• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

एनआरएनए क्यानडाको निर्वाचन विवादमा


  •   शुक्रबार, साउन ०२, २०८२ मा प्रकाशित
  • काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) क्यानडाको आगामी निर्वाचन प्रक्रिया गम्भीर विवादमा परेको छ ।

    Advertisement

    सदस्यको व्यक्तिगत फोन नम्बरसहितको गोप्य विवरण अनधिकृत रूपमा उम्मेदवारलाई उपलब्ध गराइएको आरोप लागेपछि संस्थाको विश्वसनीयता र निर्वाचनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको हो ।

    अध्यक्ष, सचिव, कोषाध्यक्षलगायत विभिन्न पदका उम्मेदवारले मतदाताको व्यक्तिगत फोन नम्बरमा पठाएका प्रचारप्रसारका म्यासेजका स्क्रिनसट सार्वजनिक भएपछि यो विवाद चर्किएको देखिन्छ ।

    सदस्यले आफूहरूले कहिल्यै सम्पर्क नम्बर नदिएका उम्मेदवारबाट समेत भोट माग्दै म्यासेज र फोन कल आएको भन्दै यो डाटा संस्थाबाटै चुहिएको दाबी गरेका छन् ।

    सदस्यको अनुमतिबिना उनीहरूको व्यक्तिगत विवरण प्रचारका लागि प्रयोग गर्नु क्यानडाको एन्टीस्पाम कानुन र व्यक्तिगत सूचना संरक्षण तथा इलेक्ट्रोनिक कागजात ऐनको ठाडो उल्लङ्घन मानिन्छ । यस घटनाले एनआरएनए क्यानडाले आफ्ना सदस्यको डाटा सुरक्षा गर्न नसकेको मात्र नभई, संस्थाभित्रैबाट यसको दुरुपयोग भएकोतर्फ सङ्केत गरेको छ।

    विवरणबिना सहमति बाँडिएको आरोप

    “हामीले सदस्यता दिँदा आफ्नो नाम र नम्बर विश्वस्त रूपमा बुझाएका थियौँ, जुन विवरण आज चुनाव प्रचारको हतियार बनेको छ” एनआरएनएका एक पुराना सदस्यले नाम नखुलाउने सर्तमा भने– “तर अहिले ती विवरण अनधिकृत रूपमा उम्मेदवारको प्रचारमा प्रयोग हुँदैछ । यसमा हाम्रो कुनै सहमति थिएन ।”

    क्यानडाको प्रचलित पिपेडा तथा कासल कानुनअनुसार कुनै पनि व्यक्तिको व्यक्तिगत जानकारीबिना सहमति तेस्रो पक्षसँग साझा गर्नु गैरकानुनी हो ।

    नेतृत्व मौन, समुदायको आक्रोश र माग

    यति गम्भीर आरोप लाग्दा पनि एनआरएनए क्यानडाको वर्तमान कार्यसमितिले हालसम्म कुनै औपचारिक प्रतिक्रिया वा स्पष्टीकरण दिएको छैन । नेतृत्वको यो मौनताले सदस्यमा थप आशङ्का र आक्रोश बढाएको बताइएको छ ।

    समुदायले सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट संस्थासँग तत्काल जवाफदेहिताको माग गरेको छ तर मतदाता विवरण किन र कसले साझा गऱ्यो ? यसमा नेतृत्व तहको संलग्नता छ कि छैन ? डाटा सुरक्षा सुनिश्चित गर्न के कस्ता तत्काल कदम चालिन्छ ? जस्ता विषयमा हालसम्म एनआरएनए क्यानडाको तर्फबाट कुनै औपचारिक विज्ञप्ति वा प्रतिक्रिया आइसकेको छैन । यसले गर्दा समुदायमा आशङ्का थपिएको छ।

    कानुनी चुनौतीसमेत आउन सक्ने

    प्रविधि तथा साइबर कानुन विज्ञ भन्छन्– “यदि कुनै संस्था वा व्यक्तिले सदस्यको विवरण बिनासहमति तेस्रो पक्षलाई उपलब्ध गरायो भने त्यो गोपनीयताको उल्लङ्घन हो र क्यानडाको सङ्घीय कानुनअनुसार कानुनी कारबाही गर्न सकिने विषय हो ।”

    यस्तो अवस्थामा एनआरएनएलाई प्रशासनिक मात्र नभई कानुनी चुनौतीसमेत सामना गर्नुपर्ने सम्भावना देखिएको छ ।

    जवाफदेहिता खोज्दै समुदाय

    एनआरएनएका मतदाताले सामाजिक सञ्जाल र सार्वजनिक पोस्टमार्फत सङ्गठनसँग पारदर्शिता र जवाफदेहिता माग गरिरहेका छन् ।

    उनीहरू भन्छन्– “यदि एनआरएनएले आफ्नो विश्वसनीयता जोगाउन चाहन्छ भने डाटा चुहावट कसरी भयो भन्नेबारे छिट्टै र स्पष्ट रूपमा जानकारी दिनुपर्छ ।”

    शुक्रबार, साउन ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.