ढाका । बंगलादेश वायुसेनाको एक प्रशिक्षण विमान ढाकाको उत्तरमा दुर्घटनाग्रस्त भएको छ । सेनाले घाइतेहरूको उद्धार गरी अस्पताल लगिरहेका छन् । एपीले विमान स्कूलमा ठोक्किएको र कम्तिमा एक जनाको मृत्यु भएको जनाएको छ । हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलका एक वरिष्ठ अधिकारीले दुर्घटनाको पुष्टि गरेका छन्।
Advertisement
यद्यपि, दुर्घटना किन भयो र कति जना घाइते वा मारिए भन्ने कुरा अझै थाहा लागेको छैन । कानून व्यवस्था कायम राख्न र उद्धार कार्यका लागि सीमा रक्षक बंगलादेश (बीजीबी) का दुई टोली खटाइएको छ ।