• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

इजरायली आक्रमणमा इरानी राष्ट्रपति पेजेस्कियान घाइते


  •   सोमबार, असार ३०, २०८२ मा प्रकाशित
  • तेहरान । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठकलाई लक्षित गरी गत जुन १५ मा तेहरानमा भएको इजरायली हवाई आक्रमणका क्रममा इरानका राष्ट्रपति मसूद पेजेशकियान सामान्य घाइते भएको अलजजिराले जनाएको छ ।

    Advertisement

    आक्रमणका क्रममा पेजेस्कियानको खुट्टामा सामान्य चोट लागेको थियो र उहाँलाई आपतकालीन निकासबाट भाग्न बाध्य पारिएको थियो ।

    “इजरायलले यो आक्रमणका लागि मूल्य चुकाउनुपर्नेछ,” आक्रमणपछिको पहिलो प्रतिक्रियामा उहाँले भन्नुभयो ।

    आक्रमणमा सरकारका तीन शाखाका प्रमुखहरूलाई लक्षित गरी उनीहरूलाई अपदस्थ गर्ने प्रयास गरिएको थियो ।

    अल जजिराका अनुसार पश्चिमी तेहरानमा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को उच्चस्तरीय बैठकलाई लक्षित गरी इजरायली आक्रमण गरिएको थियो, जहाँ राष्ट्रपति मसूद पेजेस्कियान र सरकारका कार्यकारी, विधायिका र न्यायिक शाखाका प्रमुखहरूसहित अन्य वरिष्ठ अधिकारीहरू उपस्थित थिए ।

    इजरायली आक्रमणमा भवनको प्रवेशद्वार र निकासमा छ वटा क्षेप्यास्त्र प्रहार गरी भाग्ने मार्गलाई अवरुद्ध गर्नुका साथै हावाको बहावसमेत बन्द गरिएको थियो ।

    विष्फोटपछि बिजुली काटिएको थियो, तर राष्ट्रपतिसहितका इरानी अधिकारीहरू पूर्व निर्धारित आपतकालीन प्वाल (ढोका) बाट भाग्न सफल हुनुभएको थियो । इजरायली श्रोतले राष्ट्रपतिलाई ढोकाबाट बाहिर निकाल्ने क्रममा खुट्टामा सामान्य चोट लागेको बताएको छ ।

    अल जजीरा सञ्चार नेटवर्कका अनुसार अधिकारीहरूले ‘शत्रु’ सँग भएको गुप्तचर सूचनाको सटीकतालाई ध्यानमा राख्दै इजरायली जासुसहरूको सम्भावित उपस्थितिको बारेमा अनुसन्धान सुरु गरेका छन् ।

    यसैबीच गत साता अमेरिकी सञ्चारमाध्यमका सदस्य टकर कार्लसनलाई दिएको अन्तर्वार्तामा पेजेस्कियानले इजरायलले उहाँको हत्या गर्न खोजेको बताउनुभएको थियो । के इजरायली सेनाले आक्रमण गरेको हो भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “ हो, तिनीहरूले प्रयास गरे तर तिनीहरू असफल भए।”

    उहाँले अगाडि भन्नुभयो, “मेरो जीवनमाथिको आक्रमण प्रयासको पछाडि संयुक्त राज्य अमेरिकाको हात थिएन । त्यो इज्रायल थियो । हामीले सभा गरिरहेको ठाउँमा तिनीहरूले बमबारी गर्ने कोसिस गरे । आक्रमणका समय म बैठकमा थिएँ ।”

    इजरायलले जुन १३ मा इरानविरुद्ध एक्कासी बमबारी अभियान चलाएको र शीर्ष सैन्य कमाण्डर र आणविक वैज्ञानिकको मृत्यु भएको एक महिना पुग्नै लाग्दा राष्ट्रपति घाइते भएको खबर बाहिरिएको हो ।

    इरानको फाउन्डेसन अफ मार्टर एन्ड भेट्रान्स अफेयर्सका अनुसार द्वन्द्वका क्रममा इरानमा कम्तीमा एक हजार ६० जनाको मृत्यु भएको थियो ।

    इजरायली आक्रमणमा प्रतिशोधात्मक ड्रोन र क्षेप्यास्त्र प्रहार भएको र इजरायलमा २८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

    अमेरिकाले युद्धविरामको मध्यस्थता गर्नुअघि इरानले इजरायली सेना र गुप्तचर मुख्यालयलाई ब्यालेस्टिक क्षेप्यास्त्र र ड्रोनद्वारा निशाना बनाएको थियो ।

    सोमबार, असार ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.