काठमाडौँ । ढाकामा वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ।
Advertisement
बीबीसी बंगलाका अनुसार बंगलादेशका प्रमुख स्वास्थ्य सल्लाहकारका विशेष सहायक सैदुर रहमानले मृतक २७ जनामा २५ बालबालिका, एक पाइलट र एक शिक्षक रहेको बताए ।
बंगलादेश वायुसेनाको एफ–७ बीजीआइ प्रशिक्षण विमान सोमबार दिउँसो राजधानी ढाकाको दियाबारी क्षेत्रमा रहेको माइलस्टोन स्कूल एण्ड कलेज क्याम्पसमा दुर्घटनाग्रस्त भएको छ।
घटनाको केही घण्टा पछि अन्तर–सेवा जनसम्पर्क (आइएसपीआर) ले आधिकारिक विज्ञप्ति जारी गर्याे ।
विज्ञप्ति अनुसार, ‘विमान उडेको केही समयपछि नै प्राविधिक गडबडी भयो। अनुसन्धान पूरा भएपछि विस्तृत जानकारी साझा गरिनेछ।’
यो विमान दुर्घटनापछि बंगलादेशको अन्तरिम सरकारले एक दिनको शोकको घोषणा गरेको छ।
यसबाहेक ७८ जना विभिन्न अस्पतालमा उपचाररत छन्।