काठमाडौँ । प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहका दुईओटा पुस्तक प्रकाशन हुने भएका छन् ।
Advertisement
जनशिक्षा गृहकी दुर्गा पौडेलले दिनुभएको जानकारीअनुसार ती दुई पुस्तक ‘छोराका नाममा लेखिएका पत्रहरू’ र युगनृत्यको अङ्ग्र्रेजी अनुवाद ‘डान्स अफ ऐरा’ हुन् ।
‘छोराका नाममा लेखिएका पत्रहरू’ पुस्तकमा सिंहका छोरा विश्वमोहन दुई/तीन वर्षको हुँदा लेखकले भारतका विभिन्न स्थान तथा युरोपका विभिन्न देशमा जाँदा छोरालाई सम्बोधन गरेर लेखिएका चिठी समावेश रहेका हुनेछन् ।
त्यस्तै, ‘डान्स अफ ऐरा’ पुस्तकमा लेखकका कविताको अङ्ग्रेजी अनुवाद सामेल हुनेछन् ।
‘उपर्युक्त दुवै पुस्तक प्रकाशनका लागि विभिन्न प्रकाशन गृहसित कुराकानी भइरहेको छ’ पौडेलले भन्नुभयो– ‘प्रकाश गृहसित सहमति हुन नसकेमा जनशिक्षा गृहले पनि प्रकाशन गर्न सक्नेछ ।’

