परासी । राष्ट्रिय जनमोर्चा नवलपरासीका सदस्य लोकनाथ सापकोटाको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।
२०८२ असार २२ गते आइतबार त्रिवेणीघाटमा सो श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हो ।
सापकोटाको पार्थिक शरीरमा राजमो नवलपरासीका अध्यक्ष किसनबहादुर अधिकारीले पार्टीको झन्डा ओढाउनुभएको थियो ।
दाहसंस्कार स्थलमा राजमो लुम्बिनी प्रदेश समितिका सदस्य तिलकप्रसाद सुवेदीले सापकोटाको सङ्क्षिप्त जीवनीसहितको शोकमन्तव्य राख्नुभएको थियो ।
स्मृतिशेष लोकनाथको सम्झनामा एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली दिइएको सो कार्यक्रममा मृतकका परिवार, आफन्त, स्थानीयवासी र राजमोका नेता, कार्यकर्ता र समर्थकको सहभागिता रहेको थियो ।
असार २१ गते निधन भएका ८८ वर्षीय स्मृतिशेष लोकनाथ हङकङ नेपाली एकता समाजका उपाध्यक्ष यमनारायण सापकोटाका बुबा हुनुहुन्थ्यो ।
उहाँ सुनवल नगरपालिका वडा नं. १३ मा बस्दै आउनुभएको थियो ।
