परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिमा) जिल्लाको सुनवलमा राष्ट्रिय जनमोर्चाका सदस्य लोकनाथ सापकोटाको निधन भएपछि शोकसभा सम्पन्न भएको छ ।
२०८२ असार २७ गते शुक्रबारका दिन राजमो लुम्बिनी प्रदेश सदस्य तिलकप्रसाद सुवेदी साथै अखिल नेपाल किसान महासङ्घ (अप्फा) नवलपरासीका जिल्ला उपाध्यक्ष उत्तमराज खरेलको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा उहाँका दुई भाइ छोरामध्येबाट मुक्ति सापकोटाले सम्बोधन गर्नुभएको थियो ।
स्मृतिशेष सापकोटाका छोरा यमनारायण सापकोटाले बुबाको जीवनी र सर्ङ्षबारेमा चर्चा गर्नुभएको थियो ।
राजमो सुनवल नगर समिति अध्यक्ष शेरबहादुर सूर्यवंशीको अध्यक्षता र नगर समिति सल्लाहकार डिल्लीराज ज्ञवालीको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रम राजमो सुनवल नगर समिति र सापकोटा परिवारको आयोजनामा सम्पन्न भएको थियो ।


{“capture_mode”:”AutoModule”,”faces”:[]}