• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बागलुङमा हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवनरक्षा


  •   मङ्गलबार, असार ३१, २०८२ मा प्रकाशित
  • ढोरपाटन (बागलुङ) । गत शनिबार बागलुङको बुर्तिबाङबाट एकैदिन दुई गर्भवतीलाई हवाई उद्धार गरी काठमाडौँ पुर्‍याइयो । सुत्केरी हुनका लागि प्रादेशिक अस्पतालमा बुर्तिबाङ आउनुभएकी ढोरपाटन नगरपालिका–८ की २३ वर्षीया देवी सुनारको अवस्था नाजुक थियो ।

    Advertisement

    ढोरपाटन उपत्यकामा बस्दै आउनुभएकी देवीलाई सुत्केरी व्यथा लागेपछि असार २७ गते बर्थिङ सेन्टरमा पुर्याइयो ।

    बर्थिङ सेन्टरमा पुग्दा अवस्था जटिल बनेपछि स्वास्थ्यकर्मीले प्रादेशिक अस्पताल बुर्तिबाङमा प्रेषण सेवा (रेफर) गरेका थिए । अघिल्लो दिन ढोरपाटनबाट रेफर हुनुभएकी देवी २८ गते बिहानमात्रै बुर्तिबाङ अस्पतालमा आउनुभयो । अस्पतालका चिकित्सक अविनाश पोखरेलले हतारहतार उहाँको स्वास्थ्य परीक्षण गर्नुभयो । स्वास्थ्य परीक्षण गर्दा थाहा भयो की देवीको पेटमा बच्चा खेल्ने पानी सुकेको थियो । यस्तो अवस्थामा आमा र बच्चाको जोखिम हुनेहुँदा तत्काल विकलाई सुविधा सम्पन्न अस्पताल पठाउने निर्णय गरिएको डा पोखरेलले बताउनुभयो ।

    स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशसहित अन्य निकायमा हेलिमार्फत उद्धारको प्रयास गरिरँदा ढोरपाटन नगरपालिका–५ की ३८ वर्षीया हुमी विक अस्पताल पुग्नुभयो । पेट दुखेर उपचारका लागि अस्पताल आएको बताउँदै उहाँले स्वास्थ्य परीक्षणपछि आफू गर्भवती छु भन्ने थाहा भएको उल्लेख गर्नुभयो ।

    डा पोखरेलसहितको विकको स्वास्थ्य परीक्षण गरेसँगै शङ्कास्पद रिपोर्ट आएपछि उहाँको पिसाब परीक्षण गरियो । “उहाँको डेढ महिनाको बच्चा पाठेघरमा नभएर डिम्बबाहिनी नलीमा थियो । बच्चा पाठेघरभन्दा बाहिर बस्दा डिम्बबाहिनी नली फुटेको थियो । यस्तो अवस्थामा हुमीकोसमेत शल्यक्रिया गर्नुपर्ने हुँदा चिकित्सकले दुवै जनालाई हेलिमार्फत काठमाडौँस्थित पाटन अस्पतालमा पठाएको हो”, उहाँले भन्नुभयो ।

    बुर्तिबाङ अस्पतालमा यस्तै प्रकृतिका समस्या भएका महिला समयसमयमा आइराख्ने अस्पतालकी नर्सिङ निरीक्षक पार्वती अर्यालले बताउनुभयो । देवी र हुमी दुवै जनाको बुर्तिबाङ अस्पतालमा शल्यक्रिया जटिल हुनेहुँदा हेलिमार्फत काठमाडौँ पठाइएको उहाँले जानकारी दिनुभयो ।

    “अस्पतालमा खासगरी दूरदराजका बिरामी उपचार गर्न आउने गर्छन् । गाउँमा सामान्य क्लिनिकमा उपचार गर्दा निको नभएपछि बल्ल बजार झर्ने गर्छन् । अधिकांश गर्भवती गाउँमा बर्थिङ सेन्टरमा सुत्केरी हुन नसकेर अटिल अवस्थामा पुगेपछि मात्रै आउने गरेका छन्”, उहाँले भन्नुभयो ।

    उहाँले भन्नुभयो, “यस वर्ष पनि धेरै गर्भवतीलाई हेलिकप्टरमार्फत पोखरा र काठमाडौँ पठाएका छौँ, कतिपयको यहाँ पनि शल्यक्रिया गरेर बच्चा निकाल्ने गरेका छौँ, यहाँ बढी उपकरण नहुँदा अली जटिल भएकालाई सुविधायुक्त अस्पतालमा पठाउने गरेका हौँ, यस क्षेत्रमा अझै पनि महिला घरमै सुत्केरी हुन्छन्, यहाँबाट पठाइएको दुई जनाको शल्यक्रिया सफल भएको छ, अहिले उहाँहरूको स्वास्थ्य सामान्य रहेको जानकारी पाएका छौँ ।”

    बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई चालु आर्थिक वर्षदेखि प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गरी सेवा दिन थालिए पनि अहिलेसम्म त्योअनुसारको सुविधा दिन सुरु भएको छैन । सोही कारणले यहाँबाट जटिल किसिमका गर्भवतीलाई हेलिमार्फत पोखरा काठमाडौँ पुर्याउनुपर्ने बाध्यता छ । बुर्तिबाङबाट मात्रै होइन सिङ्गो गण्डकी प्रदेशका विकट जिल्लाबाट गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरिँदै आइएको उहाँको भनाइ छ ।

    “प्रदेशस्थित स्वास्थ्य मन्त्रालयका अनुसार चालु आवको एक वर्षमा ६५ जना गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । दूरदराजका गर्भवती बढी छन् । त्यसमध्ये बागलुङ जिल्लाबाट सबैभन्दा बढी गर्भवतीको उद्धार गरिएको छ । यस वर्ष बागलुङबाट मात्रै ३० जना गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको हो”, पोखरेलले भन्नुभयो ।

    सबैभन्दा कम मनाङ र पर्वतबाट उद्धार भएको स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका मेडिकल रेकर्ड निरीक्षक बुद्धिसागर अधिकारीले जानकारी दिनुभयो । उक्त दुई जिल्लामा दुई/दुई जना गर्भवतीको उद्धार भएको उहाँको भनाइ छ । अधिकारीका अनुसार म्याग्दीबाट १७, मुस्ताङबाट छ, गोरखाबाट चार र लमजुङबाट चार जनाको उद्धार गरिएको छ । कास्की, नवलपुर, स्याङ्जा र तनहुँ जिल्लाबाट एक जनाको पनिउद्धार गर्न नपरेको अधिकारीले बताउनुभयो ।

    “यस वर्ष गण्डकी उद्धार गरेका अधिकांश गर्भवती दुर्गम ठाउँका छन्, अशिक्षा, गरिबी र चेतनाको अभावले गर्दा दुर्गम गाउँठाउँका महिलाले नियमित गर्भ परीक्षण नगर्दा एकैपटक सुत्केरी हुनेबेला जटिल समस्या देखिन्छ, त्यसपछि उद्धार गरेर सुविधायुक्त अस्पतालमा पठाउनुपर्ने हुन्छ”, अधिकारीले भन्नुभयो, “बर्थिङ सेन्टर व्यवस्थित गर्ने र सचेतनासम्बन्धी कार्यक्रम गरेर यो अवस्थालाई कम गर्न सकिन्छ, सुगम मानिएका जिल्लामा एक जनाको पनि उद्धार गर्नुपरेको छैन ।”

    गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले नागरिकको जीवनरक्षा गर्ने जिम्मेवारी सकारको भएकले जटिल अवस्थाका गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गर्दै आइएको बताउनुभयो । गण्डकी प्रदेशमा धेरै विकट ठाउँ रहेकाले ती सबै ठाउँमा विशिष्टिकृत सुविधा दिने अस्पताल नहुँदा जटिल अवस्थाका गर्भवतीलाई हेलिमार्फत उद्धार गर्नुपरेको उहाँको भनाइ छ । गण्डकी प्रदेश र सङ्घीय सरकारले नीति तथा कार्यक्रममै हेल उद्धारलाई समावेश गरेको उहाँले बताउनुभयो ।

    मन्त्री पाठकले भन्नुभयो, “सबै बिरामीको हेलिकप्टरमा उद्धार हुँदैन, जो सुत्केरी हुन नसकेर ज्यान जोखिममा परेका हुन्छ त्यस्ता महिलालाई यो सुविधा दिनुपर्छ, नागरिकको जीवन बचाउने जिम्मा सरकारको हो, सबै ठाउँमा सुविधा सम्पन्न अस्पताल हुँदैन, एकैछिन उद्धार भएन भने अप्रिय घटना हुनसक्छ, कसैको ज्यानै नरहन सक्छ, त्यसले गर्दा सरकारले हेलिकप्टरमार्फत उद्धार गर्ने नीति ल्याएको हो ।”

    मङ्गलबार, असार ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.