटन, उत्पादन र ब्यापार नै भूमिकास्थानको समृद्धिका आधार भएकोले कृषि पर्यटनको सुनौलो अवसर रहेको नगरप्रमुख थापाको भनाई छ ।

    भूमिकास्थानले युवाहरूलाई रोजगारी र सबै नागरिकलाई उत्पादनमा जोड्ने कर्मशिल जनशक्ति परिचालन कार्यक्रम कार्यान्वयनमा ल्याइरहेको उहाँले बताउनुभयो । युवाहरू सकरात्मक सोंचका साथ उत्पादन र श्रममा लागेमात्रै भूमिकास्थानको समृद्धि सफल हुने भन्दै नगरप्रमुख थापाले भूमिकास्थानले ल्याएका समृद्धिका योजनामा जोडिन अपिल समेत गर्नुभएको छ ।

    प्रसिद्ध सुपादउराली आएका पर्यटकलाई सेङलेङ ल्याएर होमस्टेमा बास बसाल्ने, मसिनाको लेक, पाथिभरा मन्दिर, सेङलेङ दह र चिया बगान अवलोकन गराउने, अर्कोदिन मृगस्थली झरना, शिद्धगुफा अवलोकन गराउँदै भूमेकाथान मन्दिरसम्म पुर्याएर स्वर्गद्धारी पठाउने आफुहरूको योजना सुनाउँदै नगरप्रमुख थापाले यसलाई कार्यान्वयन गर्ने दिशामा सबैको सहयोगको खाँचो औल्याउनुभएको छ ।

    युवादिवसको अवसरमा रचनात्मक र परिणाममुखी काम गर्न आफ्नो वडालाई रोजेको भन्दै वडा नम्बर १० का अध्यक्ष खगिश्वर पन्थीले सहभागीलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

    भूमिकास्थान नगरप्रमुख झविलाल थापा, वडा नम्बर १ का अध्यक्ष गोपाल खनाल, ३ का वडाध्यक्ष कृष्ण प्रसाद बनजाडे, ४ का वडाध्यक्ष बाबुराम पन्थी, ५ का वडाध्यक्ष जयगोपाल श्रेष्ठ, ६ का कार्यबाहक वडाध्यक्ष चिन्ता बहादुर बस्नेत, ९ का वडाध्यक्ष खेमराज चुँदाली, १० का वडाध्यक्ष खगिश्वर पन्थी, कार्यपालिका सदस्य गिर बहादुर नेपाली, वडा सदस्य जनकलाल गैरे, गंगा श्रेष्ठ, पत्रकार महासंघ जिल्ला उपाध्यक्ष रुद्रमणी भुसाल, युवा सञ्जालका युवाहरू, सेङलेङका स्थानिय उपभोक्ता सहित करिब एक सय जनाको सहभागितामा चियाबगानमा गोडमेल गरिएको देउराली–लालिगुराँस सामुदायिक वनका अध्यक्ष हिमनाथ खनालले जानकारी दिनुभएको छ ।

    कार्यक्रम भूमिकास्थान नगरपालिकाका कृषिशाखा प्रमुख युवराज आचार्यको सहजीकरणमा सम्पन्न भएको हो ।

    बुधबार, साउन २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.