• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

व्यावसायिक अकबरे खुर्सानीखेती गर्दै किसान

  •   बिहिबार, साउन २२, २०८२ मा प्रकाशित
  • भोजपुर । यहाँको पौवादुङमा गाउँपालिका–२ सोसेटारका देउमान राईले व्यावसायिक अकबरे खुर्सानी खेती गरिरहनुभएको छ । उहाँले २५ रोपनी क्षेत्रमा खुर्सानी खेती गर्नुभएको छ ।

    Advertisement

    आठ वर्षअघिदेखि खुर्सानीखेती गरिरहनुभएका राईले यो वर्ष १७ हजार बोट हारहारीमा खुर्सानी रोप्नुभएको छ । ‘आफ्नै ठाउँमा केही गरौँ भन्ने लक्ष्यका साथ खुर्सानीखेतीमा लागेको छु, उहाँले भन्नुभयो, ‘यो वर्ष २५ रोपनी क्षेत्रमा खुर्सानी विस्तार गरेको छु ।’ युवाहरुमा विदेशप्रतिको मोह बढिरहेको अवस्थामा आफ्नै बारीमा व्यावसायिक रुपमा कृषि कर्म गरिरहेको उहाँले बताउनुभयो ।

    व्यावसायिक योजनाका आधारमा पौवादुङमा गाउँपालिकाले ५० प्रतिशत अनुदानमा मल्चिङ प्लाष्टिक दिएकाले थप सहज भएको उहाँको भनाइ छ । उहाँले फार्ममा दुई जनालाई रोजगारीसमेत दिनुभएको छ ।

    सडकको पहुँच भएकाले उत्पादन भएको खुर्सानी घरबाटै बिक्री गर्न सकिने उहाँले बताउनुभयो । देउमान मात्र नभएर गाउँपालिकाका अन्य सयौँले खुर्सानी खेती गरिरहनुभएको छ ।

    किसानको व्यावसायिक योजनाका आधारमा आवश्यक सहयोग गरिरहेको पौवादुङमा गाउँपालिकाा अध्यक्ष किरण राईले बताउनुभयो ।

    गाउँपालिकाले कृषि एम्बलुेन्स खरिद गरेर यहाँ उत्पादन भएका कृषिउपजको बजारीकरण गरिरहेको उहाँको भनाइ छ ।

    खुर्सानीखेती विस्तारका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा ७५० किसानलाई रु ७० लाख बढीको मल्चिङ प्लाष्टिकलगायतका कृषि सामग्री वितरण गरेको जनाएको छ । गाउँपालिकाले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेसँगै गत वर्ष खुर्सानीबाट रु १८ करोड हाराहारीमा रकम पौवादुङ्मा भित्रिएको उहाँले जानकारी दिनुभयो ।

    यहाँको करिब ५०० हेक्टर क्षेत्रका ८०० किसानले खुर्सानीखेती गरिरहेका छन् । गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईका अनुसार यहाँका किसानले उत्पादन गरेको खुसार्नी स्थानीय बजारसँगै ठेकेदारमार्फत धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका सहरमा पुग्ने गरेको छ ।

    बिहिबार, साउन २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.