• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बाल्यकालमै बिहेः जीवनभर पीडा


  •   बिहिबार, साउन २२, २०८२ मा प्रकाशित
  • वीरेन्द्रनगर (सुर्खेत) । बराहताल गाउँपालिका–१० फिनिकाँडा सुर्खेतकी २५ वर्षीया कल्पना सुनारको धेरैजसो दैनिकी अस्पतालमै बित्ने गर्छ । अस्पताल धाइरहने उहाँको समस्या भनेको ढाड दुख्ने, पेट चस्किने हो । उहाँको स्वास्थ्य समस्याको मुल जड भनेकै कलिलै उमेरको विवाह हो । ‘सानै उमेरमा विवाह भयो, अहिले त्यसैको सजाय भोग्दैछु’, उहाँले भन्नुभयो ।

    Advertisement

    कल्पनाले १७ वर्षको उमेरमा प्रेमविवाह गर्नुभयो । कक्षा ८ मा पढ्दै गर्दा आफ्नै फुपुको छोरासँग उहाँको माया बस्यो । उहाँ भन्नुहुन्छ, ‘पहिला त उहाँलाई घरमा माग्न बोलाए, आउनु पनि भयो, तर बुवाले छोरीको विवाह गर्ने उमेर भएको छैन भन्दै फिर्ता पठाइदिनुभयो, त्यसपछि हामीले भागेर विवाह गर्याे ।’उहाँका अहिले चार वर्षको छोरी र दुई वर्षको छोरा छन् ।

    विवाहपछि उहाँको पढ्ने इच्छा अधुरै रह्यो । कल्पनाले भन्नुभयो, ‘विवाह अघि त पढाइदिन्छु भन्नुहुन्थ्यो, विवाहपछि मलाई पनि घरको जिम्मेवारीले थिच्यो, पढ्ने फुर्सद नै भएन, त्यतिबेला अल्लारे कच्चा दिमाग थियो, भागेर बिहे गरेँ, अहिले उमेर बढ्दै जाँदा थाहा हुँदैछ, कति ठूलो गल्ती भयो ।’ सानै उमेरमा गरेको विवाहले सजाय भोग्नुपरेको उहाँ बताउनुहुन्छ ।

    जुम्लाको सिञ्जा गाउँपालिका–६, झाडागाउँकी बसमा बुढा (रावत) ले पनि तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतोपानी बग्ने र पाठेघर खस्ने समस्या झेलिरहनुभएको छ । ‘पहिला त केही लागेको थिएन, अहिले मात्रै थाहा हुँदैछ, यो सबै बालविवाहकै असर हो’, उहाँ भन्नुहुन्छ, ‘‘त्यो बेला बुझिनँ, अहिले बुझिरहेकी छु, मेरो जीवनमा थपिएको पीडाको जड बालविवाह हो ।’

    उहाँले कक्षा ९ पढ्दै गर्दा १६ वर्षको उमेरमा भीमबहादुर रावतसँग प्रेम विवाह गर्नुभयो । उहाँका जेठा छोरा १० वर्षका छन् भने कान्छा सात वर्षका छन् । उहाँले भन्नुभयो, “म अझै ठूली भएको पनि थिइनँ, दुई सन्तानकी आमा बनेँ ।” विवाहकै कारण उहाँको पढाइ रोकियो ।

    बालविवाह गरेकै कारण उहाँले बालअधिकार, शिक्षा र भविष्यका सपना सबै गुमाउनुभयो । उहाँले स्थानीय वडाबाट दिने बालभत्ता जस्तो सरकारी सुविधाबाटसमेत बञ्चित हुनुपर्याे।

    माथि उल्लेखित प्रतिनीधिमुलक पात्रका कथा केवल उहाँहरुको पीडा होइन् । यो कर्णालीका किशोरीहरूको प्रतिनिधित्व हो । जसको जीवनमा बालविवाहले पीडामाथि पीडा थुपारिएको छ । बालविवाह गरेकाहरुले पीडादायी स्वास्थ्य समस्या झेल्नु त परेकै छ । कयौँले ज्यानसमेत गुमाउनु परिरहेको छ । त्यसैमध्येकी एक वीरेन्द्रनगर–६ की १८ वर्षीया शर्मिला सुनार हुनुहुन्छ । सुत्केरीपछि रक्तश्राव बढी भएका कारण उहाँले ज्यानै गुमाउनुप¥यो ।

    सुत्केरी व्यथा लागेपछि शर्मिलालाई २०८१ असोज ६ गते प्रदेश अस्पताल पु¥याइएको थियो । बच्चाको गर्भमै मृत्यु भइसकेको थियो ।

    शर्मिलाको शल्यक्रिया गरी बच्चा निकालिएको थियो । अस्पतालले उहाँका आफन्तलाई ज्वरो र अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको जानकारी दियो । उहाँका आफन्तले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाएका थिए ।

    राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा ३७ दशमलव नौ प्रतिशत बालविवाह हुने गरेको छ । नेपालमा पुरुष र महिला दुवैको हकमा विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । कर्णालीमा भने १८ वर्ष नपुग्दै विवाह गर्नेको सङ्ख्या ३७ दशमलव नौ प्रतिशत छ ।

    सरकारी तथ्याङ्कले पनि कर्णालीमा कलिलो उमेरमा आमा हुनेको सङ्ख्यामा कमी आउन नसकेको देखाउँछ । प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयका अनुसार २०७९ यता कर्णालीका अस्पताल तथा घरमा सुत्केरी हुने किशोरी आमा अर्थात् २० वर्षमुनिका १६ हजार ४२ जना छन् । आर्थिक वर्ष २०७९/८० मा छ हजार ४५७, २०८०/८१ मा पाँच हजार ५४४ र २०८१/८२ मा चार हजार ४१ जना २० वर्ष नपुग्दै आमा बनेका छन् ।

    यो तथ्याङ्कले कलिलै उमेरमा विवाह गर्दा कर्णालीमा आमा र बच्चा दुवैको ज्यान जोखिममा रहेको देखाउँछ । कर्णालीमा पाठेघर ९आङ खस्ने० समस्यासँग जुधिरहेका महिलाको सङ्ख्या सात हजार २६२ छ । प्रदेश अस्पताल सुर्खेतको तथ्याङ्कले २० वर्ष मुनिका किशोरी आमा बन्नेको सङ्ख्यामा कमी आउन सकेको छैन । आव २०७९/८० मा अस्पतालमा सुत्केरी भएका २० वर्ष मुनिका किशोरी आमाको सङ्ख्या ८८७ छ । यस्तै २०८०/८१ मा ८६५ र २०८१/८२ मा ६१५ छ ।

    प्रदेशमा सुत्केरी हुने क्रममा १८ जनाको मृत्यु भएको छ । यो तथ्याङ्क बितेका तीन वर्षको हो । तीमध्ये २० वर्ष मुनिको चार किशोरी हुन् । जुन कलिलै उमेरमा विवाह र त्यसपछि आमा बन्नुको परिणाम हो । शारीरिक र मानसिक रूपमा परिपक्व नभई विवाह गर्दा कर्णालीमा मातृ र शिशु मृत्युमा कमी आउन नसकेको स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डा ललितजङ्ग शाही बताउहुन्छ ।

    उहाँका अनुसार १९ वर्षभन्दा मुनिका किशोरीमा शारीरिक विकास पूर्ण नहुँदै बच्चा जन्माउँदा मातृ मृत्युदर र नवजात शिशु मृत्युदर दुवै बढ्छ । ‘कम उमेरमै गर्भवती हुँदा शरीर बच्चा जन्माउन तयार हुँदैन’, डा शाही भन्नुहुन्छ, ‘त्यसैले सुत्केरी अवस्थामा अत्यधिक रक्तश्राव, उच्च रक्तचाप, ज्वरोजस्ता जटिलताले आमा र बच्चाको ज्यान जोखिममा पर्छ ।‘

    कम उमेरमा गर्भवती भएका महिलामा एमेनिया (रक्तअल्पता) देखिने सम्भावना धेरै हुन्छ । खानपान र पोषणमा ध्यान नदिँदा रक्तअल्पता हुने गर्छ । कम उमेरकी आमाबाट जन्मिने बच्चामा कुपोषण, कमजोरी र नवजात शिशु मृत्युदर उच्च हुने गरेको छ ।

    “बालविवाहका कारण शारीरिक मात्र नभई मानसिक समस्यासमेत देखिन्छ”, डा शाही भन्नुहुन्छ, “कम उमेरमा आमा बनेका किशोरीहरूमा डर, चिन्ता र एक्लोपन बढ्छ, पढाइ बीचमै छाड्नुपर्ने भएकाले स्वास्थ्यबारे जानकारीको कमी रहन्छ र उनीहरू थप जोखिममा पर्छन् ।”

    नेपालमा सुत्केरी मृत्युको प्रमुख कारण प्रसूतिपछि अत्यधिक रक्तश्राव रहेको डा शाहीले बताउनुभयो । उहाँका अनुसार गर्भकालमा ब्लड प्रेसर, सुगर वा थाइराइडजस्ता समस्या पत्ता नलाग्दा वा समयमै उपचार नपाउँदा आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्छ ।

    “स्वस्थ महिलामा सुत्केरी अवस्थामा मृत्यु हुने सम्भावना न्यून हुन्छ”, डा शाही भन्नुहुन्छ, “तर समयमै परीक्षण र तयारी नगर्दा अनाहकमा ज्यान जाने जोखिम रहन्छ ।” उहाँका अनुसार अस्पतालमा २० वर्ष मुनिका गर्भवती किशोरी धेरै आउने गरेका छन् । बच्चा जन्माउन सफल भएका कतिपय किशोरी आमाको पछि पाठेघर खस्ने, अन्य शारीरिक समस्या देखापर्ने गरेको डा शाहीको भनाइ छ ।

    बाल विवाहविरुद्धको साझा अभियान सञ्जालका अभियान संयोजक चेतन गिरीले कर्णालीमा पछिल्लो समय अभिभावकले भन्दा पनि बालबालिका आफैले विवाह गर्ने क्रम बढेको बताउनुभयो । बालविवाह हुने धेरैजसो दलित समुदाय रहेको उहाँको भनाइ छ । कर्णालीमा सबैभन्दा धेरै बादी समुदायमा बालविवाह हुने उहाँको दाबी छ । “दोस्रोमा क्षेत्री, ब्राह्मण र तेस्रोमा जनजातीमा बालविवाह हुने गरेको देखिन्छ”, उहाँले भन्नुभयो ।

    कर्णालीमा ८० प्रतिशत बालविवाहको कारण अभिभावकको घरझगडा नै रहेको गिरीको भनाइ छ । उहाँ भन्नुहुन्छ, “बुवाआमा भारतमा रोजगारीका लागि जाने र गाउँमा बालिका एक्लै असुरक्षित हुने हुँदा बालिकाहरुले सानै उमेरमा विवाह गर्ने गरेका देखिन्छ ।” बालबालिकामा शिक्षा र चेतनाको कमी, मनोसामाजिक परामर्श नपाउँदा बालविवाह गर्ने निर्णयमा पुग्ने गरेको उहाँको भनाइ छ ।

    नेपालको कानुनले बालविवाहलाई जघन्य अपराधका रूपमा परिभाषित गरेको छ । नेपालको संविधानको धारा ३९ मा रहेको बालबालिकाको हकमा बालविवाह गर्न नपाइने व्यवस्था गरेको छ । धारा ३९ को उपधारा ५ मा कुनै पनि बालबालिकालाई बालविवाह, गैरकानुनी ओसारपसार र अपहरण गर्न बन्धक बनाउने कार्यमा दण्ड सजाय हुने व्यवस्था कानुनले गरेको छ ।

    यस्तै मुलुकी अपराध संहिताको दफा १७३ मा २० वर्ष उमेर नपुगी कसैले विवाह गर्न वा गराउन नहुने उल्लेख छ । कानुन विपरीत भएको विवाह स्वतः बदर हुने अधिवक्ता गीता कोइराला बताउनुहुन्छ । “बालविवाहको कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवानाको व्यवस्था छ, मुलुकी देवानीसंहिता २०७४ ले विवाह गर्ने उमेर २० वर्ष पूरा भएको हुनुपर्ने अन्यथा उमेर नपुगी गरेको विवाह स्वतः बदर र त्यस्तो विवाह अमान्य हुने गरी परिभाषित गरेको छ”, उहाँले भन्नुभयो, “कर्णालीमा कानूनी दायरामा आएका बालविवाहभन्दा समाजमा लुकेका बालविवाह धेरै रहेका छन् ।”

    गीता थापा (रासस)

    बिहिबार, साउन २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.