काठमाडौं । स्वतन्त्र सांसद अम्रेशकुमारले संसदमा राष्ट्रियता विरुद्ध अभिव्यक्ति दिएका छन् ।
Advertisement
‘चार–पाँच जिल्लाहरू छन् त्यसलाई नेपालमा राखौं बाँकी ७२ जिल्ला लिजमा दिऔं अर्को देशलाई । अमेरिकालाई दिऔं, चाइनालाई दिऔं, भारतलाई दिऔं ।’ अम्रेशकुमार सिंहले भनेका थिए, ‘ती जिल्लामा बजेट नै जाँदैन भने किन राख्ने ? खाली कर लिनलाई राख्ने ?’
‘बजेटमा जसले मन्त्री बनाएको छ त्यो नेता खुसी छ कि छैन ? सत्तापक्षको प्रमुख घटकको सभापति खुसी छ कि छैन ? उहाँको जिल्लामा बजेट गएको छ । बाँकी सांसद किन बोल्नुहुन्छ ?’ भनेर आफूलाई सत्तापक्षकै सांसदले भनेको र यस्तो भन्ने सांसद आइतबारकै सभामा रहेको स्वतन्त्र सांसद सिंहले बताए ।
सिंहको यस्तो प्रकारको अभिव्यक्ति नयाँ होइन, यस प्रकारका अभिव्यक्तिहरु विभिन्न समयमा आउने गरेका छन् ।