• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

नेपालको गणतान्त्रिक आन्दोलनमा प्रगतिशील स्रष्टाहरूको भूमिका


  •   शनिबार, असार १४, २०८२ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##
    कुनै पनि देशको समाजव्यवस्था, जीवन वा राजनीतिमा पनि दर्शन वा साहित्यको महत्त्वपूर्ण भूमिका हुन्छ । दर्शन वा साहित्यको त्यस प्रकारको भूमिका आधुनिक कालमा मात्र होइन, प्राचीनकालदेखि नै रहँदै आएको छ । भारतमा रामायण, महाभारत, गीता, मनुस्मृति, तुलसीकृत रामायण आदि जस्ता ग्रन्थहरूलाई नै हेरौँ । तिनीहरूले सामाजिक चेतना, संस्कृति वा राजनीतिक व्यवस्थामा सताब्दीयौँदेखि गम्भीर असर पार्दै आएका छन् ।

    Advertisement

    आज हिन्दु सामाजिक व्यवस्थाले समाजमा तलसम्म जुन घर जमाएको छ, त्यसका पछाडि हिन्दु, दार्शनिक वा साहित्यिक कृतिहरूको ठुलो भूमिका रहेको छ । उदाहरणका लागि रामलाई मर्यादापुरुषोत्तम राम बताइन्छ । त्यसरी हिन्दु धर्मले उनलाई ती मर्यादा वा गुणबाट विभूषित गर्ने प्रयत्न गरेको छ, जसलाई हिन्दु धर्मले आदर्श मान्दछ । मनुस्मृतिले अगाडि सारेका मान्यताले पनि समाजलाई लामो समयसम्म प्रभावित गरे र अहिले पनि ठुलो मात्रामा प्रभावित गरिरहेका छन् । त्यसबाट दर्शन वा साहित्यले समाजको सम्पूर्ण बनावटमा कति धेरै असर पार्दछ ? त्यो थाहा लाग्दछ ।

    हाम्राअगाडि युरोपको पुनर्जागरणकालको उदाहरण पनि छ । त्यहाँ सामन्तवाद वा राजतन्त्रका विरुद्ध जुन जागरण आयो, त्यसका पछाडि पनि दर्शन र साहित्यको ठुलो योगदान रहेको छ । रुसो, भोल्टेयर, मन्टेस्क्यू, जोन लक, दिडेरो आदिका विचारकले युरोपमा राजतन्त्र वा निरङ्कुश शासनका विरुद्ध जागरण ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । त्यस प्रकारका विचारका कारणले खालि फ्रान्सको महान् फ्रेन्च क्रान्तिलाई मात्र मदत पु¥याएन, सम्पूर्ण युरोपमा राजतन्त्र र सामन्ती मान्यतालाई समाप्त गर्न पनि मदत पुग्यो । त्यस प्रकारका विचारका कारणले युरोपमा पुनर्जागरण आयो र समाजमा प्रभाव जमाएका पुराना प्रकारका रूढिवादी धार्मिक मान्यता पनि धेरै समाप्त भएर गए ।

    नेपालमा सामन्ती व्यवस्था, निरंकुश शासन, राजतन्त्र वा पुराना रूढिवादी सामाजिक मान्यता विरुद्ध चेतना ल्याउने काममा पनि नेपाली साहित्यको महत्त्वपूर्ण योगदान रहेको छ । नेपालमा राणाशासनको अन्त्य, पञ्चायती तानाशाही शासनको अन्त्य, राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनामा राजनीतिक दलका साथै साहित्यकार, बुद्धिजीवीको पनि महत्त्वपूर्ण भूमिका रहेको छ ।

    नेपालको प्रजातान्त्रिक आन्दोलन वा गणतन्त्रको स्थापनाको क्रममा प्रतिगमनको धार पनि बारम्बार देखापर्दै आएको छ । २००७ सालको राजनीतिक परिवर्तनपछि गोरखा दलको स्थापना भएको थियो र त्यसले राणाशासनको पुनस्र्थापना गर्ने प्रयत्न गरेको थियो । उनीहरूको त्यो प्रयत्न ता सफल भएन तर २००७ सालमा राजा महेन्द्रद्वारा निरङ्कुश शासन र पञ्चायती तानाशाही व्यवस्था कायम गर्ने कार्य भयो र त्यो व्यवस्था ३० वर्षसम्म देशमा रह्यो । २०४६ सालमा निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थाको अन्त्य भएर देशमा वैद्यानिक राजतन्त्र र बहुदलीय व्यवस्था कायम भयो तर त्यसको स्थापनाको लगत्तै पछि त्यसलाई समाप्त गरेर निरङ्कुश राजतन्त्रको स्थापनाका लागि पुनरुत्थानवादी गतिविधि अगाडि बढे र २०५९ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रका नेतृत्वमा निरङ्कुश राजतन्त्रको पुनस्र्थापना भयो ।

    २०६२–६३ जनआन्दोलनपछि २०६५ सालको जेठ १५ गते नेपालमा करिब ढाई सय वर्षदेखि रहेको राजतन्त्रको अन्त्य भएर गणतन्त्रको स्थापना भयो तर त्यसको लगत्तै पछि राजावादीले राजतन्त्रको पुनस्र्थापनाका लागि आफ्नो प्रतिगामी गतिविधि बढाउँदै आएका छन् ।

    उनीहरूका दुईओटा मुख्य उद्देश्य रहेका छन् : प्रथम, राजतन्त्रको पुनस्र्थापना र द्वितीय, हिन्दु राष्ट्रको स्थापना ।

    माथिको सङ्क्षिप्त विवरणले बताउँछ कि नेपालको इतिहासमा प्रजातान्त्रिक आन्दोलनमा लखन थापा, खड्गमानसिंह बस्नेत वा प्रजापरिषद्देखिको लामो र गौरवपूर्ण इतिहास हुनुका साथै नेपालमा प्रजातान्त्रिक दिशामा भएका प्रत्येक परिवर्तनपछि प्रतिगामी धारा पनि अगाडि बढ्दै आएका छन्, जस्तै कि २००७ साल र २०४६ सालपछि देशमा गणतन्त्रको स्थापनापछि पनि त्यस प्रकारको धारा अगाडि बढ्दै आएको छ । त्यसकारण आज लोकतन्त्र वा गणतन्त्रका लागि आन्दोलन अगाडि बढाउने सन्दर्भमा पुनरुत्थानवादी धारका विरुद्ध पनि सशक्त रूपले आन्दोलन अगाडि बढाउनुपर्ने आवश्यकता छ ।

    आज नेपालमा प्रतिगमनको खतरा अत्यन्त गम्भीर रूपमा देखा परेको छ । त्यो खतरा २०१७ साल वा २०५९ सालमा भन्दा बढी गम्भीर छ किनभने २०१७ साल वा २०५९ सालमा प्रतिगमनको खतरा देशभित्र नै देखा परेको थियो तर अहिले त्यो खतरालाई बाह्य समर्थन पनि प्राप्त छ ।

    अहिले भारतमा कट्टर हिन्दुवादी शक्तिको शासन छ र उनीहरूले नेपालका राजावादीलाई पनि आफ्नो समर्थन दिएका छन् । यो आम रूपमा थाहा भएको कुरा हो कि अहिलेका भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले पहिले मुख्यमन्त्री नहुँदै पनि नेपालमा आएर गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध अभियान चलाएका थिए । अहिलेको राजावादीको अभियान पनि पूर्व राजा ज्ञानेन्द्र शाहले गोरखपुरमा गएर आदित्यनाथलाई भेटेपछि नै सुरु भएको थियो ।

    आदित्यनाथलाई भेटेपछि उनले पोखरामा आएर भिडियो वक्तव्य जारी गरेका थिए । उनी पोखराबाट काठमाडौँ आउँदा उनको स्वागतमा भएको जुलुसमा आदित्यनाथको समेत फोटोको प्रदर्शन गरिएको थियो । त्यसरी अहिलेको राजावादीको अभियानलाई भारतका कट्टरपन्थी हिन्दुवादी शक्तिको आड भएको र त्यसैले २०१७ साल वा २०५९ सालमा भन्दा प्रतिगमनको खतरा गम्भीर भएको कुरा प्रष्ट छ । त्यसकारण त्यसलाई हल्का रूपमा लिनु राजनीतिक अदूरदर्शिता हुनेछ ।

    आजको गणतन्त्रको सङ्घर्ष मुख्य रूपले प्रतिगमनका विरुद्धको सङ्घर्ष हुन जान्छ । राजावादीले संसद्भित्र र बाहिर सङ्गठित र योजनाबद्ध प्रकारले गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध अभियान चलाइरहेका छन् । समस्या यो मात्र होइन कि राजावादीले त्यो अभियान चलाइरहेका छन् र भारतका कट्टर हिन्दुवादी शक्तिले पनि त्यसलाई आफ्नो समर्थन दिइरहेका छन् । नेपालभित्रका विभिन्न कारणले पनि त्यसलाई एक वा अर्को प्रकारले मदत पु¥याइरहेका छन् । त्यस प्रकारको पृष्ठभूमिमा यो कुरा प्रष्ट छ, खालि राजनीतिक रूपले आन्दोलन सञ्चालन गरेर मात्र प्रतिगमन विरुद्धको आन्दोलन सशक्त रूपले अगाडि बढ्न वा प्रतिगमनमाथि निर्णाणात्मक विजय प्राप्त गर्न सम्भव हुने छैन । त्यो कार्य पूरा गर्न वैचारिकस्तरमा पनि ठुलो अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता छ । त्यो कार्य लेखक र साहित्यकारहरू अगाडि आएपछि नै पूरा हुन सक्नेछ ।

    धार्मिक अन्धविश्वास, रूढिवादी र पिछडिएका सोचाइ वा लोकप्रियतावादी सोचाइले पनि प्रतिगमनलाई धेरै नै मदत पुर्याउने गर्दछन् । राजा विष्णुका अवतार हुन् भन्ने सोचाइ अहिले पनि जनतामा धेरै नै पाइन्छ । त्यसैको परिणाम हो कि पूर्वराजा कुनै ठाउँमा जाँदा बुढाबुढी वा महिलाहरू पनि ठुलो सङ्ख्यामा उनको ‘दर्शन’ गर्न पुग्दछन् । त्यसो गर्दा यो कुराप्रति उनीहरूको ध्यान गएको हुन्न कि शाहशासनको लामो ऐतिहासिककाल वा पञ्चायती शासनकालमा उनीहरूले कति धेरै जनविरोधी, भ्रष्ट वा दमनकारी कार्य गरेका थिए । नेपालमा प्रजातन्त्र आएपछि पनि वैधानिक राजतन्त्रलाई बारम्बार समाप्त गरेर निरङ्कुश शासन कायम गरेका उदाहरण पनि हाम्राअगाडि छन् तर पिछडिएका वा जनप्रियतावादी सोचाइका कारणले जनताको एउटा ठुलो समूहले राजामाथि अन्धविश्वास गर्ने गर्दछ । पश्चिममा, जस्तो कि पहिले पनि उल्लेख गरियो, कतिपय दार्शनिक, लेखक वा साहित्यकारले राजाप्रतिका त्यस प्रकारका गलत वा भ्रान्त सोचाइका विरुद्ध जागृति फैलाउने काम गरेका थिए । नेपालको प्रजातान्त्रिक आन्दोलनमा लेखक वा साहित्यकारको महत्त्वपूर्ण योगदान रहने गरेको छ ।

    अहिले प्रतिगमनबाट जनआन्दोलनद्वारा प्राप्त महान् उपलब्धिमा प्रतिगमनबाट जुन गम्भीर खतरा उत्पन्न भएको छ, त्यसका विरुद्ध जनतालाई जागृत गर्नका लागि साहित्यकार अगाडि आउनुपर्ने आवश्यकता छ । त्यसबारे हामी स्पष्ट हुनुपर्दछ कि त्यसरी जनतालाई जागृत नगरीकन प्रतिगमनको खतरालाई पराजित गर्न सम्भव हुने छैन । त्यसका लागि साहित्यिक रचना मात्र होइन, सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।

    एउटा अर्को कारणले पनि प्रतिगमनलाई धेरै मदत पुगिरहेको छ र प्रतिगामी शक्तिलाई जनतालाई धेरै भ्रम दिने अवसर प्राप्त भएको छ : देशमा बहुदलीय व्यवस्था वा गणतन्त्र आएपछि पनि देशमा सन्तोषजनक विकास हुन सकिरहेको छैन वा भ्रष्टाचार, कुशासन बढेर गएका छन् तर त्यसको अर्थ देशलाई प्रतिगमनतिर लगेर समस्याको समाधान हुन्छ भन्ने होइन । देशलाई पञ्चायती शासन वा राणाशासनतिर लैजाने हो भने देशको अरू अधोगति हुँदै जानेछ । त्यसरी देशलाई प्रतिगमन होइन, अग्रगमनतिर नै लैजानुपर्दछ भनेर जनतामा चेतना दिनुपर्ने आवश्यकता छ । त्यस प्रकारको भूमिका लेखक वा साहित्यकारले नै खेल्न सक्दछन् र खेल्नु पनि पर्दछ ।

    देशमा गणतन्त्र आएको छ । यो ठुलो ऐतिहासिक उपलब्धि हो तर आज देशमा कायम भएको गणतन्त्र वा संसदीय प्रणालीका आधारमा मात्र देश र जनताको वास्तविक विकास हुन सक्दैन । आज देशमा जुन गणतन्त्र छ, त्यो पुँजीवादी प्रकारको गणतन्त्र नै हो । निरङ्कुश राजतन्त्र वा वैधानिक राजतन्त्रभन्दा पुँजीवादी प्रजातन्त्र पनि प्रगतिशील हुन्छ। अहिले राजावादीद्वारा त्यसलाई समाप्त गर्नका लागि भइरहेको आक्रमणको अवस्थामा त्यसको रक्षा गर्ने हाम्रो जिम्मेवारी हुन्छ तैपनि यसबारे हामीमा कुनै भ्रम हुनुहुँदैन कि अन्ततः विद्यमान गणतन्त्र वा संसदीय प्रणालीको मूल प्रकृति पुँजीवादी नै छ र तिनीहरूको एउटा निश्चित सीमा हुन्छ । तिनीहरूद्वारा जनताका समस्याको वास्तविक समाधान सम्भव छैन ।

    त्यसकारण हामीले यो भन्दा उच्च र जनवादी प्रकारको गणतन्त्र वा व्यवस्था ल्याउनका लागि सङ्घर्ष गर्नुपर्दछ । जसको अर्थ हुन्छ, नयाँ जनवादी वा समाजवादी व्यवस्था । त्यसका लागि जनतामा व्यापक चेतना वा जागृति ल्याउनुपर्ने आवश्यकता छ । त्यो कार्य पूरा गर्न लेखक र कलाकारहरू अरू अगाडि आउनुपर्ने आवश्यकता हुन्छ । त्यसका लागि दर्शन, साहित्य वा कलाले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता हुन्छ तर लेखक, साहित्यकार वा कलाकारले त्यस प्रकारको भूमिका त्यो बेला नै खेल्न सक्दछन्, जब उनीहरूमा उच्च प्रकारको चेतनाको विकास हुन्छ ।

    साहित्यकारका बिचमा यो प्रश्न निकै उठिरहन्छ ः साहित्य वा कला केका लागि ? साहित्य वा कला स्वतन्त्र हुनुपर्दछ र त्यसको कुनै राजनीतिसित सम्बन्ध हुनुहुँदैन भन्ने विचार पनि साहित्यकारका बिचमा निकै पाइन्छ । त्यस प्रकारको सोचाइले नयाँ जनवाद वा समाजवादको कुरा परै छ, लोकतन्त्र वा गणतन्त्रजस्ता सामान्य विषयसित पनि साहित्यकार जोडिनुपर्दछ भन्ने सोचाइलाई पूरै अस्वीकार गर्दछ ।

    साहित्यकारको सर्वप्रथम त्यसबारे नै स्पष्ट दृष्टिकोण बन्नुपर्दछ । यदि उनीहरू त्यस प्रकारको सोचाइबाट माथि उठ्न सकेनन् वा मुक्त हुन सकेनन् भने देश, समाज वा जनताको हित वा विद्यमान अवस्थामा क्रान्तिकारी परिवर्तनको कुरा परै छ, लोकतन्त्र वा गणतन्त्रको आन्दोलन वा प्रतिगमनका विरुद्ध पनि कुनै सङ्घर्ष गर्नु उनीहरूका लागि सम्भव हुने छैन । त्यस प्रकारको भूमिकामा अग्रसर हुनका लागि सर्वप्रथम साहित्यकारले राजनीति वा आन्दोलनमा कुनै सम्बन्ध हुनुहुँदैन भन्ने सोचाइबाट मुक्त हुनु निर्णायात्मक सर्त हो ।

    कुरा त्यहीँसम्म मात्र सीमित छैन, साहित्यकारका अगाडि एउटा स्वतन्त्र, सम्पन्न, सुखी र सुन्दर समाज निर्माण गर्ने महान् जिम्मेवारी पनि छ तर समाजमा एउटा यस्तो वर्ग पनि छ, जसले आफ्नो छूद्र स्वार्थ वा सङ्कीर्ण स्वार्थमाथि आधारित आफ्नो सुखी जीवनको लागि समाजमा ऐतिहासिककालदेखि नै शोषण, उत्पीडन वा अन्याय र अत्याचार गर्दै आएका छन् । त्यस प्रकारका शोषण र उत्पीडन वा अन्याय र अत्याचारको अन्त्य नगरीकन एउटा स्वतन्त्र, सम्पन्न र सुन्दर समाजको निर्माण हुन सक्दैन तर समस्या के छ भने त्यस प्रकारका वर्गले खालि भौतिक रूपले मात्र अन्याय वा अत्याचार गर्दैनन्, उनीहरूले आफ्ना त्यस प्रकारका कार्य सुदृढ र चिरस्थायी बनाउनका लागि दर्शन, धर्म, नीतिशास्त्र वा साहित्यको पनि एउटा विशाल संरचना तयार पार्दछन् र हामीले तिनीहरूका विरुद्ध पनि प्रभावशाली प्रकारले सङ्घर्ष गर्नुपर्ने आवश्यकता हुन्छ ।

    त्यसका लागि प्रगतिशील लेखक र साहित्यकार अगाडि आउनुपर्दछ । त्यसरी आज खालि गणतन्त्रको रक्षा र प्रतिगमन विरुद्धको सङ्घर्षका प्रश्नमा मात्र होइन, समाजलाई दीर्घकालीन प्रकारले रूपान्तरण गर्नका लागि पनि साहित्यकारले उच्च दार्शनिक वा वैचारिक स्तरमा आफूलाई ढाल्नुपर्ने आवश्यकता छ ।

    (२०८२ असार १३ गते प्रगतिशील लेखक सङ्घद्वारा आयोजित ८० औं परिसम्वादमा प्रस्तुत अवधारणापत्र)

    शनिबार, असार १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.