गुल्मी । राष्ट्रिय जनमोर्चा गुल्मीले सदरमुकाम तम्घासमा एमसीसी सम्झौता विरुद्ध बिरोध प्रदर्शन गरेको छ । राजमो जिल्ला अध्यक्ष जीवन रानाको अध्यक्षयतामा अगाडि बढेको विरोध कार्यक्रमको सञ्चालन शंकरप्रसाद पोख्रेलले गर्नुभएको थियो ।
विरोध शभामा राजमो जिल्ला सदस्य हरि न्यौपाने र कमल अर्यालले मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा अखिल नेपाल जनाजाती सम्मेलन जिल्ला अध्यक्ष गुमान सिङ पुन, राजमो जिल्ला कोषाध्यक्ष टेक बहादुर केसीको पनि अथिथ्यता रहेको थियो ।
सामाजिक दूरी कायम राख्दै राजमो तम्घासको कार्यालयबाट ब्यानर तथा प्लेकार्डसहित अघि बढेको जुलुशमा सहभागीहरुले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, भारतीय सेना नेपाल भूमी छोड, भारतीय साम्राज्यवाद मुर्दाबाद, कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो, राष्ट्रिय जनमोर्चा जिन्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दाबाद, जस्ता नारा लगाउँदै तम्घासको सहिद चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।