कपिलवस्तु, (तौलिहवा)
कपिलवस्तुको शिवराज नगरपालिकाकाे चन्द्राैटा सहज टाेलमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन भएको छ ।
राष्ट्रिय जनमोर्चा जिल्ला सचिव केरसिंह अदैको उपस्थितिमा वडा नम्बर ५ चन्द्रौटाको सहज टोलमा सो भेला सम्पन्न भएको हो ।
भेलामा अदैले देशको वर्तमान राजनीतिक परिस्थिति, राष्ट्रिय जनमोर्चाको कार्यक्रम र नीतिको बारेमा प्रकाश पार्नुभएको थियो ।
ज्ञानबहादुर थापा अध्यक्ष रहनुभएको सो समितिमा सल्लाहकारसहित ११ सदस्यीय समिति चयन भएको छ ।
सचिवमा कमला सुनार, कोषाध्यक्षमा अनिता नेपाली, सहसचिवमा हरिबहादुर सुनार रहनुभएको छ ।
त्यस्तै सदस्यहरूमा विनोद नेपाली, राजु नेपाली, उजील गिरी र बिजुला सुनार रहनुभएको छ भने सल्लाहकारमा गङ्गा नेपाली र सान्ता सुनार रहनुभएको छ ।
नव निर्वाचित पधाधिकारीलाई राजमो वडा नं. ५ का अध्यक्ष तथा रक्तिम सांस्कृतिक अभियानका जिल्ला अध्यक्ष बेगम बुढामगरले शुभकामना दिनुभएको थियो ।
भेलापछिको बैठकले सदस्यता वितरण गर्ने र भदौमा टोल प्रशिक्षण कार्यक्रम गर्ने निर्णयसमेत गरेको छ ।
सबै सदस्यले एकएक सदस्य बनाउने निर्णय पनि गरिएको छ ।
भेलामा सचिव अदैले राजमोको सदस्यता प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा सञ्चालन हरिबहादुर सुनार, अध्यक्षता ज्ञानबहादुर थापा र स्वागत होमबहादुर कुँवरले गर्नुभएको थियो

