सबै भूभागमा पाइने यो लहरायुक्त वनस्पति साधारण तरकारी मात्र नभएर हजारौं वर्षदेखि प्रयोग हुँदै आएको एक औषधि पनि हो । आयुर्वेदमा कुरिलोलाई बुद्धिवर्धक, अग्निवर्धक र दुर्बलता निवारक जस्ता गुणहरूले युक्त मानिएको छ । आधुनिक विज्ञानले पनि यसमा पाइने प्रोटिन, भिटामिन, फाइबर र क्याल्सियम जस्ता पौष्टिक तत्वहरूको प्रशंसा गर्छ ।
यसका मुख्य फाइदाहरू यस प्रकार छन् :
१. क्यान्सर प्रतिरोधी :
कुरिलोको नियमित सेवनले क्यान्सर हुने सम्भावनालाई कम गर्छ र क्यान्सरका रोगीहरूका लागि पनि यो लाभदायक मानिन्छ।
२. शारीरिक दुखाइमा राहत :
यसलाई तरकारी वा सुपको रूपमा सेवन गर्दा शरीरमा हुने विभिन्न प्रकारका दुखाइ कम हुन्छ।
३. महिला स्वास्थ्यः
सुत्केरी महिलामा दूध बढाउन, महिनावारी गडबडी ठीक पार्न र शरीरमा ऊर्जा प्रदान गर्न कुरिलो अत्यन्तै उपयोगी हुन्छ ।
४. पुरुष स्वास्थ्य :
कुरिलोको जराको धुलोलाई दूध वा मनतातो पानीसँग सेवन गर्दा पुरुषमा वीर्य वृद्धि हुने र यौन दुर्बलता हट्ने विश्वास गरिन्छ।