• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

अहिले विश्वमा अन्तर्राष्ट्रवाद होइन, अन्धराष्ट्रवाद हावी छ : प्राडा गौतम (भिडियो अन्तर्वार्ता)


  •   सोमबार, असार ०९, २०८२ मा प्रकाशित
  • प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ ।

    Advertisement

    अखिल नेपाल बुद्धिजीवी सङ्घका अध्यक्षसमेत रहनुभएका अन्तर्राष्ट्रिय मामिलाका अध्येता प्राडा श्रीधर गौतमले अहिले विश्वमा अन्तर्राष्ट्रवाद होइन, अन्धराष्ट्रवाद हावी भएको बताउनुभएको ।

    युगदर्शन मिडियालाई २०८२ असार ७ गते भिडियो अन्तर्वार्ता दिँदै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    ‘अहिलेका राष्ट्रहरूमा अन्तर्राष्ट्रवाद छैन, अन्धराष्ट्रवाद हावी छ’ उहाँले भन्नुभयो– ‘राष्ट्रिय स्वार्थका लागि अन्तर्राष्ट्रिय स्वार्थलाई परित्याग गर्ने, मानवतावादलाई परित्याग गर्ने—यस्तो खालको राजनीति छ ।’

    उहाँले जबसम्म प्यालेस्टाइन अलग देशको रूपमा अस्तित्वमान् हुँदैन, तबसम्म इजरायललाई मान्यता नदिने भन्ने देशहरूमध्ये इरान पनि एक भएको दाबी गर्नुभयो ।

    इरानमा परमाणु बम रहेको र त्यही बहानामा इजरायल र अमेरिकाले गरेको आक्रमणलाई उहाँले खारेज गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘इरान भर्खरै अणुबम बनाउने अवस्थामा छैन भनेर आइएइए (अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी) ले भनेको अवस्था छ ।’
    प्राडा गौतमले इजरायल र अमेरिकाले इरानमाथि जबर्जस्ती गरिरहेको आरोप लगाउनुभयो ।

    ‘इरानको हामी वार्ता गर्न तयार छौँ तर इजरायलले आक्रमण बन्द गरोस् भन्ने कुरा छ । त्यो कुरा इजरायल र अमेरिकालाई स्वीकार्य छैन’ उहाँको भनाइ थियो ।

    इतिहासतर्फ फर्किंदै उहाँले प्रथम विश्वयुद्धतिर अहिलेको प्यालेस्टाइन ब्रिटिसको अधिनमा रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘त्यति बेला ब्रिटिसले आफूलाई सहयोग गर्ने शक्तिराष्ट्रलाई प्यालेस्टाइन दिन्छौँ भनेर दुईतीनपटक वाचा गरेको थियो ।’

    दोस्रो विश्वयुद्धपछि सन् १९४८ तिर शक्तिराष्ट्रका कारणले—खासगरी अमेरिका, ब्रिटेनको कारणले—इजरायल राष्ट्र गठन भएको तर प्यालेस्टाइनलाई पनि अलग राष्ट्र दिने कुरा भए पनि त्यति बेला अलग राष्ट्रको घोषणा नभएको उहाँले स्मरण गर्नुभयो ।

    युरोपियन देशले आफ्नो प्यालेस्टाइनी समस्यालाई समाधानबिना नै छोडिदिएको उहाँको भनाइ थियो ।

    ‘अहिलेसम्म अलग प्यालेस्टाइन राज्यको घोषणा गरिएको छैन यद्यपि प्यालेस्टाइनको एउटा प्रतिनिधि हुन्छ संयुक्त राष्ट्र सङ्घमा तर प्यालेस्टाइनलाई देशको रूपमा मान्यता दिइएको छैन ।’

    अर्कोतर्फ, सम्पूर्ण यहुदी प्यालेस्टान विरोधी नभएको उहाँको भनाइ थियो ।

    उहाँले भन्नुभयो– ‘संसारमा कैयौँ यहुदी चिन्तक छन्, विचारक छन् । सबै यहुदी प्यालेस्टाइनका विरोधी होइनन् नि । अमेरिकामा कैयौँ यहुदी छन् । ठुला ठुला चिन्तक छन् । उनीहरू भन्छन्– हामी लज्जित छौँ, प्यालेस्टाइप्रति अन्याय भएकोमा ।’

    अहिलेको इजरायल–इरान युद्धमा खाडी मुलुकहरू पनि बाँडिएको र तिनीहरूमध्यै नै कैयौँ देश प्रोअमेरिकन भएको उहाँको धारणा थियो ।

    शक्तिसन्तुलनतर्फ इङ्गित गर्दै प्राडा गौतमले अहिले कुनै पनि देशले एकल रूपमा एकले अर्कालाई हराउन सक्ने स्थिति नरहेको विश्लेषण अगाडि सार्नुभयो ।

    उहाँले भन्नुभयो– ‘युद्ध भई नै हाल्यो भने—अझ विश्वयुद्ध वा दुईओटा देशमाझ युद्ध भयो भने—जस्तै : अमेरिका र चीनको बिचमा युद्ध भयो भने अमेरिकाले चीनलाई हराउन सक्दैन, चीनले अमेरिकालाई हराउन सक्दैन । अमेरिकाले रुसलाई हराउन सक्दैन, रुसले अमेरिकालाई हराउन सक्दैन ।’

    रुस–युक्रेन युद्ध

    रुस–युक्रेनको सन्दर्भमा उहाँले पृष्ठभूमिबारे चर्चा गर्नुभयो ।

    ‘युक्रेनबाट रसियनलाई अपदस्त गरेपछि त्यहाँ के आरोप छ भनेदेखि रुसी भाषा बोल्नेप्रति अत्याचार गरियो; उनीहरूको भाषालाई मान्यता दिइएन; उनीहरूका भाषा स्कुलमा पढाइएन, रुसी समर्थ पार्टीलाई प्रतिबन्ध लगाइयो’ उहाँले भन्नुभयो– ‘यस्ता विभिन्न कुरा त्यहाँ भए भन्ने छ ।’

    त्यस्तै, अहिले युक्रेनमा रुसका पहिलेका साहित्यकारको मूर्ति, सालिकलाई भत्काउने गरिएकोमा प्राडा गौतमले विरोध व्यक्त गर्नुभयो ।

    केही समयअघि अमेरिकाले युद्धविराम गराउन चाहँदा पनि युरोपियन युनियन अघि सरेको सन्दर्भमा उहाँले इयुको कुनै स्वतन्त्र विदेश नीति नरहेको जिकिर गर्नुभयो ।

    ‘जस्तै फ्रान्सको, जर्मनीको, इटालीको, स्पेनको, नेदरल्यान्डको—यिनीहरू धनी छन् नि—यिनीहरूको आफ्नै इन्डिपेन्डेन्ट युरोपियन भ्वाइस हुन्छ नि, त्यो उनीहरूमा त्यति आएको देख्दिनँ’ उहाँले भन्नुभयो– ‘अमेरिकाको जे नीति छ, पोलिसी छ, त्योअनुसार आएको हुन्छ ।’

    युक्रेनमा रुसीमाथि जे जस्तो व्यवहार भएको वा नाटोमा युक्रेन सामेल हुन खोजे पनि रुसले आक्रमण गर्नुलाई उहाँले गलत ठहऱ्याउनुभयो ।

    ‘अर्काको देशमा वा सार्वभौमसत्तासम्पन्न देशमा आक्रमण गर्नु गलत कुरा हो । अर्काको भूमि अतिक्रमण गर्नु गलत कुरा हो । उनीहरूका बिचको आपसी कुरा भए वार्ताद्वारा सुल्झाउनुपर्दथ्यो’ उहाँको भनाइ थियो ।

    दोस्रो विश्वयुद्धको स्मरण गर्दै उहाँले यतिखेर अन्धराष्ट्रवादको चरित्र रुस–युक्रेन युद्धमा पनि देखिएको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘कति खतरनाक हुन्छ, अन्धराष्ट्रवाद, सम्प्रदायवाद ? यिनै युक्रेनी जनता हिँजो हिटलरसित लडे, आज युक्रेनीले रुसीलाई मारिरहेको छ, रुसीले युक्रेनीलाई ।’

    प्राडा गौतमले साम्राज्यवादीको अबको लडाइँ आत्महत्याको अवस्था रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘शक्तिराष्ट्रले पनि यो कुरा बुझ्नुपऱ्यो कि हामी आत्महत्या गर्दछौँ, अब हुने लडाइँ भनेको सुसाइडल डेथ हो ।’

    (अन्तर्वार्ताको पूर्ण पाठका लागि युगदर्शन मिडियाको युट्युब च्यानल yugdarshan 2076 मा वाच गर्नुहोला)

    सोमबार, असार ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्वस्थ भए पनि मसालप्रति प्रतिबद्ध छु
    लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो– प्रथम राष्ट्रपति डा यादव
    गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे
    पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार
    तानाशाही ध्येयका साथ विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाइँदैछ : जिसी (भिडियो अन्तर्वार्ता)
    चीनमा स्वेच्छिक अंगदाता संख्या ७३ लाख नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • २.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ३.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ४.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ५.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ६.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ७.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    • ८.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.