बुटवल । रुपन्देहीमा एक व्यक्तिले पूर्वपत्नी र दुई छोरीको हत्या गरेका छन् ।
Advertisement
बुटवल उपमहानगरपालिका–११ होराइजन चोकस्थित मिलिजुलीपथमा बस्दै आएका सुरज कोइरालाले पूर्व पत्नीसहित दुई छोरीको गएराति हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
३३ वर्षकी दीपा बस्याल र उनका छोरीहरू ७ वर्षकी स्नेहा र ४ वर्षकी हिमानीको हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
दीपा बस्यालका हालका पति वैदेशिक रोजगारीमा छन्। उनी दुई छोरीलाई साथमै लिएर गएराति पूर्व पतिलाई भेट्न गएको बेला घटना भएको हो।
मारिने दुई बालिका आरोपी कोइराला पट्टीका छोरी होइनन् ।
प्रहरीका अनुसार हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर १० वर्ष जेल बसी केही वर्ष अघि संविधान दिवसको दिन आममाफी पाएर छुटेका व्यक्ति हुन्।