• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

विचारलाई कसरी भ्रष्टीकरण गरिन्छ ?


  •   शुक्रबार, साउन ०२, २०८२ मा प्रकाशित
  • तेजेन्द्र क्षेत्री ##

    Advertisement

    आमसञ्चार, राजनीति, सामाजिक कार्यमा समेत आममान्छेको दिमागलाई भ्रष्टीकरण गरेर, समाजको प्रधान विषयलाई तोडमोड गरेर भ्रम फिजाएर गलत कार्यलाई ढाकछोप गर्ने कुरा व्यापक भएको छ । जनताको ध्यानलाई अन्तै मोडेर केही समय राज्यसत्ता वा शत्तिीको दुरुपयोग गर्न सकिन्छ । गलत उद्देश्य प्राप्त गर्न सकिन्छ । त्यसवाट आर्थिक लाभ र केही सामाजिक समर्थन पनि हासिल गर्न सकिन्छ तर जब त्यो भ्रमको पर्दा खुल्छ, त्यसपछिका संसारका उदाहरण हेर्ने हो भने अबको नेपालको राजनीति पनि एउटा तहमा विस्फोटको दिशामा छ ।

    यहाँ विचारलाई कसरी निषेध गरिन्छ भन्ने विषयमा एउटा धारणा प्रस्तुत गर्न प्रयत्न गरिएको छ । प्रस्तुत गरिएको विषय मात्र पूर्ण नहुन सक्छ तर विचारलाई कसरी अराजक बनाउन प्रयत्न गरिन्छ र त्यो कसरी भ्रष्टीकरणको दिशामा पुग्छ भन्ने बुझ्न मोड अफ थिङ्किङ (सोच्ने तरिका) लाई बुझ्न जरुरी हुन सक्छ ।

    सोच्ने तरिका

    सोच्ने तरिका भन्नाले व्यक्तिको सोच्ने तरिका वा विचारप्रक्रियालाई जनाउँछ । यसले कसरी मानिसले जानकारीको विश्लेषण गर्छन्, समस्या समाधान गर्छन् र निर्णय लिन्छन् भन्ने कुराको प्रतिनिधित्व गर्छ । यसलाई विभिन्न प्रकारमा वर्गीकरण गर्न सकिन्छ

    तार्किक सोच
    यसले तथ्य वा डाटा विश्लेषणमा आधारित निष्कर्ष निकाल्ने प्रक्रियालाई जनाउँछ† जस्तै : गणितीय समस्याह समाधान गर्दा प्रयोग गरिने सोच ।

    सिर्जनात्मक सोच
    सिर्जनात्मक सोच भन्नाले नयाँ विचार वा नवीन समाधान उत्पन्न गर्ने क्षमतालाई बुझिन्छ ।

    आलोचनात्मक सोच
    आलोचनात्मक सोच भन्नाले जानकारीलाई गहन रूपमा विश्लेषण गरी तर्कसंगत निर्णय लिने प्रक्रियालाई बुझिन्छ† जस्तै : समाचार वा अनुसन्धानपत्रको मूल्याङ्कन गर्नु ।

    भावनात्मक सोच
    भावनात्मक सोच भन्नाले यी भावनाले प्रभावित गरेको सोच्ने तरिका हो । यसअन्तर्गत व्यक्तिगत सम्बन्धमा लिइने निर्णय आउँछन् ।

    रणनीतिक सोच
    रणनीतिक सोच भन्दाले दीर्घकालीन लक्ष्य प्राप्त गर्न योजना बनाउने प्रक्रिया हो ।

    शासकहरूले मान्छेका सोचाइको तहलाई राम्रोसँग केलाएर, तिनीहरूको सामाजिक, मानसिक अवस्थालाई अध्ययन गरेर धेरै तरिकाले आफ्नो सत्तास्वार्थ पूरा गर्न प्रयत्न गरिरहेका हुन्छन् । मान्छेको सोच्ने तरिका खलबल पुऱ्याउन प्रयोग गरिने चार चरणबद्ध तरिकालाई प्रस्तुत गर्न लागिएको छ । जसलाई चार डीले सङ्केत गरिएको छ ।

    सोच्ने तरिका (मोड अफ थिङकिङ) मा निराश पार्ने (डिमोरलाइज), ध्यान विचलन गर्ने (डिस्ट्रयाक्ट), विभाजन गर्ने (डिभाइड) र खारेज गर्ने (डिस्मिस) तरिका प्रायः नकारात्मक मनोवैज्ञानिक प्रभाव, सामाजिक नियन्त्रणका लागि प्रचार र हेरफेरको रूपमा प्रस्तुत गरिन्छ । यी तत्त्वले व्यक्ति वा समूहको सोच्ने प्रक्रियालाई कमजोर, अराजक, वा निष्क्रिय बनाउन मदत गर्छन् । व्यक्तिका विचारको तह, सक्रियता, समर्थन आदि आधारमा चरणबद्ध आक्रमण गरिन्छ ।

    निराश पार्ने
    यसअन्तर्गत व्यक्ति वा समूहको आत्मविश्वास, आशा र प्रेरणालाई नष्ट गर्ने तरिका प्रस्तुत गरिन्छ; जस्तै : “तिमीले यो गर्न सक्दैनौँ” भन्ने बारम्बार भनाइले व्यक्तिलाई असह्य महसुस गराउँछ । मिडिया वा सामाजिक प्रचारद्वारा आम मानिसमा निराशावाद फैलाउने कुरा योजनाबद्ध हो ।

    ध्यान विचलन गर्ने
    वास्तविक र मुख्य मुद्दाबाट ध्यान हटाएर अप्रासङ्गिक विषयमा केन्द्रित गराउने† जस्तै : राजनीतिज्ञले जनताको ध्यान आर्थिक समस्याबाट अन्य विषयमा तान्ने । सोसल मिडियामा “भाइरल” तर निरर्थक कन्टेन्टले मानिसलाई वास्तविक समस्याबाट टाढा राख्छ । मुख्य विषयलाई निष्क्रिय पार्ने (डिएक्टिभेट) काम हुन्छ ।

    विभाजन गर्ने
    विचारको एकतामा खलबल पुऱ्याउने, समूहलाई आपसमा फुटाएर कमजोर बनाउने रणनीति हो विभाजन गर्नु । जाति, धर्म, सम्प्रदाय, भाषा, क्षेत्र वा राजनीतिक विचार जेसुकै पनि विषयलाई आधार वनाएर मानिसमा द्वन्द्व सिर्जना गर्ने । “हामी विरुद्ध तिनीहरू” भन्ने मानसिकता फैलाउने काम हुन्छ ।

    खारेज गर्ने
    कुनै विचार, आन्दोलन वा व्यक्तिलाई महत्त्वहीन ठहराएर अनदेखा गर्ने । “यो त केवल षड्यन्त्र सिद्धान्त हो” भनी वैध चिन्तालाई खारेज गर्ने । महिला वा अल्पसङ्ख्यक, दलितको विचारलाई “अतिभावुक” भनेर बेवास्ता गर्ने ।

    यी तरिकाले समाज वा व्यक्तिको तार्किक सोचलाई कमजोर बनाउँछन् । जागरुक रहने कसले, किन यस्ता तरिका प्रयोग गरिरहेछ ? सूचना जाँच गर्ने र भ्रम फैलाउने प्रयास पहिचान गर्ने, एकताबद्ध रहने, विभाजनको रणनीतिलाई अस्वीकार गर्ने, यसका लागि निरन्तर अध्यन र छलफलमा भाग लिने जसले सोचलाई निरन्तर अपडेट गरिरहन्छ ।

    उदाहरणका लागि हामी केही कुरा लिन सक्छौँ; जस्तै : हजारौको सङ्ख्यामा युवाहरू पलायनको वाटोमा छन् । राज्यले अल्पकालीन र दीर्घकालीन रोजगारीप्रति बेवास्ता गरिरहेको छ । हजारौँ सहकारीपीडितको घरबार बिजोग भएको छ । दलहरू त्यसैलाई सत्ता बाँडफाँडको मोलमलाइको विषय बनाएर पस्किरहेका छन् । पर्यावरणको विषयमा दुनियाभरका मान्छेसँगै काम गर्नपर्नेछ । संसारका शक्तिशाली राष्ट्रको ध्यान युद्ध र प्राकृतिक स्रोतको कब्जा गर्नेतिर छ । आम जनताको सोच्ने तरिका राजनेता, सञ्चार, सामाजिक अभियन्ता सबै मिलेर भ्रष्ट बनाइरहेका छन् । यो अवस्था नेपालमा मात्रै नभएर संसारभरि व्यापक छ, जसले गर्दा परिवर्तनको लागि, अन्याय–अत्याचारको विरोधमा, न्याय समानताको वास्तविक आन्दोलनमा मान्छेको सहभागिता एकदम न्यून छ । कोलाहल, भ्रम, अराजकता र उद्धण्डप्रति उच्च सहभागिता र उपस्थिति छ ।

    आम मान्छेको सोच्ने तरिकामा सुनियोजित प्रकारले पुऱ्याइएको यो क्षति एक दिन यसरी विस्फोट हुनेछ । त्यस दिशामा काम गर्न तयार हुनु अहिलेको प्राथमिकता हो । हेर्दा राजनेता, सञ्चारकर्मी, प्रोफेसर, धार्मिक गुरु, समाजसेवीजस्ता देखिने छद्मभेषी जनताका ज्यानी दुस्मनसँग निर्भीकतापूर्वक सङ्घर्ष गर्नु नितान्तै कठिन तर अनिवार्य आवश्यकता हो ।

    शुक्रबार, साउन ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.