रिमौर, (हिमाचल) । यतिवेला हिमाचल प्रदेशको सिरमौर जिल्लाको शिलाई गाउँमा हालै सम्पन्न भएको एक अनौठो विवाहको बारेमा धेरै चर्चा र बहस भइरहेको छ ।
कुन्हाट गाउँकी सुनिता चौहानले दुई साख्खै भाइहरू प्रदीप नेगी र कपिल नेगीसँग एकैपटक विवाह गरेकी छिन् । यो विवाह अनुसूचित जनजातिको दर्जा पाएको हाटी समुदायको पुरानो बहुपति प्रथाअनुसार गरिएको बताइएको छ । जुन स्थानीय भाषामा ‘जोडीदार’ वा ‘जाजडा’ भनिन्छ ।
सिरमौरको ट्रांस गिरी क्षेत्रमा भएको यस विवाहमा सयौँ गाउँवासी र नातेदारहरूले भाग लिए। पारम्परिक परिकार, लोकगीत र नृत्यले यस कार्यक्रममा थप मनोरंजन प्रदान गरेको थियो ।
बेहुलीको परिवार सिरमौर जिल्लाको कुंहट गाउँको हो, जुन बेहुलाहरूको गाउँ शिलाईबाट करिव १५ किलोमिटर टाढा स्थित छ । यो क्षेत्र प्रदेशको राजधानी शिमला भन्दा करिव १३२ किलोमिटर टाढा छ । दुबै परिवार हाटी समुदायका हुन् ।
यो समुदाय मूलतः सिरमौर जिल्लाको ट्रांस गिरी क्षेत्रमा बाहेक उत्तराखंडको जौनसार–बावर र रवाई–जौनपुर क्षेत्रमा पनि बस्छ । यस समुदायमा बहुपति प्रथा लामो समयदेखि प्रचलित छ ।
यस प्रथाबारे जानकार व्यक्तिहरूका अनुसार ‘यसले परिवारको भित्र आपसी एकता कायम राख्न र पैतृक सम्पत्ति वितरणलाई रोक्ने उद्देश्य राखेको हुन्छ ।’ यस प्रथामा एक महिलाले दुई या त्यो भन्दा धेरै भाइहरूसँग विवाह गर्छन् । घरेलु जिम्मेवारीहरू आपसी सहमतिको आधारमा निभाइन्छ ।
यो परम्परा सिरमौर बाहेक शिमला, किन्नौर र लाहौल स्पीति का केही भागहरूमा पनि देख्न सकिन्छ ।