धनकुटा । धनकुटामा गाईजात्रामा आउँदै गरेको पिकअप गाडी टेकुनालामा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
Advertisement
गाईजात्राका लागि टेकुनालाबाट धनकुटा बजारतर्फ आउँदै गर्दा दुर्घटनामा परेका हुन् ।
२ च २३०९ नम्बरको पिकअप गाडीमा सवार २१ जनामध्ये १७ जना घाइते भएका र उनीहरुलाई उद्धार गरेर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
गम्भीर अवस्थाका तीन जना घाइतेलाई भने थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । अन्यको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।