• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

समाचार प्रकाशनलाई फौजदारी विषय बनाउनु प्रेस स्वतन्त्रता विरुद्ध : प्रगतिशील


  •   बिहिबार, जेठ २९, २०८२ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घले समाचार प्रकाशनको विषयलाई फौजदारी विषय बनाउनु प्रेस स्वतन्त्रताको विरुद्ध रहेको स्पष्ट पारेको छ ।

    Advertisement

    अध्यक्ष श्यामलाल पोखरेलको हस्ताक्षरमा २०८२ जेठ २९ गते बिहीबार प्रेसवक्तव्य जारी गर्दै प्रगतिशीलले सो धारणा राखेको हो ।

    समाचारमा चित्त नबुझे नियामक निकायको रूपमा प्रेस काउन्सिलमा उजुरी गर्न सकिने, त्यहाँबाट पनि चित्त नबुझे अदालतमा जान सकिने आम नागरिकको अधिकार रहेको स्पष्ट पार्दै प्रगतिशीलले काउन्सिलको भूमिकालाई अतिक्रमण गर्दै विषयलाई फौजदारी बनाइएकोमा विरोध व्यक्त गरेको छ ।

    प्रेस स्वतन्त्रतामार्फत नागरिक स्वतन्त्रता पनि अभिव्यक्त भएकाले लोकतन्त्र, गणतन्त्रको रक्षाका लागि पनि प्रेस स्वतन्त्रताको रक्षाप्रति सबै गम्भीर हुनुपर्ने धारणा प्रगतिशीलको छ ।

    सञ्चारमाध्यम वा सञ्चारकर्मीद्वारा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेतर्फ समेत सचेत गराइएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :

    “नेपालखबर डट कम र बिजमान्डु डट कमले समाचार सामग्री प्रकाशन गरेकोमा त्यसलाई हटाउनू भन्ने सम्माननीय काठमाडौँ जिल्ला अदालतको अन्तरिम आदेश र युट्युबमा ‘टफ टक’ शीर्षकमा त्यस्तै अर्को समाचार सामग्री प्रसारण गरेबापत पत्रकार दिलभूषण पाठक विरुद्ध पक्राउ पुर्जी जारी गरेको घटनाप्रति प्रगतिशील पत्रकार सङ्घ, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

    नेपालको संविधान–२०७२ को प्रस्तावनामा नै “पूर्ण प्रेस स्वतन्त्रता” शब्दावली लिपिबद्ध भएको छ । त्यस्तै, संविधानको धारा १९ मा “सञ्चारको हक” को व्यवस्था छ । त्यसमा समाचार, लेख, सम्पादकीय रचना, सूचना वा अन्य सामग्री मुद्रण वा प्रकाशन, प्रसारण गरे वा छापेबापत् सञ्चार सामग्री जफत् नगरिने उल्लेख छ । अर्कोतर्फ, समाचार सामग्रीमा चित्त नबुझेमा नियामक निकायको रूपमा प्रेस काउन्सिलमा उजुरी गर्न सकिने र त्यसलाई प्रेस काउन्सिलले प्रक्रियागत ढङ्गले टुङ्गो लगाउनुपर्ने प्रावधान छ ।

    उपर्युक्त दुई अनलाइन र सञ्चारकर्मी पाठकले प्रस्तुत गरेका समाचार सामग्रीका सम्बन्धमा चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी गर्न सकिने र प्रेस काउन्सिलको निर्णयमा पनि चित्त नबुझे अदालतमा जान सकिने सामान्य र स्वाभाविक अधिकार देशका जुनसुकै नागरिकलाई छ तर अहिले राज्यले नै व्यवस्था गरेको नियामक निकाय प्रेस काउन्सिलको भूमिकालाई अतिक्रमण गरेर समाचारको प्रकाशनलाई फौजदारी अभियोगको विषय बनाउनु नेपालको संविधान–२०७२ र प्रेस स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय प्रचलनको विरुद्ध रहेको स्पष्ट छ ।

    हाम्रो सङ्गठन सञ्चारमाध्यम वा सञ्चारकर्मीद्वारा गरिएको समाचार प्रकाशनको विषयलाई फौजदारी विषय बनाउँदै प्रेस स्वतन्त्रता कुण्ठित गर्ने जोकसैको प्रयासको विरुद्धमा छ । प्रेस स्वतन्त्रतामार्फत् पनि नागरिक स्वतन्त्रता अभिव्यक्त हुने भएकाले लोकतन्त्र, गणतन्त्रको रक्षाका लागि पनि प्रेस स्वतन्ताको रक्षा अपरिहार्य रहेको देखिन्छ । त्यसका साथै सम्पूर्ण सञ्चारमाध्यम तथा सञ्चारकर्मीसित पत्रकार आचारसंहिताको पूर्ण पालनातर्फ ध्यान दिन हाम्रो सङ्गठन आग्रह गर्दछ ।”

    बिहिबार, जेठ २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.