• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

मेरो माहिलो छोरालाई बहुदल पक्षको भनेर गोली ठोक्यो


  •   बिहिबार, असार ०५, २०८२ मा प्रकाशित
  • ङनुकान्त आचार्य, सल्लाहकार, राष्ट्रिय जनमोर्चा दाङ ##

    Advertisement

    निरङ्कुश पञ्चायती व्यवस्था, बहुदल हुँदै गणतन्त्रसम्म विभिन्न राजनीतिक जिम्मेवारी निभाउनुभएमा राष्ट्रिय जनमोर्चाका नेता ङनुकान्त आचार्यसित गणेश आचार्यले लिनुभएको अन्तरवार्ता

    ० ङनुकान्तजी नमस्कार ।

    : नमस्कार ।

    ० सञ्चैआरामै हुनुन्छ ?

    : सञ्चै छु ।

    ० तपाईंको उमेर कति भयो ?

    : अहिले म ८२ पुगेर ८३ वर्षमा लागेँ ।

    ० दिन कसरी बितिरहेका छन् ?

    : खास काम छैन । घरमा छोराको सानो सानो पसल छ । त्यसैमा समय बिताउँछु । पार्टीसङ्गठनका काममा हिँडछु । स्थानीयवासीसित सामाजिक–राजनीतिक विषयमा छलफल गर्छु । त्यसैगरी, मेरा दिन बित्ने गरेका छन् ।

    ० पार्टीसङ्गठनका पनि कुरा गर्नुभयो । कुन पार्टीमा हुनुहुन्छ हजुर ?

    : म नेकपा (मसाल) निकटको राष्ट्रिय जनमोर्चामा छु ।

    ० यो पार्टीमा कहिलेदेखि आबद्ध हुनुभयो ?

    : २०४६ सालको जनआन्दोलनको बेला काठमाडौँमा अध्ययन गर्दै गरेको मेरो माहिलो छोरालाई बहुदल पक्षको भनेर सरकारले गोली हानेर मा¥यो । म त्यही बेलादेखि २०४६ सालको आन्दोलनको पक्षमा रहेको नेकपा (मसाल) को समर्थक भएको हुँ ।

    ० त्यो बेलामा अरू पार्टी पनि थिए । नेकपा (मसाल) नै किन रोज्नुभयो त ?

    : हो । त्यो बेलामा अरू पार्टी पनि थिए तर म मोहनविक्रमका विचार सुनिरहेको थिएँ । मोहनविक्रमका कुरा र विचारले मलाई प्रभावित बनायो । पञ्चायतको बेला पनि भ्रष्टाचार, अनियमितता थियोे । त्यसमा रहँदा पनि मैले लोभलालचबेगर काम गरेँ । मोहनविक्रमको पनि त्यही विचार थियो । त्यसैले त्यही कुराबाट प्रभावित भएर म नेकपा (मसाल) को समर्थक भएँ ।

    ० तपाईंले माथि एक प्रसङ्गमा २०४६ को आन्दोलनमा छोरा गुमाउनुपरेको कुरा ल्याउनुभयो । किन त्यसरी मारेको रहेछ छोरालाई ?

    : मेरो छोरा क्याम्पस पढ्न भनेर घरबाट काठमाडौँ गएको थियोे । त्यो बेला ऊ नेकपा (मसाल) को विद्यार्थी सङ्गठन अखिल (छैठौं) मा आबद्ध भएको रहेछ । त्यही सङ्गठनको तर्फबाट मेरो छोरासहितका विद्यार्थीहरू निरङ्कुश पञ्चायत र राजाको शासनका विरुद्धमा पर्चा वितरण गर्नका लागि रत्नराज्य क्याम्पसमा जम्मा भएका रहेछन् । त्यही बेलामा प्रहरी आएर कुटपिट गरेछ । कुट्दै गिरफ्तार गरेर लग्यो भन्ने सुनियो । कता लग्यो ? केही थाहा जानकारी हुन सकेन । कफ्र्यु लागिरहेको अवस्था थियोे । हामीलाई लाससमेत देखाइएन । वीर हस्पिटलमा मरेको भनेर फोटासहित टाँगेको देखेर मृत्युु भएको जानकारी भयो । खासमा निरङ्कुशताका विरुद्ध लागेका कारण त्यो बेलाको सरकारले मारेको हो । त्यसैले सङ्गठनलाई उसलाई सहिद घोषणा गरेको हो ।

    ० तपाईंको परिबारबाट निरङ्कुशता विरुद्धको आन्दोलनमा ठुला योगदान रहेछ, हैन त ?

    : हो । बहुदल प्राप्त गर्नका लागि महत्त्वपूर्ण योगदान रहेको छ, हाम्रो परिवारबाट । म निरङ्कुश पञ्चायती व्यवस्थाबाट निर्वाचित जनप्रतिनिधि थिएँ तर मेरै घरको माहिलो छोरा टङ्क आचार्य निरङ्कुशता र पञ्चायत विरोधी आन्दोलनमा सहिद बने । म पञ्चायतको बेला पनि चार पटकसम्म जनप्रतिनिधि भएर जनताको सेवा गरेको थिएँ । पञ्चायती व्यवस्था विस्तारै जनताबाट तिरस्कार हुँदै गयो । राजा र राजतन्त्र विरोधी भावना पनि जागृत हुँदै गयो । छोरा पनि कम्युनिस्ट पार्टीमा लागेको थियोे । बहुदल स्थापना भयो । बहुदलपछि म पनि खुलेर कम्युनिस्ट पार्टीमा लागे । बहुदलपछि पनि जनप्रतिनिधि बनेर जनताको सेवामा लामो समय काम गरेँ ।

    ० पञ्चायतदेखि बहुदलसम्म लामो समय जनप्रतिनिधि बनेर राजनीतिक जिम्मेवारी पूरा गर्नुभएको रहेछ । अहिले पनि कुनै जिम्मेवारीमा हुनुहुन्छ कि पार्टीको ?

    : छु । अहिले पनि राष्ट्रिय जनमोर्चा दाङ–देउखुरी जिल्ला समितिको सल्लाहकारको जिम्मेवारीमा छु ।

    ० ८३ वर्षको उमेरमा पनि त्यो जिम्मेवारी पूरा गर्न सक्नुहुन्छ त ?

    : उमेरले राजनीतिक विचारलाई फरक पार्दैन । जिम्मेवारीको कुरामा टाढाटाढाको काम अरू जिम्मेवारीमा भएका साथीहरूले नै गर्नुहुन्छ । सल्लाहकारको धेरै जिम्मेवारी पनि हुँदैन । म बैठकमा सामेल हुने, सल्लाह सुझाव राख्ने, कार्यक्रममा सामेल हुने र नजिकका अरू काम पनि गर्ने गरेको छु ।

    ० तपाईं त पञ्चायत, बहुदल हुँदै गणतन्त्र सबैमा प्रत्यक्ष सहभागी भएर भोगेर, देखेर आएको मान्छे । अहिले फेरि केही मान्छेहरू गणतन्त्रभन्दा त राजा नै ठिक भन्न थालेका छन् । के गणतन्त्रभन्दा हिजोको पञ्चायत र राजतन्त्र नै ठिक हो त ?

    : राजतन्त्र र पञ्चायत कुनै हालतमा ठिक हैन । गणतन्त्र आएपछि पालैपालो सरकार चलाउनेले राम्रो काम नगरेका कारण त्यस्तो भावना जनतामा आएको हुन सक्छ । त्यस्ता विचार राख्नेलाई राजतन्त्र कस्तो थियोे ? त्यहाँ कति अन्याय थियोे ? पञ्चायतमा कति बेथिती र अनियमितता थियोे ? त्यो केही थाहा छैन । केहीले फेरि पनि पहिलेझैँ लुट्न पाइन्छ कि भन्ने सोचले राजतन्त्र भनेका होलान् । केहीलाई राजतन्त्रको निरङ्कुशता नै थाहा छैन । राजतन्त्रको निरङ्कुशता थाहा नभएको तर काङ्ग्रेस, एमाले, माओवादीजस्ता दलले गरेको भ्रष्टाचार र अनियमितता देखेका कारण राजाको कुरा आएको हो तर अब कुनै हालतमा त्यो राजतन्त्र सही हुन सक्दैन । हाम्रो पार्टीले पनि भनिरहेको छ, सरकारमा रहेका दल र सरकारको कुशासनले राजतन्त्रको कुरा उठेको हो, सही भएर हैन ।

    ० अन्तमा, केही भन्नुछ ?

    : धेरै कुरा माथि आइसकेको छ । मलाई यो कुरा राख्ने अवसर दिनुभएकोमा युगदर्शन मिडियालाई धन्यवाद ।

     

    बिहिबार, असार ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युक्रेन युद्ध अन्त्यका लागि पुटिनसँग अमेरिकी दूतहरूको ‘ठोस योजना’बारे छलफल
    ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली
    प्रशिक्षणपछि किसान तथा आम जनतासँग भेटघाट गर्नेछौँ : ठाडामगर (भिडियोसहित)
    द्वन्द्ववाद धेरैपटक पढियो तर व्यावहारिक रूपमा कमजोर छौँ भन्ने महसुस भयो : खडायत (भिडियो)
    हामी सही नीति लिएर गएका छौँ तर जनताले बुझ्न सकिरहेका छैनन्, : अधिकारी (भिडियोसहित)
    जनताको चेतनास्तरअनुसार राजनीति लिएर जानुपर्छ : (भिडियोसहित)

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.