काठमाडौं । पछिल्लो २४ घण्टामा आज (आइतबार) थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
Advertisement
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशभर गरेर पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना पोजिटिभ देखिएको बताउनु भयो ।
प्रवक्ता देवकोटाका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या ३४४८ पुगेको जानकारी दिनुभएको छ ।
संक्रमितमध्ये २०९ पुरष र ४ जना महिला रहेका छन् ।
नेपालमा कोरोना भाइरस निको भएर ४६७ जना घर फर्किएका छन् भने १३ जनाको मृत्यु भएको छ ।