बैतडी । प्रमुख खाद्यबालीका रूपमा रहेको मकैमा अमेरिकन फौजी कीराकोे समस्या देखिएपछि किसान चिन्तित भएका छन् ।
Advertisement
कृषि ज्ञान केन्द्रका प्रमुख हरिदत्त जोशीका अनुसार दोगडाकेदार र शिवनाथ गाउँपालिकामा फौजी कीराले मकैबाली नष्ट गर्न थालेको छ । उहाँले मकै बालीमा कीराको समस्या देखिएको गुनासो आएको र विषादी वितरण गर्न थालिएको बताए । केन्द्रले यसअघि नै इमामेक्टिन वेन्जोएट नामक विषादी वितरण गरिरहेको छ । हाल भने कृषि ज्ञान केन्द्रमा पनि उक्त विषादी अभाव छ ।
कीराले मकैको बोट सखाप पार्ने गरेको दोगडाकेदार– ७ का दीपेन्द्र कार्कीले बताए । उहाँले भन्नुभयो, “फौजी कीराले मकैबाली सखाप पारेको छ । उत्पादनमै कमी हुने देखिन्छ ।” लामो समयसम्मको खडेरीका कारण फौजी कीरा बढी सक्रिय भएको हो । –रासस