• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

चौरजहारी घटनाबारे कैलालीबाट प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र


  •   आइतबार, जेठ २५, २०७७ मा प्रकाशित
  • काठमाडौँ । कैलालीका राजनीतिक दल, सङ्घसंस्था, नागरिक समाज र समाजसेवीहरूले रुकुम पश्चिमको जातीय विभेदसम्बन्धी चौरजहारी घटनाबारे प्रधानमन्त्रीको नाममा नौ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छन् । कैलालीको इलाका प्रशासन कार्यालय मार्फत् उनीहरूले २०७७ जेष्ठ २५ गते ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

    Advertisement

    ध्यानाकर्षण पत्रमा चौरजहारी घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि हदैसम्मको कारवाही गर्नुपर्ने, उक्त हत्याकाण्डमा ज्यान गुमाएका छ जनालाई सांस्कृतिक रूपान्तरण अभियानको सहिद घोषणा गरी आश्रित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, छानबिनका लागि उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने, घाइतेको उपचार तथा घटनामा बाँच्न सफल १२ जनाका लागि सुरक्षाको प्रत्याभूति गर्नुपर्ने, जातीय विभेदसम्बन्धी अजित मिजारजस्ता घटनाको पुनः छानबिन हुनुपर्ने र देशभरि घट्ने जातीय विभेदसम्बन्धी घटनलाई जघन्य अपराधको सूचीमा राख्ने संवैधानिक व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

    सो अवसरमा उनीहरूले सुदूरपश्चिम प्रदेशका क्वारेन्टाइनमै भइरहेका जातीय भेदभावसम्बन्धी घटनालाई कानुनी दायरामा ल्याउन र दलितलाई खसआर्यको सूचीमा राख्ने गरी संविधान संशोधन गर्नसमेत माग गरिएको छ ।

    ध्यानाकर्षण पत्रमा जातीय समता समाजका केन्द्रीय सदस्य तिलक परियार, नेपाल दलित मुक्ति सङ्गठनका केन्द्रीय सदस्य दानबहादुर विश्वकर्मा र नेपाल दलित सङ्घका क्षेत्रीय सदस्य जवालसिंह तिरुवाले हस्ताक्षर गरेका छन् ।

    त्यसैगरी ध्यानाकर्षण पत्रमा राष्ट्रिय जनमोर्चा कैलालीका अध्यक्ष दयाराम सञ्ज्याल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधि रङ्गप्रसाद अधिकारी, नेपाली काङ्ग्रेसका नगर सभापति धनराज उपाध्याय, नेकपा (माले) का तिलक श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका मानसिंह साउद, नेपाल दलित जनउत्थान समाजका अध्यक्ष सचिनसिंह विश्वकर्मा, स्पिड नेपालका अध्यक्ष ललिता सुनार, नेपाल दलित अधिकार अभियानका अध्यक्ष धनबहादुर विश्वकर्मा, कैलाली सुनचाँदी आभूषण व्यवसायी सङघका अध्यक्ष देवबहादुर सुनार, थारू कल्याणकारिणी सभाका अध्यक्ष लौटन चौधरी, नेपाल समावेशी दलित उत्थान मञ्चका अध्यक्ष जयसुर सार्की, सामुदायिक सशक्तीकरण विकास संस्थाका अध्यक्ष रमेश सोव, संयुक्त दलित उत्थान मञ्चका अध्यक्ष ईश्वर ओड, नेपाल दलित समाज केन्द्रका अध्यक्ष रामबहादुर विक, दिगो विकास मञ्जका अध्यक्ष भक्तबहादुर विश्वकर्मा र अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव सुरेन्द्र देउकरको हस्ताक्षर छ ।

    एवम् प्रकारले ध्यानाकर्षण पत्रमा समाजसेवी नन्दराम विश्वकर्मा, मोहन विश्वकर्मा र टीकारम सोवले पनि हस्ताक्षर गरेका छन् ।

    आइतबार, जेठ २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.