काठमाडौँ । आइतबार सुनको मूल्य बढेर तोलामा १ लाख ९२ हजार ९०० रुपैयाँले वृद्धि भएको छ ।
Advertisement
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ रहेको थियो ।
यस आधारमा आइतबार छापावाल सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ वृद्धि भएको हो ।
यस्तै आइतबार चाँदीको मूल्य तोलामा २ हजार २८५ रुपैयाँ पुगेको छ । शुक्रबार भने चाँदी तोलामा २ हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।