• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

अरु विषयमा मतभेद भएपनि गणतन्त्र पक्षधर मिल्नुको विकल्प छैन : केसी


  •   शनिबार, जेठ ०३, २०८२ मा प्रकाशित
  • धनगढी । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र जोगाउन गणतन्त्र पक्षधर मिल्नुको विकल्प नभएको बताउनुभएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा, सुदूरपश्चिम प्रदेश समितिले शनिबार (जेठ ३ गते) धनगढीमा आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थिति र गणतन्त्र रक्षाको प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष केसीले सो कुरा बताउनुभएको हो ।

    उहाँले मतभेदका विषयलाई कायम राख्दै गणतन्त्रको पक्षमा एकतावद्ध हुन आग्रह गर्नुभयो ।

    ‘हाम्रा आ–आफ्ना दृष्टिकोण छन् । आपसी मतभेद छन् तर, तिनका बाबजुद गणतन्त्र जोगाउन गणतन्त्रका पक्षधर दलहरू एकजुट हुनुपर्छ’ केसीले भन्नुभयो, ‘अहिले गणतन्त्रमाथि देखिएको कालो बादल सामान्य होइन । प्रतिगमनको खतरालाई हल्का रुपमा लिनु हुँदैन ।’

    अध्यक्ष केसीले सत्ता सञ्चालन गरिरहेका दलहरूलाई जनतामा बढिरहेको आक्रोश र असन्तोषको ख्याल गरेर सुध्रिन आग्रह गर्नुभयो ।

    अन्तरक्रियाको विषयवस्तु प्रस्तुत गर्दै राजमो महासचिव मनोज भट्टले २०६२/०६३ सालयता राजावादीको सबैभन्दा बढी मनोबल बढेको उल्लेख गर्दै सत्ताधारी दलहरूको भ्रष्ट प्रवृतिका कारण प्रतिगमनले टाउको उठाउने मौका पाएको बताउनुभयो ।

    उहाँले आफ्नो पार्टीले प्रतिगमनको खतराविरुद्ध देशव्यापी अभियान सञ्चालन गरिहेको भन्दै अन्य दललाई पनि कार्यक्रम गर्न आग्रह गर्नुभयो ।

    राजमोले हाल प्रतिगमनको खतराविरुद्ध पालिकास्तरका कार्यक्रमहरू गरिरहेको छ ।

    वरिष्ठ वामपन्थी नेता आरसी भट्टको आतिथ्यता रहेको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड, नेकपाका केन्द्रीय सदस्य भरत बम, नेकपा एमाले सुदूरपश्चिम प्रदेश समिति अध्यक्ष कृष्णप्रसाद जैशी, नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश समितिका उपाध्यक्ष गोरख साउद, सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. तारा जोशी, सुदूरपश्चिमका पूर्वमन्त्री पूर्णा जोशीले प्रतिगमनको खतराबारे आ–आफ्ना धारणा राख्नुभएको थियो ।

    यस्तै, नाष्ट कलेजका निर्देशक शिवहरि मुडभरी, सुदूरपश्चिम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख योगराज आचार्य, सुप विश्वविद्यालय बोर्ड समिति सदस्य हरिकृष्ण कडायत, कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. गणेश प्रसाद जोशी, इन्सेक, सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशी, पञ्चोदय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक पदम सिंह कुँवर, ऐश्वर्य विद्या निकेतनका प्राचार्य सन्जय पन्तले पनि धारणा राख्नुभएको थियो ।

    कार्यक्रममा उठेका विषयवस्तु उपर अध्यक्ष केसीले अन्तमा प्रस्टीकरण दिनुभएको थियो भने राजमो सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    राष्ट्रिय जनमोचा सुदूरपश्चिम प्रदेश समितिका उपाध्यक्ष हरिकृष्ण पाण्डेको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको सञ्चालन प्रदेश सदस्य डबल बोगटी र स्वागत अर्का प्रदेश समिति सदस्य रामबहादुर कार्कीले गर्नुभएको थियो ।

    शनिबार, जेठ ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.