• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

गाजामा भइरहेको अमानवीय र वर्बर अत्याचारप्रति मसालको ध्यानाकर्षण

"रुसी सेनामा ज्यान गुमाउने नेपालीहरूको लागि न्यायसङ्गत क्षतिपूर्तिको व्यवस्था गर : मसाल "

  •   शुक्रबार, साउन १६, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले गाजामाथि इजरायलले गर्दै आइरहेको अपराधबाट अहिलेसम्म करिब साठी हजार मानिसहरू, बालक, वृद्ध, महिला, गर्भवती महिला, शिशुसहितको मृत्यु भइसकेकोप्रति नेपाली जनताको पनि ध्यान जानुपर्ने आवश्यकतामा जोड दिएको छ । पार्टीका महामन्त्रीद्धारा साउन १६ गते जारि वक्तव्यमार्फत उल्लेखित विषयहरूमा जोड दिनुभएको हो ।

    Advertisement

    प्यालेष्टाइनी जनता वा गाजामा भइरहेको त्यसप्रकारको अमानवीय र वर्बर अत्याचारप्रति सारा संसारको ध्यान गएको परिवेशमा पनि नेपालको सरकारले यो विषयमा स्पष्ट र सही नीति अपनाउन नसकेकोमा पनि मसालले कडा आलोचना गरेको छ ।

    युरोपका विभिन्न देशहरूले गाजाका लागि खाद्य सामग्री, औषधी र केटाकेटीका सामानहरू लगेर जान थालेको जहाजलाई जुलाई २६ तारिखमा अन्तर्राष्ट्रिय जलक्षेत्रमा अपहरण गरेर इजरायलले अमानवीय चरित्र देखाएरप्रति मसालले तिव्र शब्दमा भ्रत्र्सना गर्दै गिरफ्‌तार व्यक्तिहरूलाई तुरुन्तै रिहाइ गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।

    “नेपाल र रुसका बिचमा नेपालीहरू रुसी सेनामा भर्ना हुनेबारे कुनै सम्झौता भएको छैन र त्यो युद्धमा जुन नेपालीहरूको मृत्यु भयो, ती सबै अवैध रूपले नै रुसी सेनामा भर्ना भएका थिए ।” वक्तव्यमा लेखिएको छ, “संसारको कुनै पनि विदेशी सेनामा नेपालीहरूलाई भर्ना गर्ने कुरालाई हाम्रो पार्टीले पहिलेदेखि नै विरोध गर्दै आएको छ र अहिले रुसी सेनामा नेपालीहरू भर्ना भएर मृत्यु भएको घटनाप्रति पनि हामीले गम्भीर दुःख र क्षोभ प्रकट गर्दछौँ ।”

    अवैध रुपले रुसी सेनामा भर्ना हुनेबारे सरकारले किन कुनै प्रभावशाली कदम उठाउन सकेन ? प्रश्न उठाउँदै त्यसप्रति पार्टीले गम्भीर आपत्ति प्रकट गरेको छ । त्यसबारे पनि गम्भीरतापूर्वक विचार गर्नका लागि नेकपा (मसाल)ले सरकारको ध्यान आकर्षित गराएको छ ।

    वक्तव्यको पूर्ण पाठः

    “गाजामा इजरायलको हमलाबाट अहिलेसम्म करिब साठी हजार मानिसहरू, बालक, वृद्ध, महिला, गर्भवती महिला, शिशुसहितको मृत्यु भइसकेको छ । त्यहाँ ठुलो पैमानामा घर, विद्यालय, विश्वविद्यालय समेत इजरायली बमबर्षाबाट नष्ट भइसकेका छन् । त्यहाँ खाद्यान्नको समेत ठूलो अभाव भएर भोकमरीको स्थितिको सिर्जना भएको छ । यहाँसम्म कि त्यहाँ राहतको लागि बाहिरबाट आउन थालेका राहत सामग्रीका गाडीहरूमाथि पनि रोक लगाइन्छ र सीमित रूपमा त्यहाँ पुगेका सामग्री वितरण गर्दा जम्मा भएका मानिसहरूमाथि पनि इजरायलद्वारा माथिबाट बम खसालेर हत्या गर्ने गरिन्छ । त्यसरी, समग्र रूपमा गाजाको स्थिति अत्यन्त गम्भीर छ र त्यसप्रति नेपाली जनताको पनि ध्यान जानुपर्ने आवश्यकता छ ।

    प्यालेष्टाइनी जनता वा गाजामा भइरहेको त्यसप्रकारको अमानवीय र वर्बर अत्याचारप्रति सारा संसारको ध्यान गएको छ । कैयौं देशहरूका सरकारहरूले त्यसका विरुद्ध आवाज उठाएका छन् । संयुक्त राष्ट्र सङ्घमा पनि त्यसका विरुद्ध ठूलो आवाज उठेको छ । अमेरिका र त्यसका पक्षमा भएका केही मुठ्ठीभर देशहरूका सरकारहरूको त कुरै भएन । उनीहरूले प्यालेष्टाइनी जनताका विरुद्ध इजरायल सरकारका कार्वाहीहरूलाई पूरै समर्थन गरिरहेका छन् । त्यही प्रकारले नेपाल सरकारले पनि अमेरिकी साम्राज्यवादपरस्त नीति अपनाएर इजरायल सरकारले प्यालेष्टाइनी जनतामाथि वा गाजामा गरिरहेको अत्याचार तथा अमेरिका र इजरायल समेतले इरानमाथि गरेको आक्रमणको पनि कुनै विरोध गरेको छैन । तर यो खुशीको कुरा हो कि नेपालका वामपन्थी शक्तिहरू, नागरिक समुदाय वा स्वतन्त्र बुद्धिजीवि समेत आम जनताले संयुक्त भएर गाजामा इजरायलको फासिष्ट सरकारले गरिरहेको नरसंहारको विरोध, प्यालेष्टाइनी जनताको मुक्ति आन्दोलनको समर्थन वा इरानमाथि अमेरिकी साम्राज्यवाद र त्यसको दलाल इजरायलको फासिष्ट सरकारले गरेको हमलाका विरुद्ध पनि आवाज उठाइरहेका छन् वा आन्दोलन गरिरहेका छन् । त्यसका साथै नेपालको सरकारले उक्त प्रश्नमा स्पष्ट र सही नीति अपनाउन नसकेकोमा पनि हामीले त्यसको कडा आलोचना गर्दछौँ ।

    इजरायलको अमानवीय चरित्र यहाँसम्म नाङ्गो रूपमा देखापरेको छ कि इजरायली सेनाले साइप्रसबाट गाजाका लागि खाद्य सामग्री, औषधी र केटाकेटीका सामानहरू लगेर जान थालेको जहाजलाई जुलाई २६ तारिखमा अन्तर्राष्ट्रिय जलक्षेत्रमा अपहरण गरेर त्यसलाई इजरायलको बन्दरगाहमा लगिएको थियो र त्यसमा बसेका बेलायत, अमेरिका, स्पेन, चिली, नर्वे, स्वीडेन, आयरल्याण्ड, टर्की समेतका कतिपय सांसद वा शान्तिकर्मीहरू तथा फिलिस्ताइनी मूलका युरोपेली नागरिकहरू समेतलाई पक्राउ गरिएको थियो । हाम्रो पार्टीले इजरायल सरकारको त्यसप्रकारको अमानवीय कारर्बाहीको तिव्र शब्दमा भ्रत्र्सना गर्दै गिरफ्‌तार व्यक्तिहरूलाई तुरुन्तै रिहाइ गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।

    रुसी सेनामा भर्ना भएर युक्रेनको युद्धमा ठूलो संख्यामा नेपालीहरू मारिएका थिए । उनीहरूका शवहरू नेपालमा ल्याइएको घटनाहरूप्रति पनि ने.क.पा. (मसाल) को गम्भीर ध्यान आकर्षित भएको छ । त्यसरी युक्रेनमा कति नेपालीहरू मारिएका थिए, कति जना त्यहाँ बन्दीको अवस्थामा छन् वा कतिजना बेपत्ता छन् ? त्यो पूरै विवरण अझै थाहा हुन सकेको छैन । नेपाल र रुसका बिचमा नेपालीहरू रुसी सेनामा भर्ना हुनेबारे कुनै सम्झौता भएको छैन र त्यो युद्धमा जुन नेपालीहरूको मृत्यु भयो, ती सबै अवैध रूपले नै रुसी सेनामा भर्ना भएका थिए । त्यो अवस्थामा यो गम्भीर प्रश्न नउठाइकन रहन सकिन्न, नेपालसित मैत्रीपूर्ण सम्बन्ध भएको रुसले किन त्यसरी अबैध प्रकारले नेपालीहरूलाई आफ्‌नो सेनामा भर्ना गर्‍यो ? त्यसबारे गम्भीर रुपले कुरा उठाउनको लागि हामीले नेपाल सरकारसित माग गर्दछौँ । प्रश्न कुनै विदेशी सेनामा नेपालीहरू वैध वा अवैध प्रकारले भर्ना भएको कुरा मात्र होइन, संसारको कुनै पनि विदेशी सेनामा नेपालीहरूलाई भर्ना गर्ने कुरालाई हाम्रो पार्टीले पहिलेदेखि नै विरोध गर्दै आएको छ र अहिले रुसी सेनामा नेपालीहरू भर्ना भएर मृत्यु भएको घटनाप्रति पनि हामीले गम्भीर दुःख र क्षोभ प्रकट गर्दछौँ । त्यसरी नेपालीहरूलाई अवैध रुपले रुसी सेनामा भर्ना हुनेबारे सरकारले किन कुनै प्रभावशाली कदम उठाउन सकेन ? त्यसप्रति पनि हामीले गम्भीर आपत्ति प्रकट गर्दछौँ । त्यसरी मृत्यु हुने नेपालीहरूको लागि जुन क्षतिपूर्ति दिने व्यवस्था गरिएको छ, त्यो पनि कहाँसम्म पर्याप्त र न्यायसङ्गत छ ? त्यसबारे पनि गम्भीरतापूर्वक विचार गर्नका लागि हामीले सरकारको ध्यान आकर्षित गर्न चाहान्छौँ ।”

    शुक्रबार, साउन १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.