काठमाडौं । अमेरिकाबाट थप १९ जना नेपाली डिपोर्ट भएर नेपाल आएका छन् ।
विभागका अनुसार, ट्रम्प निर्वाचित भएयता मात्र अमेरिकाबाट डिपोर्ट हुनेको संख्या १९७ पुगिसकेको छ ।
अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार, २५ जेठमा ३७ नेपाली डिपोर्ट भएर आएयता नियमित जसो एकरदुई जना नेपाली डिपोर्ट भएर आइरहेका छन् ।
‘त्यसबेला चाहिँ अमेरिकाले चार्टर्ड विमानमै उनीहरुलाई पठाएको थियो ।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै त्यहाँको प्रशासनले कडा अध्यागमन नीति अख्तियार गरेको थियो । त्यसपछि सामान्य कसुरमा पक्राउ परेका केही व्यक्ति पनि डिपोर्ट भएका छन् ।
नेपाल आएका अधिकांश चाहिँ तल्लो बाटो हुँदै अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्नेहरु छन् ।
ब्यूरोमा लामो समयदेखि काम गरिरहेका एक अनुसन्धान अधिकारीका अनुसार, उनीहरूलाई तल्लो बाटोबाट अमेरिका पठाउने व्यक्ति गाउँघरका चिनजानकै व्यक्ति हुने र फेरि विदेश पठाइदिने आश्वसन दिने हुँदा उजुरी गर्न मान्दैनन् ।
प्रहरीका अनुसार, डिपोर्ट भएकामध्ये अवैध बाटोबाट अमेरिका पुगेकाहररूले बिचौलियालाई ५० देखि ९० लाख रुपैयाँसम्म बुझाएका थिए ।
मध्यपूर्वी मुलुक, युरोप, दक्षिण अमेरिका हुँदै उनीहररूलाई उत्तरी अमेरिका गएका थिए ।