• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कडा डेङ्गुको क्रम बढ्दो


  •   शुक्रबार, जेठ ३०, २०८२ मा प्रकाशित
  • डा. शेरबहादुर पुन ##

    Advertisement

    गत वर्ष एक परिचित युवाले नाकबाट रगत बगेपछि उपचारका लागि अस्पताल आउनुभएको थियो । उहाँमा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो । यो अवस्था भनेको कडा वा जटिल डेङ्गुको सङ्केत हो । यसलाई डेङ्गु वार्निङ सङ्केतका रूपमा पनि लिइन्छ ।

    गत वर्ष काठमाडौँमा डेङ्गुले खासै चर्चा नपाएको भए तापनि धेरै सङ्क्रमितमा नाकबाट रगत बग्ने समस्या लिएर आउने गरेको चिकित्सकको अनुभव छ तर गत वर्ष धेरै मानिसहरू सङ्क्रमित भएको अवस्थामा पनि आफ्ना नियमित दैनिकीलाई निरन्तरता दिएका देखिन्थे । यस्तो अवस्थालाई वार्निङ डेङ्गु भनेर नामकरण पनि गरिएको थियो ।

    वार्निङ डेङ्गु हुँदा पनि अधिकांशले स्वस्थ परामर्शसमेत लिने गरेका थिएन । यसरी जटिल डेङ्गु हुन सक्ने प्रबल सङ्केतमध्येको एक नाकबाट रगत बग्ने समस्या ह्वात्तै बढेको अवस्थालाई मध्यनजर गर्दा आगामी दिन जटिल डेङ्गु व्यापक बढ्न सक्ने प्रबल सम्भावनाको अनुमान सहजै गर्न सकिन्छ । यसर्थ डेङ्गु वार्निङ सङ्केतको पनि व्यापक प्रचार गर्नुपर्ने देखिन्छ ।

    डेङ्गु वार्निङका सङ्केत कस्ता हुन्छन् ?

    डेङ्गु वार्निङका सङ्केतका बारेमा डेङ्गु निर्देशिकामा समावेश भएको भए तापनि सर्वसाधारणको जानकारी वा चासोमा भने खासै छैन/थिएन । हुन त डेङ्गु वार्निङका सङ्केत विशेषतः उपचारमा संलग्न चिकित्सकलाई उपचार गर्दा बढी उपयोगी हुने वा बिरामीको सम्भावित जोखिमको आँकलन गर्न सहज हुने गर्दछ । सङ्क्रमितले डेङ्गु वार्निङका केही सङ्केत आफैँले पनि थाहा पाउन सक्दछन् ।

    डेङ्गु वार्निङका सङ्केतमा निरन्तर बान्ता हुनु, पेट असाध्य दुख्नु, रक्तश्राप हुनु (नाक, गिजा, महिलाको योनीबाट रगत बग्नु) र अति आलस्य हुनुजस्ता लक्षण पर्दछन् । यीबाहेक अस्पतालमा गरिने जाँचपडतालमा रगतको परीक्षण गर्दा प्लेटलेट्सको सङ्ख्या तीव्र गतिमा घट्नु/हेमाटोकृत बढ्नु, कलेजोको आकार बढ्नु/सुन्निनु अनि एक्सरे वा भिडियो एक्सरे (अल्ट्रासाउन्ड) गर्दा छाती वा पेटमा पानी जमेको देखिनु डेङ्गु वार्निङका थप लक्षण हुन् ।

    माथि उल्लिखित डेङ्गु वार्निङका सङ्केत देखिएमा तुरुन्त नजिकैको अस्पतालमा गएर परीक्षण गरेमा सम्भावित जटिलताबाट बच्न सकिन्छ । घरको परिवारमा एक जना डेङ्गु सङ्क्रमित भई पुष्टि भएको अवस्थामा परिवारको अर्को सदस्यमा पनि उस्तै लक्षण देखिए परीक्षण गर्ने प्रचलन देखिँदैन । सन् २०२२ मा काठमाडौँमा डेङ्गुको ठुलो महामारी हुँदा सङ्क्रमितको तीनदेखि पाँच गुणा बढीले आफूमा डेङ्गुको लक्षण मिल्दो हुँदा पनि रगत परीक्षण गर्ने गरेको थिएन । यसको निश्चित एन्टिभाइरल औषधी नहुनु अनि दुःखाइ कम गर्ने औषधी मात्र छ भन्ने मान्यताले पनि परीक्षण नगर्ने प्रचलन देखिन्छ तर चिकित्सकको परामर्शअनुसार रगतको जाँच गर्न सके तीव्र गतिमा घट्दो प्लेटेलेट्सको सङ्ख्यालगायत अरू सङ्केतको आधारमा चिकित्सकलाई बिरामीको उपचार गर्नमा सहज हुने गर्दछ ।

    बिरामीमा जटिल डेङ्गु देखिने सम्भावना वा जोखिमलाई धेरै हदसम्म कम गर्न सकिनेछ । माथि उल्लिखित सङ्केतमध्ये नाकबाट रगत बग्ने समस्या काठमाडौँमा ह्वात्तै बढेकाले आगामी दिनमा क्लासिकल डेङ्गुका लक्षणको मात्र प्रचार नगरी डेङ्गु वार्निङका सङ्केतको पनि व्यापक अनि सघन प्रचारको आवश्यकता रहेको देखिन्छ ।

    अबको प्रकोप थप घातक हुन सक्ला ?

    नेपालमा डेङ्गु पुष्टि भएको २० वर्ष पार गरिसकेको छ । डेङ्गुको तथ्याङ्क केलाउने हो भने नेपालमा दुई/तीन वर्षको अन्तरालमा भाइरस थप घातक अनि आक्रामक हुँदै गइरहेको देखिन्छ ।

    सन् २०२२ मा काठमाडौँमा देखिएको डेङ्गु प्रकोप नेपालको इतिहासमा नै सबैभन्दा बढी सङ्क्रामक अनि घातक थियो । त्यस यता ठुलो प्रकोप देखिएको छैन । यसर्थ पनि आगामी कुनै पनि समयमा डेङ्गुको प्रकोप देखिन सक्ने अनि त्यो थप घातक हुन सक्ने सम्भावना उच्च देखिन्छ । गत वर्ष डेङ्गु वार्निङका सङ्केतमध्ये नाकबाट रगत बग्ने सङ्क्रमित ह्वात्तै बढेको थियो । त्यस्तै अघिल्ला वर्षमा पनि धेरै सङ्क्रमित महिलाका योनीबाट अत्यधिक रक्तस्रावको समस्या हुने गरेको चिकित्सकको अनुभव छ ।

    सन् २०१९ मा पहिलोपटक काठमाडौँले डेङ्गुको ठुलो प्रकोपको सामना गर्दा भने अधिकांश सङ्क्रमितमा क्लासिकल डेङ्गुका लक्षण† जस्तै : टाउको दुख्ने, आँखाको गेडी दुख्ने, वाकवाक/बान्ता हुने, शरीरमा ससाना राता बिबिरा आउने, जोर्नी वा मांसपेशी दुख्ने र कतिपयमा पखालासमेत लाग्ने गरेको देखेको थियो । त्यस्तै, मानिस सङ्क्रमित पुष्टि हुनेबित्तिकै आत्तिने गरेको पनि देखिन्थ्यो तर अहिले डेङ्गुप्रतिको दृष्टिकोणमा धेरै परिवर्तन भएको देखिन्छ ।

    धेरै सङ्क्रमित डेङ्गु वार्निङको अवस्थामा देखिन्छन् अनि धेरै वाकिङ डेङ्गुका सङ्क्रमित जटिल अवस्थाका बारेमा अनभिज्ञ देखिन्छन् । तसर्थ केही वर्षयता डेङ्गु वार्निङका सङ्केत बढ्दै जाँदा जटिल डेङ्गुको सम्भावना अनि मृत्युको सम्भावना वा जोखिम पनि बढेर गइरहेको देखिन्छ । भाइरसको फरक सेरोटाइपले त्यही व्यक्तिलाई पुनः सङ्क्रमण गरे पनि जटिल डेङ्गु देखिन सक्ने विभिन्न अनुसन्धानले देखाएका छन् ।

    डेङ्गु सङ्क्रमित नै नहुन सम्भव छ ?

    डेङ्गु सङ्क्रमण नहुन लामखुट्टेको टोकाइबाट बच्नु एक मात्र उपाय हो भन्ने गरिन्छ तर प्रश्न आउँछ : के यो सम्भव छ ? यो वास्तविकतामा असम्भवप्रायः देखिन्छ । यसर्थ पनि होला, हाल सम्बन्धित निकायको मुख्य लक्ष्य भनेको शून्य डेङ्गुको मृत्युदर देखिन्छ । यसो हुनुमा डेङ्गु फैलाउने एडिस जातको लामखुट्टेको नियन्त्रण असम्भवप्रायः देखेर नै हो । यस्तो असम्भव देखिनुमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानमा देखिएको उदासिनता र दिनमा बढी लामखुट्टेको सक्रियता नै हो ।

    उदाहरणका लागि कुनै चिकित्सकले बिरामी जाँच गरिरहेका बेला लामखुट्टेले टोकेमा तत्काल लामखुट्टे खोज्ने/मार्ने अवस्था रहँदैन । त्यस्तै, विद्यार्थीले कक्षामा अध्ययन गरिरहेका बेला लामखुट्टेले टोकेमा पनि मार्न सक्ने अवस्था/सम्भावना हुँदैन वा जो कोही आफ्नो काममा व्यस्त रहँदा लामखुट्टेले टोके तत्काल मार्न सक्ने सम्भावना नै हुँदैन । यी प्रतिनिधि उदाहरणले पनि लामखुट्टे व्यापक फैलिए लामखुट्टेको टोकाइबाट बच्न असम्भव प्रायः नै देखिन्छ

    डेङ्गु सङ्क्रमित हुँदैमा सबैलाई जटिल अवस्था सिर्जना हुने त होइन तर डेङ्गु वार्निङका लक्षण देखा परेमा भने जटिलताको सम्भावना बढ्ने हुँदा शून्य डेङ्गु मृत्युदरको लक्ष्यमा सफलता पाउन पनि डेङ्गु वार्निङका लक्षण मिडियाका विभिन्न माध्यमबाट सघन रूपमा प्रचारप्रसार गर्न ढिला भइसकेको छ । लामखुट्टेको टोकाइबाट बच्न केही सामग्री बजारमा उपलब्ध भएका देखिन्छन् तर दैनिक अनि नियमित प्रयोग गर्न सकिएन भने लामखुट्टेको टोकाइबाट बच्ने सम्भावना क्षीण नै देखिन्छ ।

    अन्तमा, नेपालमा डेङ्गु पुष्टि भएको २० वर्ष पार गर्दैगर्दा भाइरसले आफूलाई थप आक्रामक र जटिल स्वरूपमा प्रस्तुत गर्दै आइरहेको देखिन्छ । काठमाडौँमा सन् २०१९ र २०२२ मा फैलिएको डेङ्गु प्रकोपको बिचमा नै ठुलो भिन्नता देखिएको थियो अर्थात् सन् २०१९ मा धेरै सङ्क्रमित देखिएको भए तापनि कडा वा जटिलताको तुलना गर्दा सन् २०२२ को कम देखिएको थियो तर कोभिड–१९ को महामारी सकिएलगत्तै सन् २०२२ मा देखिएको डेङ्गु प्रकोप भने हालसम्मकै सबैभन्दा सङ्क्रामक अनि कडा/जटिल थियो । यसबाट पनि नयाँ प्रकोपसँगै भाइरस थप सङ्क्रामक र घातक हुने गरेको तथ्याङ्क देखिन्छ ।

    यसो हो भने सन् २०२२ बाट हाल सन् २०२५ सम्म आइपुग्दा खासै ठुलो प्रकोप नदेखिएको अवस्थामा अबको कुनै पनि बेला डेङ्गु विगतको भन्दा थप सङ्क्रामक (धेरै सङ्क्रमित हुन सक्ने) अनि घातक (मृत्युदर बढ्न सक्ने) स्वरूपमा आउने सक्ने सम्भावनालाई नकार्न सकिदैन ।

    (लेखक शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटको संयोजक हुनुहुन्छ)

    शुक्रबार, जेठ ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.