नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति नई दिल्ली अन्तर्गत द्वारीका टोल समितिका सदस्य बबीता पौडेलको २५ जुन २०२५ का दिन निधन भएको छ । उहाँ लामो समयदेखि क्यान्सर रोगसँग संघर्ष गर्दै आउनु भएको थियो ।
वेन्कटेश्वर हस्पिटल द्वारिकामा उपचार गराउँदै आउनुभएको थियो । उहाँ लामो समय मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सदस्य रहनु भएको थियो । एड्रड्युजगंजमा रहँदासम्म संगठनका हरेक कार्यक्रममा सकृयता पूर्वक सहभागी हुनुहुन्थ्यो ।
उहाँकै सहयोगमा रक्तिमका कलाकारहरूले रिहल्सल, छोरा अनिल, छोरी अनिता र संरक्षण एवं प्रेम पौडेलल सहितको परिवार नै कार्यक्रमहरूमा धेरै वर्षसम्म लागि पर्नु भएको थियो । प्रेम जीको रिटायर्डमेन्ट पछि द्वारिका गए पछि पनि अक्सर कार्यक्रमहरूमा उहाँ सहभागी भइरहनु भएको थियो ।
मधुरवाणी, मिलनसार, दयालु हृदय, सामाजिक भावना, न्यायप्रेमी स्वभावकि धनी, बबिता पौडेलको निधनले अत्यन्त दुखी बनाएको छ । बबिताको निधनले सिंगो संगठनलाई समेत क्षति पुर्याउनुको साथै दुखी बनाएकोे छ । दुःखको यो घडीमा मृतकप्रति हार्दिक श्रद्धाञ्जली गरिन्छ ।
उहाँको मूल प्रवाहका कार्यकर्ताहरू, घरपरिवार एवं आफन्तहरूको उपस्थितिमा निगमबोध घाटमा दाहसंस्कार गरिएको छ ।
सोही स्थानमा शिव केसीको सञ्चालनमा दुई मिनेट मौनधारणबाट अगाडि बढेको शोकसभामा विनबहादुर कुँवर, युवराज पौडेल, सालिकराम पौडेल, शान्ता केसी, दिनेश पन्थी, प्रवासी नेपाली संघ भारका टिकाराम पोख्रेल र मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनालले शोकमन्तव्य दिनुभएको थियो ।