• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

स्वादको पछाडि लुकेको टुसा, कानुनी र वातावरणीय जोखिम


  •   बिहिबार, असार १९, २०८२ मा प्रकाशित
  • काठमाडौँ । वर्षायाम सुरु भएसँगै उच्च पहाडी तथा लेकाली भेगका जंगलमा पाइने जंगली तरकारी ‘टुसा’ को व्यापार निकै फस्टाएको छ । गाउँघरका भान्छादेखि सहरका बजारसम्म लोकप्रिय रहेको निगालोको यो कलिलो मुना (टुसा) बेच्न स्थानीयहरू सहर झर्ने क्रम बढेको छ । तर, स्वादमा अब्बल मानिने यो तरकारीको संकलन र व्यापार भने कानुनी रूपमा अवैध छ ।

    Advertisement

    गाउँबाट सहर झर्दा आफन्तका लागि लगिने कोसेलीमा टुसा पहिलो रोजाइ बनेको छ । “सहरमा टुसा भनेपछि हुरुक्कै हुन्छन्, त्यसैले योभन्दा राम्रो कोसेली अरू के हुन्छ र ?” एक स्थानीय बताउँछन् । लेकाली बस्तीहरूमा पाहुनाको सत्कारमा समेत मासुभन्दा टुसाको तरकारीलाई प्राथमिकता दिइन्छ । आलु वा कुखुराको मासुसँग मिसाएर पकाउँदा यसको स्वाद अझै मीठो हुने भएकाले यसको माग सधैँ उच्च रहन्छ ।

    यतिबेला लेकाली जंगलहरूमा टुसा भाँच्नेहरूको लर्को देखिन्छ । बाल्यकालमा यसको स्वाद चाखेकाहरू सहरको बसाइ छाडेर केही दिनका लागि टुसा टिप्नकै लागि गाउँ फर्कने गरेका छन् ।

    स्वादका लागि जति नै लोकप्रिय भए पनि निगालोको टुसाको अनियन्त्रित संकलनले कानुनी र वातावरणीय जोखिम निम्त्याएको छ । वन ऐनअनुसार जंगलबाट निगालोको मुना संकलन र बिक्री गर्नु दण्डनीय मानिन्छ ।

    यो केवल कानुनी कुरा मात्र होइन, यसको वातावरणीय महत्व पनि उत्तिकै छ । निगालोको मुना लोपोन्मुख रातोपाण्डा, मृगका विभिन्न प्रजाति र हिमाली कालो भालुजस्ता वन्यजन्तुको मुख्य आहारा हो। अनियन्त्रित रूपमा टुसा भाँच्दा यी जीवहरूको आहार संकटमा पर्ने र उनीहरूको जीवन चक्रमा समेत गम्भीर असर पर्ने संरक्षणकर्मीहरू बताउँछन्। यही कारणले कतिपय राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रहरूले टुसा संकलनमा पूर्ण प्रतिबन्ध लगाएका छन्।

    एकातिर स्थानीयको आयआर्जन र उपभोक्ताको स्वाद, अर्कोतिर कानुनी प्रतिबन्ध र वातावरणीय संकट। यो द्वन्द्वको दिगो समाधानका लागि निगालोको व्यावसायिक खेती नै उत्तम विकल्प देखिन्छ।

    जंगलमा प्राकृतिक रूपमा हुर्किने यो वनस्पतिलाई व्यवस्थित खेती प्रणालीमा ल्याउन सके यसले दुईतर्फी फाइदा दिन्छ। पहिलो, स्थानीय किसानहरूले आम्दानीको राम्रो स्रोत पाउँछन् । दोस्रो, जंगलमाथिको दबाब कम भई वन्यजन्तुको बासस्थान र आहारा सुरक्षित हुन्छ। नेपालका लेक तथा खर्कहरूमा खेर गइरहेका जमिनमा निगालो खेती विस्तार गर्न सकिने प्रशस्त सम्भावना छ। तर, यसतर्फ सम्बन्धित सरकारी तथा गैरसरकारी निकायको ध्यान जान सकेको छैन।

    यदि यसको व्यावसायिक खेतीलाई प्रवद्र्धन गर्ने हो भने अवैध संकलन रोकिनेछ र सबैले ढुक्कसँग स्वादिलो टुसाको आनन्द लिन पाउनेछन् ।

    बिहिबार, असार १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.