• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आज सुनको मूल्य बढ्योः चाँदीको घट्यो

मतपत्र अलग राख्ने ट्रम्प प्रशासनको प्रयास अस्वीकार

अमेरिकी मध्यावधि निर्वाचनमा कङ्ग्रेसको बहुमतका लागि कडा प्रतिस्पर्धा

केशम टापुमा अमेरिकी आक्रमण

प्रथम राष्ट्रिय जनजाति सभा सम्पन्न

सामुदायिक वन उपभोक्ता समूहको बत्तिसौँ साधारणसभा

किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’

रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ३. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ४. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ५. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ६. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. कवि

  • ९. हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

  • १०. लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

रुस–युक्रेन तेस्रो चरणको वार्ता टर्कीमा हुने अपेक्षा


  •   बुधबार, साउन ०७, २०८२ मा प्रकाशित
  • युक्रेनी र रुसी अधिकारीहरू बुधबार इस्तानबुलमा शान्ति वार्ताको तेस्रो चरणका लागि भेट्न सक्छन् । यो सात हप्ताभन्दा बढी समयपछिको तिनीहरूको पहिलो भेटघाट हुनेछ र यो युद्धविराम गर्न अमेरिकी दबाबको बीचमा आएको छ । सफलताको अपेक्षा कम छ ।

    Advertisement

    यसअघि दुबै पक्षले मे र जुनमा भेट गरेका थिए तर साढे तीन वर्षको युद्धको अन्त्यमा सहमति हुन सकेन ।

    क्रेमलिनले बुधबार उपस्थित हुने कुरा स्पष्ट रूपमा पुष्टि गरेको छैन, तर यदि त्यसो भयो भने कुनै ॅचमत्कारी सफलता’ को अपेक्षा नगर्न चेतावनी दिएको छ ।

    द्वन्द्व अन्त्य गर्नका लागि दुवै पक्षको स्थिति एकदमै फरक छ । रुसले युक्रेनलाई सन् २०२२ सेप्टेम्बरमा कब्जा गरेको दाबी गर्ने चार युक्रेनी क्षेत्रबाट प्रभावकारी रूपमा पछि हट्न आह्वान गरेको छ । उक्त मागलाई किएभले अस्वीकार्य भनेको छ ।

    युक्रेनले युद्धविराम नभएसम्म ती क्षेत्रका बारेमा कुनै पनि वार्तालाई अस्वीकार गरेको छ र सन् २०१४ मा मस्कोले कब्जा गरेको क्रिमियासहित कब्जा गरिएको क्षेत्रमा रुसको दाबीलाई कहिल्यै मान्यता नदिने बताएको छ । सन् २०२२ फेब्रुअरीमा सुरु गरिएको रुसको पूर्ण स्तरको आक्रमणले पूर्वी र दक्षिणी युक्रेनका केही भागलाई विनाश पारेको छ र दशौँ हजार सैन्य र नागरिकको मृत्यु भएको छ ।

    युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले दुई पक्षले कैदीहरूको रिहाइबारे छलफल गर्ने र आफू र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बैठकको तयारी गर्ने आशा व्यक्त गर्नुभएको छ । सन् २०१९ मा अन्तिम पटक भेटेका पुटिन र जेलेन्स्कीसँग सम्भावित वार्ताका बारेमा छलफल हुनअघि ‘धेरै काम’ गर्नुपर्ने मस्कोले बताएको छ ।

    – ५० दिन –

    युक्रेनका पूर्वरक्षामन्त्री एवं वर्तमान सुरक्षा परिषद्का सचिव रुस्तम उमरोभले आफ्‌नो प्रतिनिधिमण्डलको नेतृत्व गर्ने युक्रेनले जनाएको छ । क्रेमलिनले आफ्‌नो वार्ता टोलीको नेतृत्व गर्न राजनीतिक वैज्ञानिक भ्लादिमिर मेडिन्स्की पठाउने बताएको छ । अघिल्लो दुई चरणको वार्ताको नेतृत्व गर्नुभएका मेडिन्स्कीलाई शक्तिशाली निर्णयकर्ताका रूपमा हेरिएको छैन र युक्रेनले उहाँलाई कठपुतलीका रूपमा वर्णन गरेको छ ।

    मे १६ र जुन २ मा भएको अन्तिम वार्तामा दुवै पक्ष ठूलो मात्रामा कैदी आदानप्रदान गर्न सहमत भएका थिए । तिनीहरूले द्वन्द्व अन्त्य गर्नका लागि आफ्‌ना मस्यौदा सर्तहरू पनि आदानप्रदान गरेका थिए । उक्त मस्यौदालाई क्रेमलिनले ‘पूर्णतया विपरीत भनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता रुसलाई युक्रेनसँग शान्ति सम्झौता गर्न वा कडा प्रतिबन्धको सामना गर्न ‘५० दिन’ दिनुभएपछि सम्भावित वार्ता आएको हो ।

    रुसले हालैका हप्ताहरूमा युक्रेनी सहरहरूमा आफ्‌नो बमबारी बढाएको छ र युद्धको मोर्चाका विभिन्न क्षेत्रहरूमा प्रगतिको दाबी गरेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले गत महिना दुवै पक्षलाई वार्तामा ‘ढोका बन्द नगर्न’ आह्वान गर्नुभएको थियो ।  रासस

    बुधबार, साउन ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मतपत्र अलग राख्ने ट्रम्प प्रशासनको प्रयास अस्वीकार
    अमेरिकी मध्यावधि निर्वाचनमा कङ्ग्रेसको बहुमतका लागि कडा प्रतिस्पर्धा
    केशम टापुमा अमेरिकी आक्रमण
    रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त
    भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी
    फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ४.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ५.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ६.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    भर्खरै

    • १.
      आज सुनको मूल्य बढ्योः चाँदीको घट्यो

    • २.
      मतपत्र अलग राख्ने ट्रम्प प्रशासनको प्रयास अस्वीकार

    • ३.
      अमेरिकी मध्यावधि निर्वाचनमा कङ्ग्रेसको बहुमतका लागि कडा प्रतिस्पर्धा

    • ४.
      केशम टापुमा अमेरिकी आक्रमण

    • ५.
      प्रथम राष्ट्रिय जनजाति सभा सम्पन्न

    • ६.
      सामुदायिक वन उपभोक्ता समूहको बत्तिसौँ साधारणसभा

    • ७.
      किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’

    • ८.
      रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.