• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कर्मचारीलाई हनीट्र्यापमा पारेर ५ लाखको चेक लिने दुई महिला प्रक्राउ


  •   बिहिबार, जेठ ०८, २०८२ मा प्रकाशित
  • काठमाडौँ । काठमाडौँमा एक व्यक्तिलाई हनिट्रयापमा पारेर ठगी गर्ने प्रयास गर्दा दुई महिला पक्राउ परेका छन् ।

    Advertisement

    पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका १० की दमौराकी ३४ वर्षकी ममता तामाङ र भक्तपुर नगरपालिका १७ सल्लाघारीकी ३४ वर्षकै आँचल श्रेष्ठ भन्ने आँचल चौगुठी रहेका छन्। ममता हाल काठमाडौँको कालोपुल र आँचल हाँडीगाउँ बस्दै आएकी थिइन् ।

    उमेरले ५७ वर्ष पुगिसकेका एक सरकारी कर्मचारीको फेसबुकमा दुई साता पहिले एउटी महिलाको फ्रेन्ड्स रिक्वेस्ट आउँछ। उनले तत्कालै त्यसलाई एसेप्ट गर्छन् र कुराकानी गर्न थाल्छन्।

    ती कर्मचारीको काठमाडौँमा घर जग्गा छ। पर्याप्त सम्पत्ति भएको र जीवन शैली पनि उस्तै खर्चालु भएकाले उनलाई ती महिलाहरुले दुई जना पुरुषसँग मिलेर योजना बनाएका थिए।

    योजना अनुसार उनीहरुले मोवाइल नम्बर साटे। फोनमा पनि कुरा हुन थाल्यो। अघिल्लो साता ती महिलासँग ठमेलको एउटा होटलमा भेट्ने सल्लाह भयो। ती ५७ वर्षीय कर्मचारी ती महिलालाई भेट्न ठमेल पुगे।

    होटलमा दुई जना महिलासँग बसेर ती कर्मचारीले टन्न रक्सी खाए। रक्सी पनि यति खाए कि त्यो रात के–के भयो उनलाई याद नै भएन। तर उनी रक्सीले ढलेपछि महिलाहरुले उनका नग्न फोटो र भिडिओ बनाएछन्। तर ती कर्मचारीलाई यो केही थाहा भएन। उनलाई रक्सीले छाड्दा ती दुई महिला पनि होटलमा थिएनन्।

    उनलाई छाडेर गइसकेका थिए। त्यसको एक हप्ता सामान्य रुपमै बित्यो। तर अर्को साता ती कर्मचारीलाई अर्की महिलाको प्रोफाइलबाट फ्रेन्ड्स रिक्वेस्ट आयो। एसेप्ट गर्नासाथ ती महिलाले उनका त्यसरात खिचेका फोटा र भिडिओ पठाइदिइन् र भनिन्, ‘अब मेरो डिमान्ड पूरा गर्नु भएन भने तपाईविरुद्ध मुद्दा हाल्छु।’

    ती कर्मचारी त्यसरात ठमेलको होटलमा भएका गतिविधिका आफ्नै फोटा देखेर चकित भए। उनलाई सपना जस्तै लाग्यो। उनले ती महिलाहरुलाई फेरि भेटेर यो विषय सल्टाउन प्रस्ताव गरे।

    उनीहरुले भेटेर छलफल गर्दा दुई महिलाले कि काठमाडौँमा घर नभए चार आना जग्गा चाहिने माग गरे। ती कर्मचारी यो दिन तयार भएनन्। उनले पैसामै मिलाउन प्रस्ताव गरे। तर उनको साथमा त्यतिबेला पैसा थिएन। उनी ५ लाख रुपैयाँको चेक दिएर त्यहाँबाट उम्किए।

    त्यसपछि उनले यस बारेमा आफ्ना साथीभाइहरुसँग पनि सल्लाह गरे। प्रहरीसम्म यो घटना पुग्यो उनी हनी ट्र्यापमा परेको र ती महिलाहरुलाई नै कारबाही हुने जानकारी पाए। त्यसपछि उनी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा निवेदन दिन पुगेका थिए। उनको निवेदनपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले ती दुई महिलालाई बुधबार पक्राउ गरेको छ।

    ठमेलमा रक्सी खाने कर्मचारीको फोटो ममताले खिचेकी थिइन्। सुरुमा कुरा गरेर आँचलले उनलाई भेट्न बोलाएकी थिइन्।

    उनीहरुसँगै योजना बनाउने दुई पुरुष भने फरार छन्। ती कर्मचारीले आँचल चौगुठीको नाममा काटेको ५ लाखको चेक पनि प्रहरीले बरामद गरेको छ।

    उनीहरुलाई आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको अपराध अनुसन्धान कार्यालयका पूवक्ता एसपी काजीकुमार आचार्यले बताए।

    बिहिबार, जेठ ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.