• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

यसकारण संघीयता विरुद्ध संशोधन प्रस्ताव दर्ता गरेका हौँः केसी


  •   बिहिबार, जेठ २२, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल जस्तो मुलुकले सातवटा सरकार धान्न नसक्ने स्पष्ट पार्नुभएको छ ।

    Advertisement

    बिहीबार एक वक्तव्य प्रकाशित गरी अध्यक्ष केसीले आफ्नो पार्टीले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावबारे जानकारी दिन एक वक्तव्य प्रकाशित गरी नेपालले प्रजातान्त्रिक विकेन्द्रियतामा आधारित एकात्मक शासन प्रणाली अपनाउनुपर्ने बताउनुभएको छ ।

    बिहीबार राजमोले संघीयता खारेजीका लागि संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको थियो । यसअघि मधेशवादी दलहरुले पनि संविधान संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

    अध्यक्ष केसीले मधेशवादी दलहरुले नेपालको तराईलाई अलग प्रान्त बनाएर देश विखण्डन गर्न खोजेको, नागरिकतालाई खुकुलो पार्न र स्थानीय तहको अधिकार कटौती गर्न खोजेको आरोप लगाउनुभएको छ ।

    संघीयता खारेज गर्न संविधान संशोधन प्रस्ताव दर्ता

    यस्तो छ, वक्तव्य
    ‘राष्ट्रिय जनमोर्चाले २०७७ जेष्ठ २१ गते संघीयताको खारेजीको लागि संविधानमा संशोधन प्रस्ताव संसदमा दर्ता गराएको छ । यस विषयमा जानकारी गराउनका लागि यो वक्तव्य जारी गरिएको छ ।

    १) नेपालमा संघीयताको विषय भित्रिएपछि देशको सार्वभौमिकता, राष्ट्रियता र सामाजिक सद्भावमा गम्भीर खलल पुग्न थालेको थियो । त्यो अवस्थामा हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले नेपालको सन्दर्भमा संघीयताले देशमा राष्ट्रिय विखण्डन ल्याउनुको साथै सामाजिक सद्भाव भत्काउने छ भन्ने तथ्यहरू दिएर त्यसका विरुद्ध सदन र सडकमा आन्दोलन अगाडि बढाएको थियो । यस सन्दर्भमा २०६६ साल वैशाख ५ गतेदेखि १६ गतेसम्म काठमाडौ केन्द्रित व्यापक आन्दोलन सञ्चालन गरिएको थियो । त्यसपछि पनि लगातार रूपमा सदन र सडकमा संघीयताका विरुद्धमा संघर्षहरू गरिएका छन् ।

    राष्ट्रियता, क्षेत्रीय अखण्डता र सामाजिक सद्भाव अटल रूपमा कायम राख्नका लागि हाम्रो पार्टीले चलाएको संघीयता विरोधी आन्दोलनको ऐतिहासिक महत्त्व रहेको छ । आन्दोलनको त्यही ऐतिहासिक कडीको रूपमा आज संसदमा संघीयता खारेजीका लागि संविधानमा संशोधन प्रस्तावको विधेयक दर्ता गरिएको छ । संविधानमा संशोधन विधेयकमा माननीय दुर्गा पौडेलले हस्ताक्षर गर्नुभएको छ । संविधानमा संशोधन प्रस्ताव दर्ताका लागि पार्टीका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष तथा प्रवक्ता एवम् सांसद दुर्गा पौडेल, अधिवक्ताहरू लक्ष्मणदेव पाण्डे, रामप्रसाद भूसाल र तुफान केसी संसद भवनमा जानुभएको थियो ।

    २) संघीयता खारेजीको लागि संविधान संशोधनको प्रस्तावमा नेपालको संविधान, २०७२ मा संघीयतासम्बन्धी भएका सम्पूर्ण प्रावधानलाई खारेज गरेर प्रजातान्त्रिक विकेन्द्रिकरणमाथि आधारित एकात्मक शासन व्यवस्थाको प्रावधानलाई राखिएको छ । प्रस्तावनामा संघीयतासम्बन्धी भएका प्रावधानलाई खारेज गरी प्रजातान्त्रिक विकेन्द्रिकरणमाथि आधारित शासनप्रणालीको भावना स्पष्ट हुने प्रावधान राखिएको छ ।

    ३) संघीयताको स्वरूपको रूपमा रहेको प्रदेशलाई खारेज गरेर स्थानीय स्वायत्त शासनको अवधारणालाई कार्यान्वयनमा ल्याई स्थानीय निकायमा शक्ति निहित गरिने प्रावधान राखिएको छ । यस प्रावधानअनुसार गाउँपालिका, नगरपालिका र जिल्ला अधिकार सम्पन्न हुन जाने छन् । तिनीहरू स्थानीय स्वायत्त शासनको कानुन र विधिअनुसार आफ्नो शक्तिको प्रयोग गर्ने अधिकारसम्पन्न स्थानीय निकाय बन्न जाने छन् ।

    ४) जिल्लामा जिल्ला सभाको गठन गरिने छ । जिल्ला सभा कार्यकारी राजनीतिक निकायको रूपमा रहने छ । जिल्ला सभाको गठन गाउँपालिका र नगरपालिकामा जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरू र कार्यपालिकाका सदस्यहरू समेत निर्वाचक मण्डल रहेको निर्वाचन मण्डलबाट प्रत्येक गाउँपालिका र नगरपालिकाबाट २÷२ जनाका दरले निर्वाचित भइ आएका प्रतिनिधिहरूले जिल्ला सभाको गठन गर्ने छन् । उनीहरूले आफू मध्येबाट एकजना प्रमुख र एकजना उपप्रमुखको निर्वाचन गर्नेछन् । जिल्लासभाले महिला, दलित, अपाङ्ग वा अल्पसंख्यक समुदायबाट संविधानमा व्यवस्था भएअनुसारको संख्यामा जिल्लासभामा मनोनित गर्न सक्नेछ ।

    ५) जिल्लाहरूको समन्वय गर्नका लागि प्रदेश समन्वय समितिको रूपमा रहने छ । प्रदेश समन्वय समितिमा जिल्ला सभाहरूले आफू मध्येबाट वा बाहिरबाट पनि १÷१ जना प्रतिनिधि निर्वाचित गरेर पठाएका प्रतिनिधिहरूबाट गठन हुने छ । उनीहरूले आफू मध्येबाट प्रमुख र उपप्रमुख निर्वाचित गर्न सक्ने छन् ।

    ६) प्रत्येक प्रदेशका गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुख तथा जिल्ला सभाका सदस्यहरू निर्वाचक मण्डल रहेको निर्वाचन मण्डलले निर्वाचित गरी पठाएका ३ जना महिला सहित ८ जनाका दरले ५६ जना प्रतिनिधि र राष्ट्रपतिबाट मनोनित भएका ३ जना प्रतिनिधि सहित ५९ जनाको राष्ट्रिय सभाको गठन हुनेछ ।

    ७) संघीयताका व्यवस्थाका लागि संविधानमा प्रयोग भएका शब्द, परिभाषा, प्रावधान र अनुसूचि खारेज गरिएको छ ।

    ८) माथि उल्लेख भएका विषयहरू सहित संघीयताको खारेजीका कारण, औचित्य र अर्थ समेत उल्लेख गरी संविधान संशोधन प्रस्ताव दर्ता गरिएको छ । संघीयता खारेज भई प्रजातान्त्रिक विकेन्द्रिकरणमाथि आधारित एकात्मक शासन व्यवस्था सहित राष्ट्रिय एकता र सामाजिक सद्भाव सुदृढ रहेको मुलुकको रूपमा नेपालको पहिचान हुने कुरामा हामीले आशा र विश्वास गरेका छौँ ।

    ९) राष्ट्रिय जनमोर्चाले संघीयताको खारेजीको लागि संविधानमा संशोधन प्रस्ताव दर्ता गरेको सन्दर्भमा मधेशवादी संगठनहरूले पनि संविधानमा संशोधन प्रस्तावलाई अगाडि सारेका छन् । त्यो प्रस्तावमा तराईलाई पहाडी भू–भागबाट पूरै अलग गर्ने नीति लिएको छ । त्यसबाट नेपालको राष्ट्रियतामा गम्भीर चुनौति भई देश विखण्डनको दिशामा जाने छ । यसका साथै स्थानीय निकायहरूको अधिकारलाई कटौति गर्ने, विदेशीहरूलाई नागरिकता प्राप्तिको लागि खुकुलो नागरिकता नीतिको समेत त्यसमा प्रावधान राखिएकोले त्यसबाट देशको सार्वभौमिकता, स्वतन्त्रता र राष्ट्रियता संकटमा पर्न जाने कुरा पनि हामी स्पष्ट गर्न चाहन्छौँ ।’

     

     

    बिहिबार, जेठ २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.