नयाँ दिल्ली । भारतको गुजरातस्थित अहमदावादमा विमान दुर्घटनामा ज्यान गुमानेहरूको शव साटिएको भन्दै विरोध भएको छ । यो समाचार गत जुन १२ मा अहमदाबाद भएको विमान दुर्घटनासंग सम्बन्धित छ ।
Advertisement
बेलायती नागरिकको शव पठाउने बेला यस्तो भएको भन्दै ती परिवारको प्रतिनिधित्व गर्ने कानुन व्यवसायी जेम्स हेली–प्राटले अन्तर्राष्ट्रिय मिडियामा यसको खुलासा गरेका छन् । शव जलेका कारण डिएनए परिक्षणबाट पहिचान गरिएको थियो ।
अहमदाबादबाट युकेका लागि उडान भरेको केही समयमै बोइङ ७८७ ड्रीमलाइनरमा विमान दुर्घटना हुँदा १६९ भारतीय र ५२ ब्रिटिश नागरिकले ज्यान गुमाएका थिए ।