युक्रेनी अधिकारीहरूका अनुसार रुसी आक्रमणपछि शुक्रबार बिहान कीभमा धुवाँको मुस्लो फैलिएको थियो ।
Advertisement
युक्रेनले अँध्यारो ढल्दै जाँदा हवाई प्रतिरक्षा बन्दुक र ड्रोनको गडगडाहट र ठूलो विस्फोटको आवाज गुञ्जिएको बताइएको छ । रसियाले रातारात ५५० वटा ड्रोन आक्रमण र ११ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको केही घण्टापछि युक्रेनमा आक्रमण भएको हो ।
वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिन युक्रेनविरुद्धको युद्ध अन्त्य गर्न तयार नभएकोमा आफू ‘निराश’ भएको बताएका थिए ।
बिहीबार पुटिनसँगको वार्तापछि ट्रम्पले युद्ध अन्त्यगर्ने दिशामा कुनै प्रगति नभएको बताएका थिए । युक्रेनले गरेको रुसी ड्रोन आक्रमणमा परी एक महिलाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।





