काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले त्यसको प्रभावस्वरूफ देशका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने देखिएको छ ।
जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले २०८२ असार ७ गते शनिबार बिहान ६ बजे जारी गरेको २४ घण्टाको अनुमान सो जानकारी दिइएको हो ।
दिउँसो
महाशाखाका अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । त्यस क्रममा देशको पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागको थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
सोही प्रकारले देशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावनासमेत रहेको छ ।
राति
आज राति देशको पहाडी भूभागको केही स्थानमा तथा बाँकी भूभागको थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा धेरै भारीदेखि भारी वर्षाको पनि सम्भावना रहेको छ ।
त्यस्तै, देशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना रहेको छ ।