• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त

बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रचण्डलाई पत्रकारको प्रश्न : भिजिट भिसा र अग्नि सापकोटाको मुद्दाबीच लेनदेन भएको हो ?


  •   शनिबार, जेठ ३१, २०८२ मा प्रकाशित
  • विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विराटनगरमा पत्रकारहरूले कडा प्रश्न गरेपछि उत्तर दिन हम्मे हम्मे परेको छ ।

    Advertisement

    मोरङ र झापामा हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका प्रचण्डलाई विराटनगर विमानस्थलमा पत्रकारहरूले र्याख र्याख्ती पारे ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान राख्दै सदन अवरोध गरिरहेको माओवादीले शुक्रबार कांग्रेस र एमालेसँग सहमति गरेपछि यो विषय अग्नि सापकोटाको मुद्दासँग जोडिएर लेनदेन भएको चर्चा छ ।

    विराटनगरमा पत्रकारहरूले प्रचण्डलाई सोही प्रश्न सोधेका थिए ।

    तर, आफ्ना उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको हत्या मुद्दा मिलाउने सर्तमा कांग्रेस–एमालेसँग सहमति गरेको भन्ने आरोपलाई उनले ‘वाहियात’ भने।

    प्रचण्डले भने, ‘वाहियात कुरा मानिसहरूले प्रचार गर्ने गर्‍या छन्, त्यस्तो केही पनि होइन, यो कुरा र अग्नि (सापकोटा) को कुनै साइनो सम्बन्ध छैन।’

    निकै तनावमा देखिएका प्रचण्डले कांग्रेस र एमालेसँग किन सहमति गर्नुपर्यो भन्ने कुरा खुलाएनन् । तर भने, ‘जनताको बृहत् हितका निम्ति कहिले अघि बढ्ने, कहिले पछि हट्ने, कहिले सहमति गर्ने कहिले चाहिँ विद्रोह गर्ने यो सबै चलिराख्छ।’

    माओवादी केन्द्रका उपाध्यक्ष सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको हत्या गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान राख्दै सदन अवरोध गरिरहेको माओवादी केन्द्र सहमतिमा आएपछि शुक्रबार सभामुख देवराज घिमिरेले बाँकी विपक्षी दललाई पेलेरै प्रतिनिधि सभाको बैठक चलाए।

    माओवादी अध्यक्ष प्रचण्डले भने भिजिट भिसा प्रकरणमा एक महिनाभित्र समिति बनाएर जाने सहमति भएपछि अहिले सदन चालु गर्न मात्र सहमति गरेको दाबी गरे।

    भिजिट भिसा प्रकरणमा अध्ययन, छानबिन गरेर आवश्यक नीतिगत संरचना सबै बनाउने र एक महिनाभित्र छानबिन समिति बनाउने भनेर संसद्‌मा गृहमन्त्रीले प्रतिबद्धता गरेपछि गरेको सहमतिलाई मुद्दा छाडेको भन्न नमिल्ने तर्क प्रचण्डले गरे।

    विराटनगर विमानस्थलमा पत्रकारहरूले प्रश्न गर्दा पनि उनले अरू दिनजस्तो खुलेर कुरा गरेनन्। उनी अस्वाभाविक तनावमा रहेको भनेर नेता–कार्यकर्ताहरू बताउँछन् ।

    शुक्रबार प्रतिनिधि सभा बैठकको अवरोध हटाउन भन्दै माओवादी केन्द्रले शुक्रबार सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेससँग दुईबुँदे सहमति गरेपछि यतिबेला अध्यक्ष प्रचण्डविरुद्ध विभिन्न टिकाटिप्पणी भइरहेको छ। यो विषयले प्रचण्डलाई पार्टीभित्रै पनि समस्या भइरहेको कतिपय नेताहरूको दाबी छ।

    शनिबार, जेठ ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे
    कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग
    चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता
    लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार
    ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम
    कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    • २.
      कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

    • ३.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ४.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • ५.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    • ६.
      कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

    • ७.
      अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त

    • ८.
      बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.