काठमाडौँ । जेठ १५ गते सत्तारुढ दल नेकपा (एमाले) ले गर्न लागेको ‘गणतन्त्र उत्सव’ र राजावादीहरूले गर्न लागेको विरोध प्रदर्शन रत्नपार्कमै हुने भएको छ ।
Advertisement
जिल्ला सुरक्षा समिति काठमाडौँको बैठकले एमालेले गर्ने गणतन्त्र उत्सवको कार्यक्रम २ बजेसम्ममा सक्ने र त्यसपछि राजावादीको कार्यक्रमका सोही स्थानमा गर्ने गरी सबै पक्षबीच सहमती भएको हो ।
दुवै पक्षले रत्नपार्कमै कार्यक्रम गर्ने अडान लिएपछि काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरेर गणतन्त्र उत्सवको कार्यक्रम सकिएपछि राजावादीहरुको कार्यक्रम सुरु गर्न समन्वय गरेका थिए। जसमा लिङ्देन सहमत भएका हुन्।
एमालेले गणतन्त्रका पक्षमा उत्सव बनाउँदा राजावादीहरुले भने सोही ठाउँमा अहिलेको व्यवस्था विरोधी कार्यक्रम गर्ने भएका छन्।