• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

महाकाली सन्धिको २५ वर्षपछि कांग्रेस नेताले भनेः हामीले गल्ती गरेछौं


  •   बुधबार, जेठ २८, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीले महाकाली सन्धी गरेर आफूहरुले गल्ती गरेको स्वीकार गर्नुभएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गिरीले महाकाली सन्धि हुँदा हालका प्रधानमन्त्री केपी शर्मा ओली र आफूले त्यतिबेलाको संसदमा त्यसका पक्षमा समर्थन गर्दा गल्ति गरेको बताउनुभएको हो ।

    Advertisement

    उहाँले भन्नुभयो, ‘कुनै समय वर्तमान प्रधानमन्त्री ओली र म अर्थात् प्रदीप गिरी संसदको यस्तै मञ्चबाट एक सुर भएर महाकाली सन्धिका पक्षमा बोलेका थियौं । त्यतिबेला महाकालीको सीमांकन ठीकसँग भएको छैन है भनेर माधव नेपाल, सीपी मैनालीको नेतृत्वमा भनिएको थियो ।’

    गिरीले त्यतिबेला गरेको गल्ती स्वीकार गर्न प्रधानमन्त्री ओलीलाई सुझाव पनि दिनुभएको छ ।

    ‘त्यस सवालमा तत्कालिन नेकपा एमाले टुट्यो । त्यतिबेला (हालका) प्रधानमन्त्री ओलीले र मैले पनि सायद गल्ति गरेका थियौं । त्यो कुरा प्रधानमन्त्रीले स्वीकार गर्नुपर्छ’ गिरीले भन्नुभयो ।

    निशान छाप सम्बन्धी संविधान संशोधनको विषयमा कांग्रेसले सरकारलाई पूर्ण साथ दिएको उल्लेख गर्दै गिरीले भारतसँग कूटनीतिक संवाद अघि बढाउन पनि सुझाव दिनुभयो । उहाँले ‘स्यालको शिकार गर्न जाँदा बाघको तयारी गर्न’ पनि आग्रह गर्नुभयो । तर, गिरीको जोड पुरानो गल्ती सच्याउनमै केन्द्रित थियो ।

    ‘मेरो शुभकामना छ, वर्तमान प्रधानमन्त्रीलाई । आफ्ना पालामा हामीले गरेका गल्तिलाई सच्याउनुस्। तपाईंकै कार्यकालमा सच्याउनुस्’ गिरीले भन्नुभयो, ‘म स्याल र बाघको उदाहरण दिँदा लज्जित छु । प्रतिकात्मक अर्थ हो । आवश्यक कुटनीति गरेर, यसलाई पपुलिष्ट विषय नबनाएर साँच्चै नै त्यहाँको भूभागलाई भोग गर्न लगाएर आफ्नो नाम इतिहासमा अमर गर्नुहोस् ।’

    महाकालीको मुहानको टुंगो नलगाइकन नेपाल ठगिने गरी विसं. २०५२ साल माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरसिंह रावबीच महाकाली सन्धिमा हस्ताक्षर भएको थियो । हालका प्रधानमन्त्री ओली महाकाली सन्धिका बलिया समर्थक थिए ।

    दुई देशका प्रधानमन्त्रीले हस्ताक्षर गरेको महाकाली सन्धि ०५३ साल असोज ४ गते संसदले दुई तिहाइ बहुमतका आधारमा पारित गर्‍यो । एमालेभित्रैको एउटा ठूलो समूहले महाकाली सन्धिको विरोध गर्‍यो । यही मुद्दाका आधारमा एमालेभित्र चुलिएको अन्तरविरोध छैटौं महाधिवेशनलगत्तै ०५४ फागुन २१ गते पार्टी विभाजन भएको थियो ।

    नेकपा (मसाल) लगायत कैयौं राजनीतिक दलहरुले महाकाली सन्धी असमान भएकोले खारेज गर्नुपर्ने माग गर्दै आएका छन् । तर, कांग्रेस नेताले महाकाली सन्धीमा हस्ताक्षर गरेर गल्ती स्वीकार गरेको भने यो पहिलो पटक हो ।

    बुधबार, जेठ २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.