#धनवीर पुनमगर
काठमाडौं । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनेन्द्र कार्कीले बजेट विनिजयोजनमा तथा योजनाहरूमा आफू अनुकुल बनाई हेरफेर गरेको भन्दै प्रदेश सभाका दुबै पक्षका सांसदहरू असन्तुष्ट भएका छन् ।
आ–आफ्ना निर्वाचन क्षेत्रलाई लक्षित गरि सांसदहरुद्वारा प्रस्तावित योजनाहरू कटौती गरिएको बन्दै सत्ता पक्षकै कैयौं सांसदहरू र प्रतिपक्षले अर्थमन्त्री कार्कीले गरेको योजनाहरुलाई आफू अनुकुल बनाएको भन्दै विरोध गरेका छन् । अर्थमन्त्रीलाई भेटगर्न र रातो पुस्तीका अध्ययनका लागि सांसदहरू अर्थमन्त्रालय पुग्दा अर्थमन्त्री कार्की भेटिएका थिएनन् । उनलाई फोन गरि समस्याबारे बुझ्न खोज्दा मन्त्रीको फोन स्विचअफ भएको एकजना सांसदले हामीलाई बताए ।
राष्ट्रिय जनमोर्चाबाट प्रतिनिधित्व गर्नुभएकी सांसद तारा थापाले बजेटमाथि छलफल कै दौरानमा नै बजेट जनपक्षिय तथा जनहितमा नभएको भन्दै असन्तुष्टि जाहेर गर्नुभएको थियो । त्यस्तै नेकपा एमालेका सांसदहरुले पनि असन्तुष्टि जाहेर गरेका थिए ।
यसैबीच प्रदेश सभा सभामुख कार्यालयले अनिश्चित कालको लागि संसद स्थगित गरिएको जानकारी गराएको छ । प्रदेश सभा सचिवद्धारा जारि सुचनामा भनिएको छः ‘श्री माननीयज्यू, भोलि मिति २०८२।०३।०७ गते शनिबार बिहान ११ः०० बजे बस्ने भनिएको प्रदेश सभाको छैठौं अधिवेशनको चौधौं बैठक विशेष कारणवस अर्को सूचना नभएसम्मका लागि स्थगित भएको व्यहोरा निर्णयानुसार अनुरोध छ ।’
राष्ट्रिय जनमोर्चाबाट प्रतिनिधित्व गर्नुभएकी सांसद तारा थापाले प्रस्तुत गर्नुभएका योजनाहरू तल प्रस्तुत गरिएको छ ।
१. शहिद स्मृति पार्क उद्दान निर्माण प्यूठान नगरपालिका ४ र ७ लाई रु. १० लाख
२. टंक सरोज स्मृति प्रतिष्ठान सन्धिखर्क नगरपालिक २ अर्घाखाँचीलाई रु. १५ लाख
३. चित्र बहादुर केसी अध्ययन प्रतिष्ठान कालिगण्डकी ४ पूर्तिघाट बजार रु. १५ लाख
४. रातो डांडा कमल अधिकारी स्मृति प्रतिष्ठान भवन निर्माण लमही उपनगरपालिका रातोडाँडा ५ दाङ रु. १५ लाख ।
५. कम्यूनिष्ट संग्राहलय नेपालको पुस्तक तथा फर्निचर खरीद, पुराना दस्तावेज र अन्य सामग्री संकलन खरीद डिजिटलाइजेशन तथा अर्काइभ गर्ने बुटवल उपमहनगरपालिका ६ चन्द्रनगर रुपन्देही रु. १०
६. बैदौली नगहर देखि सुठौली चोकसम्म सिंचाइ कुलो योजना ६ कपिलवस्तु रु. ८ लाख
७. जेठान गाउँ बडहरा बन्धुसीरी जोड्ने बाटोमा नाली निर्माण गढवा गाउँपालिका १ दाङ रु. ७ लाख
८. बाङ्गेलाकुरी, गणेशथान, कजुवा, मसानघाट मोटरबाट स्तरउन्नती मल्लरानी ४ प्यूठान रु. १५ लाख
९. जाम्दीकोटथर लिफ्ट खानेपानी मुहान थपगर्ने पूर्वखोला १ सिलुवा पाल्पा रु. ५ लाख ।
१०. संविधान सभाका प्रथम सहीद कमल अधिकारी वृत्तचित्र डकुमेन्ट बाँके रु. ५ लाख ।
प्रस्तुत योजनाहरूमा चार र पाँच नम्बरको योजना रातो पुस्तीकामा नसमेटीएको सांसद तारा थापाले हामीलाई जानकारी दिनुभएको छ । चार र पाँच नम्बरको दुई योजना रु. २५ लाखको रहेको छ । उक्त योजनाहरू पनि कार्कीले आफ्नो निर्वाचन क्षेत्रमा पारेको बुझिएको छ ।