• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

६१ जिल्लामा संक्रमण, २६६ जना डिस्चार्ज


  •   मङ्गलबार, जेठ २०, २०७७ मा प्रकाशित
  • शरद शर्मा, काठमाडौं ।
    कोभिड–१९ को संक्रमण ६१ जिल्लामा देखिएको छ । प्यूठानमा एक र पर्वतमा सातजनामा संक्रमण देखिएपछि संक्रमितको जिल्ला ६१ पुगेको हो । कोभिड–१९ को संक्रमण आज एकै दिन २८८ जनामा देखिएको छ ।

    Advertisement

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा २७० पुरुष र १८ महिलामा संक्रमण देखिएको हो । आज देखिएको संक्रमण अहिलेसम्मको बढी हो ।

    यसअघि सोमबार २३९, गत शनिवार १८९ र गत शुक्रबार १७० जनामा संक्रमण देखिएको थियो । योसँगै संक्रमितको संख्या दुई हजार ९९ पुगेको छ । तीमध्ये पुरुष एक हजार ९४९ र महिला १५० रहेका छन् । अहिलेसम्म ६१ जिल्लाका मानिसमा संक्रमण देखिएको छ ।

    एकै दिन ४५ जना डिस्चार्ज
    आज एकै पटक ४५ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा एकजना मकवानपुरका ५४ वर्षीय महिला १०औँ दिनमा डिस्चार्ज भएकी हुन् ।

    यस्तै गुल्मी अस्पतालमा रहेका एक ३१ वर्षीय पुरुष ८औँ दिनमा, भीम अस्पताल बुटवलमा रहेका २५ जना आज एकै दिन डिस्चार्ज भएका छन् । तीमध्ये १६ जना रुपन्देहीका ५ देखि ५० वर्ष उमेरका पुरुष तथा कपिलवस्तुका नौजना १९ देखि ३६ वर्ष उमेरका ११ औँदेखि २१औँ दिनमा डिस्चार्ज भएका हुन् ।

    यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १८ जना डिस्चार्ज भएका छन् । ती झापाका १७ जना १७ देखि ५२ वर्ष उमेर समूहका पुरुष १२ औँदेखि १४औँ दिनमा तथा सुनसरीका एकजना ५१ वर्षका महिला १२औँ दिनमा डिस्चार्ज भएकी हुन् । डिस्चार्ज हुनेमा अहिलेसम्म २६६ जना रहेका छन् । तीमध्ये २१२ पुरुष र ५४ महिला छन् ।

    धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा ३८ जनामा संक्रमण देखिएको छ । ती सबै रौतहटका परोहा नगरपालिका, गौर नगरपालिका, यमुनामाई गाउँपालिका र राजदेवी नगरपालिकाका आठ वर्षका एक बालिका र अरू ३७ जना १३ देखि ६० वर्ष उमेर समूहका छन् ।

    प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा १० जनामा संक्रमण देखिएको छ । ती स्याङजा चापाकोट नगरपालिका र बिरुवा गाउँपालिकाका पाँचजना १० देखि ४० वर्षका उमेर तथा पर्वत फलेवास र महाशिलाका पाँचजना १९ देखि ४० वर्ष उमेर समूहका पुरुष छन् ।

    यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा एकजना सप्तरी रामगढका २० वर्षका पुरुष रहेका छन् । यस्तै भेरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा २० जनामा संक्रमण देखिएको छ । बर्दिया गुलरिया नगरपालिका तीनजना २० देखि ३४ वर्ष उमेर समूहका, बाँकेको खजुरा, नरैनापुर र राप्ती सोनारी गाउँपालिकाका १७ जना १७ देखि ४५ वर्ष उमेर समूहका पुरुष छन् ।

    यस्तै प्रदेश अस्पताल सुर्खेत÷पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा ६४ जनामा संक्रमण देखिएको छ । तीमध्ये सुर्खेत वीरेन्द्रनगर नगरपालिका, लेकबेँसी नगरपालिका, पञ्चपुरी र भेरीगङ्गा नगरपालिकाका २७ जनामध्ये ८ वर्षका बालिकादेखि ६० वर्षका तीनजना महिला तथा चार वर्षका बालकदेखि ६१ वर्षका २४ जना पुरुष छन् ।

    यस्तै दैलेख नारायण नपा, चामुण्डा विन्द्रासैनी नपा र नौमूले गापाका नौजना १७ देखि ३१ वर्षका पुरुष छन् । सल्यान वनगाड कुपिण्डे नपा र दार्मा गापाका १८ जना १७ देखि ५० वर्ष उमेर समूहका पुरुष छन् । अछाम चौरपाटी गापा र मङ्गलसेन नपाका १० मध्ये दुईजना २७ र ३० वर्षका महिला तथा आठजना २२ देखि ४० वर्ष उमेर समूहका पुरुष छन् ।

    कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौँडामा गरिएको परीक्षणमा एकजना बारा देवताल गापाका १८ वर्षका पुरुष छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा १८ जनामा सङ्क्रमण देखिएको छ । दाङ बङ्गलाचुली नपा, राप्ती गापा र घोराही नपाका १७ जनामध्ये ११ देखि ४५ वर्ष उमेरका तीन महिला तथा १८ देखि ५५ वर्ष उमेर समूहका १४ जना पुरुष छन् । प्यूठान स्वर्गद्वारी नपाका एकजना ५९ वर्षीय पुरुष रहेका छन् ।

    यस्तै सेती अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा १८ जनामा संक्रमण देखिएको छ । कञ्चनपुर नपा, पुनर्वास नपा र दीपशिला स्कुलमा रहेका क्वारेन्टिनमा आठजना २८ देखि ५० वर्ष उमेरका पुरुष छन् ।

    कैलाली टीकापुर नपा, गौरीगङ्गा गापा र राजीपुर क्वारेन्टिनमा रहेका १० मध्ये १८ वर्षका एक महिला र २० देखि ६३ वर्ष उमेरका नौजना पुरुष रहेका छन् ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ११८ जनामा संक्रमण पुष्टि भएको छ । धनुषा हंसपुर नपाका ६ जना १५ देखि ५० वर्ष उमेर समूह, महोत्तरी रामगोपालपुरका दुईजना २४ वर्ष र ४५ वर्षका पुरुष, रौतहट दुर्गाभगवोती, राजपुर फरदावा, गढीमाईका ३६ जनामा पुरुष १२ वर्षदेखि ४८ वर्षका रहेका छन् । सर्लाही वलरा, ब्राम्पुरीका २१ जना पुरुष १३ देखि ४० वर्ष उमेर समूह, सिराहा सूर्यनारायण सत्यनारायण मरवैताका १७ जना पुरुष १६ देखि ४२ वर्ष उमेर समूहका रहेका छन् ।

    यस्तै भक्तपुर चाँगुनारायाण नपाका एकजना ३० वर्षका महिला छन् । धादिङको हाल परोपकार प्रसूति अस्पताल थापाथलीमा रहेकी एकजना २३ वर्षकी महिला रहेका छन् । यस्तै कपिलवस्तु चन्द्रौटा नपाका १६ जनामध्ये १९ वर्षदेखि २८ वर्षका तीन महिला र १७ देखि ४१ वर्षका १३ जना पुरुष छन् ।

    काठमाडौं मेडिकल कलेजका चारजनामा पनि सङ्क्रमण देखिएको छ । ती २४ देखि ३२ वर्षका तीन महिला र २८ वर्षका एकजना पुरुष रहेका छन् । यस्तै नवलपरासी पूर्व बुलिङटार गापाका एकजना १६ वर्षका पुरुष, नवलपरासी पश्चिमका एकजना २२ वर्षका पुरुष, नुवाकोट मेघान गापाका दुईजना १७ वर्ष र ३२ वर्षका दुई तथा रुपन्देही सैनामैना नपा र मायादेवी नपाका १० जना १५ देखि ५१ वर्षसम्मका पुरुष छन् । अहिलेसम्म ७५ हजार ३४३ जनाको पिसिआर र एक लाख १६ हजार ३४५ जनामा आरडिटी परीक्षण गरिएको छ।रासस

    मङ्गलबार, जेठ २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.